निर्णय नं. ६५९४ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५९४ - अंश भाग: ४० साल: २०५५ महिना: पौस अंक: ९ फैसला मिति :२०५४/१२/०६ ३८८० निर्णय नं. ६५९४ ने.का.प. २०५५ अङ्क ९ पूर्ण इजलास माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री अरबिन्दनाथ आचार्य माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्वत् २०५३ सालको दे.पु.इ.नं..... १०० फैसला मिति : २०५४।१२।६।५ मुद्दा : अंश । पुनरावेदक/प्रतिवादीः भक्तपुर जिल्ला भक्तपुर न.पं. वार्ड नं. १४ भलाछेटोल बस्ने तुल्सीमाया मुलेपती समेत जना ४ । विरुद्ध विपक्षी/वादी : भक्तपुर जिल्ला भक्तपुर न.पं. वार्ड नं. १४ भलाछे टोल बस्ने इश्वरी लाल मुलेपती । § अंश छोडपत्र भन्नु अंशियारले आफूले पाउने अंश केही पनि नलिई वा थोरै वा बढी सम्पत्ति बुझी लिई आफ्ना हक अंश छोडपत्र पासगरी दिएकोलाई मान्नुपर्ने । (प्र.नं.१९) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्तहरु श्री हरिहर दाहाल, श्री राधेश्यकमा अधिकारी र श्री गुरुप्रसाद बराल । विपक्षी वादी तर्फबाट : विद्वान अधिवक्ता श्री श्रीहरी अर्याल अवलम्बित नजिर : X फैसला न्या गोविन्द बहादुर श्रेष्ठ: यस अदालत संयुक्त इजलासको मिति ०४६।१।११ को फैसला दोहोर्‍याई हेरी पाउन हुकु प्रमांगी बस्क पाउं भनी प्रस्तुत मुद्दाका प्रतिवादीको श्री ५ मा बिन्तीपत्र परी उक्त बिन्तीपत्र यस अदालतमा प्राप्त भई नियमानुसार संयुक्त इजलासमा पेश हुंदा मिति २०५३।४।७ म संयुक्त इजलासले दोहोर्‍याएउने निस्सा दिई यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत संक्षिप्त व्यहोरा एवं निस्सा दिई यस इजालस समक्ष पेश हुन आएको प्रस्तुत संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ : २. बाबु देवेन्द्रलालबाट छोरा इन्द्रलाल माहिला पूर्णलाल साहिंला म इश्वरीलाल काहिंला बिमल कान्छा तिर्थलाल समेत ५ छोरा भएको, आमा ०३३।११।२५ र बुबा ०३४।१२।४ गते माहिला पूर्णलाल ०३७ सालमा परलोक हुनुभयो, दाजु पूर्णलाल र आमा जिवित अवस्थामा २०२०।४।३२।६ मा पांचै छोरालाई मानो छुट्याई चल धनमाल जति बांडी दिनु भई घर र जग्गा सगोलमा नै राखी पछि वण्डा गर्ने गरी केही जग्गा ५ छोरालाई केही जग्गा रजिष्ट्रेशन पास गरी दिनु भयो । ३. ०२१।७।२८ मा विवाह भएकी दिदी र ५ छोरालाई केही जग्गा रजिष्ट्रशन पास गरी बाबु देवेनद्रलालले दिनु भई हरु जग्गा र सबै घर संगोलमा पछि बण्डा गर्ने गरी बांकी नै राखी छाड्नु भएको छ। थोरै घरबाकी राख घर र केही जग्गा इन्द्रलाल, बिमल, तिथलालले रोजी अरु अंश छोडपत्र गरे भनी ०३३।९।२५ मा छोडपत्र खडा गरी बाबुका नाउमा नालिस गरी भ.पु.जि.अ.बाट ०३४।६।१६ मा एक तर्फी फैसला गराई ०३४।११।२५ मा रजिष्ट्र्शन पास गराई लिएको कुरा थाहा पाएकोले वदर गर पाउं भनी नालेश गरेको छु । ०२०।४।३२।६ भन्दा अघिको बाबुका नाउमा दर्ता रहेको जग्गाहरु घर समेत ५ अंशियारबाट तायदाती पेश गराई ५ खण्डको १ खण्ड अंश अड्डैबाट छुट्याई चलन चलाई पाउं भन्ने समेत फिराद पत्र । ४. अंशवण्डाको ३५ नं. अन्तर्गत हामी अंश छुट्टिसकेका व्यक्तिहरु उपर नालेश लाग्न सक्दैन र एक छिनलाई अवण्डा सम्पत्ति बांकी रहेको भए पनि पिताजीको जवन कालमा नै नालेश गर्न सकनुपर्नेमा सो नसकी पिताजी परलोक भएको ५ वर्षवाद परेको फिराद खारेज हुनुपर्छ । ०२०।४।३२ मा पारित छोडपत्र लिखत हेरिएमा कुल सम्पत्तिमा ६ खण्ड गरी इन्द्रलाल र पूर्णलाललाई ६ खण्डको ३ खण्ड र अरु बांकी ३ भाइलाई ३ खण्ड बण्डा गर्ने गरी अरु श्रीसम्पत्ती सगोल मै राखी तपसिलका जग्गाहरु छुट्याई छोडपत्र गरी दिनुहोस् भनी तिमी छोराहरुले भनेको भन्ने समेत छ सोबाट अंश बरा