निर्णय नं. ६५९३ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आदेश जारी गरी पाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५९३ - उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आदेश जारी गरी पाउं भाग: ४० साल: २०५५ महिना: पौस अंक: ९ फैसला मिति :२०५५/०३/०४ ३६४८ निर्णय नं. ६५९३ ने.का.प. २०५५ अङ्क ९ विशेष इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०५३ सालको रिट नं. ३४०५ आदेश मिति : २०५५।३।४।५ मुद्दा : उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आदेश जारी गरी पाउं । निवेदक : जि.भोजपुर बैकुण्ठ गा.वि.स. वडा नं. ३ घर भई हाल जिल्ला प्रशासन कार्यालय खोटांगको प्र.जि.अ. पदमा सेवारत गणेश राई समेत जम्मा ३ । विरुद्ध विपक्षी : श्री लोकसेवा आयेग, केन्द्रीय कार्यालय कमलपोखरी समेत जम्मा ९ । § खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा उपयुक्त उम्मेदवार छनौट गर्नको लागि लोकसेवा आयोगले विभिन्न व्यवस्था गर्न सक्ने उल्लेखित ऐन र नियमले आयोगलाई अधिकार प्रत्यायोजन गरेको देखिन आउंछ । शैक्षिक योग्यता तोक्ने, पाठ्यक्रम तोक्ने, परीक्षा सञ्चालन तोकिएको प्रकृया बमोजिम गर्ने समेतका सम्पूर्ण अधिकार संविधान र उल्लेखित एने नियमले दिएकै परिप्रेक्ष्यमा उपयुक्त उमेद्वार छनौटको लागि शैक्षिक योग्यताको श्रेणी बमोजिम अ.क प्रदान गर्नु पनि उपयुक्त उम्मेदवार छनौटको लागि आवश्यक पर्ने अपरिहार्य तत्व मध्येकै उक अंग होइन भन्ने सकिने अवस्था देखिदैन । खुल्ला प्रतियोगिताद्वारा पदपुर्ती गर्दा उम्मेदवारले प्राप्त गरेको शैक्षिक योग्यताको अंक श्रेणी अनुसार दिने गरेको अनुपयुक्त नदेखिने । (प्र.नं. १६) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त विद्वान अधिवक्ता श्री शुसिल पन्त विद्वान अधिवक्ता श्री हरिहर दाहाला विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री नन्द बहादुर सुवेदी विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव ढुङ्गाना विद्वान अधिवक्ता श्री टंक प्रसाद दुलाल अबलम्बित नजिर : X आदेश न्या. उदयराज उपाध्याय: नेपाल अधिराज्यको संविधान, २०४७ को धारार ८८(१) तथा धारा ८८(२) अन्तर्गत परेको प्रस्तुत रिट निवेदन सहितको व्यहोरा यस प्रकार छ ? २. निवेदक मध्ये म गणेश राई लो.से.अअ. बाट शाखा अधिकृत पदमा सिफारिश भई श्री ५ को सरकारको सेवामा मिति २०४०।७।२१ मा प्रवेश गरेको हुं । हाल म उप सचिव स्तरको प्र.जि.अ. दमा कार्यरत छु । मैले जनप्रशानि विषयमा स्नातकोत्तर तह उत्तिर्ण गरेको छु । निेदक मध्येक हामी देवेन्द्र प्रसाद सिटौला । माधव प्रसादरेग्मी मिति २०४४।४।१ देखि श्री ५ को सरकारकोशाखा अधिकृत पदमा पैवेश गरी हाल हामी दुवै उप सचिव स्तरमा कार्यरत छौं । म देवेन्द्र प्रसादले जन प्रशासन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको छु । लोकसेवा आयोगको वि.नं. ९८०।०५२।०५३ अनुसार रा.प. प्रथम श्रेणी प्रशासन सेवा सामान्य प्रशासन समूह सह सचिव (खुल्ला) पदको लागि २०५२।८।१३ मा दरखास्त आह्वान गरिएको । हामी निवेदकहरुले आवेदन प्रस्तुत गरी लिखित परिक्षामा सफल भई अन्तर्वार्ताको निमित्त छनौट भउका थियौं । अन्तरवार्तामा हामी निवेदकहरु सामेल भएको र २०५३।३।२० का सूचना नं. ३२३, २०५२।२०५३ को सूचनाबाट प्रत्यर्थी नं. ४ देखि ९ सम्मका प्रत्यर्थीलाई नियुक्तिको लागि सिफारिश गरिएको भन्ने व्यहोरा सूचित गरिएको छ । नि.से.नि. २०५० को नियम १५(२) मा खुला प्रतियोगिताद्वारा पुर्ति गरने द्वीतिय श्रेणी र प्रथम श्रेणीको पदहरुको लागि चाहिने न्यूनतम योग्यता सम्बन्धित विषयमा स्नातकोक्त उपाधि प्राप्त गरी कुनै संस्था वा निकायको अधिकृत स