निर्णय नं. ६५९२ - मिलापत्र
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५९२ - मिलापत्र भाग: ४० साल: २०५५ महिना: पौस अंक: ९ फैसला मिति :२०५४/११/१४ ४९०० निर्णय नं. ६५९२ ने.का.प. २०५५ अङ्क ९ पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायधीश श्री केदारनाथ आचार्य सम्वत् २०५२ सालको दे.पु.इ.नं........... ८१ फैसला मिति २०५४।११।१४।५ मुद्दा : मिलापत्र बदर । पुनरावेदक/वादी : पर्सा जिल्ला वीरगंज नगर पञ्चायत वडा नं. १२ घण्टाघर बस्ने पासपद प्रसाद साह तेली । विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने दिलिप प्रसाद भन्ने दलिप नारायण वर्णवाल समेत २ । § पहिले नै अरुलाई हक हस्तान्तर गरी दिएको लिखतलाई निस्कृय गराउने दुस्प्रयास गरी गरेको मिलापत्र कायम रहन नसक्ने । (प्र.नं. १६) पुनावेदक वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी प्रतिवादीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ अवलम्बित नजिर : X फैसला प्र.न्या.ओमभक्त श्रेष्ठ: यस अदालत संयुक्त इजलासको मिति २०४६।११।८ को फैसला दोहोर्याई हेर्ने हुकुम प्रमांगी बक्स गरी पाउं भनी वादीका श्री ५ मा परेको बिन्तीपत्र यस अदालतमा प्राप्त भई सो मा दोहोर्याउने निस्सा प्रदान भई यस इजलासमा पेश हुन आउको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ : २. विपक्षी शम्भुनारायण वर्णवालले ०१२।३।७ मा र.नं. १८०२।१८३६ बाट वसगीतराम कलवारसंग र.नं. २७७ मा दर्ता भएको रसिद बमोजिम ज.वि. १–८–१६–७ मध्ये कित्ता नं. ६ ममा दर्ता भएको सो कित्ता १ को बिगाहा ०–३–३ मध्ये जग्गा विगाहा ०–०–११–७ को घर जग्गा रु( १२,१५१ मा राजिनामा गरी लिई भोगचलन गरी आउनु भई सो घर जग्गा रु.१,०००००।–मा विरगंज नगर पञ्चायतको र.नं. ५३७ को जग्गा विगाह ०–०–११–६ जग्गा र सो जग्गामा भएको पूर्व रहेको पक्की २ तले घर समेत ०३९।१।१६ र नं. ४४८० बाट रजिष्ट्रेशन पास गरी म पासपत प्रसाद शाह तेलीलाई निज शम्भु नारायण वर्णवालले दृष्टिबन्धक दिनुभयो । सो ०–०–११–६ मध्ये पूर्व बाट ज.जि. ०–०–३ तीन धुर त्यसमा भएको पक्की घर समेत रु.२,००,०००।– मा ०३९।६।१८ मा र.नं. ७६४ बाट म पासपद प्रसादलाई शम्भुनारायण वर्णवालले पास गरी दिनु भएको राजिनामा कैफियत महलमा उल्लेखित र.नं. ५३७ को पुरै जग्गा ०३९।१।१६ मा दृष्टिबन्धक लिखत पास गरी कर्जा लिएको रु.१,००,०००। र थप रु।१,००,०००। समेत जम्मा रु.२,०००००। मा र.नं. ५३७ को जग्गा मध्ये पूर्वबाट ०–०–३ जग्गामा रजिष्ट्रेशन पास गरिदिनु भयो। उक्त घर जग्गा विपक्षीहरु २ जनालाई किरायामा दिएको मुद्दा यसै अदालतमा मुलतवीमा रहेको छ । विपक्षी २ जना बिचमा चलेको किराया दिलाई घर खाली गरी पाउने ठहरी यस अदालतबाट फैसला भएको सो फैसलामा दलिप नारायणले म.क्षे.अ. मा पुनरावेदन दिंदा शुरुको फैसला सदर हुने भन्ने फैसला भएको र श्री ५ मा बिन्तीपत्र चढाउंदा इन्साफ जाच गरी दिनु भन्ने हु.प्र.सर्वोच्च अदालतका नाउंमा भएको रहेछ अ.वं. २०२ नं. बमोजिम शम्भुनारायणलाई झिकाइएको छैन । निज विपक्षीहरुले मिलापत्र गर्नलाई पेशीमा चढाई पाउं भनी निवेदन दिएकोमा पेश गर्नु भन्ने आदेश भई विवादको घर जग्गा दलिप नारायणको हक कायम हुने गरी वादी दावी छोडी छोडाई सर्वोच्च अदालतबाट मिलापत्र मिति ०४२।३।११ गते गरेका रहेछन् । सो बमोजिम मिति ०४२।४।४ मा नक्कल लिई हेर्दा थाहा पाएकोले उक्त विपक्षीहरु बीच भएको मिलापत्रले मेरो जग्गा र घरमा आघात पुगेकोले नालेश गर्न आएको छु साक्षी प्रमाण बुझी मैले पाएको राजिनामा मा उल्लेख भएको ३ धुर जग्गा र त्यसमा