निर्णय नं. ४२४७ - उत्प्रेषण मिश्रित प्रतिषेध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२४७ - उत्प्रेषण मिश्रित प्रतिषेध भाग: ३३ साल: २०४८ महिना: बैशाख अंक: १ फैसला मिति :२०४७/१२/०६ २७६० निर्णय नं. ४२४७ ने.का.प. २०४८ अङ्क १ संयुक्तइजलास माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४६ सालको रिट नं. १५१४ आदेश भएको मिति: २०४७।१२।६।४ मा निवेदक : जि. रुपन्देही आनन्दवन गा.पं. वडा नं. ३ बस्ने प्रेममणी आ.दि. विरुद्ध प्रत्यर्थी : जि.रुपन्देही नेपाल बैंक लिमिटेड उपशाखा कार्यालय, बुटवलसमेत विषय : उत्प्रेषण मिश्रित प्रतिषेध (१) बैंकसंग भएको संझौता वा शर्त कबूलियत पालना नगरेमा सुरक्षण बापत रहेको जायज्यथाबाट लिलाम बिक्री गरी बैंकले आफ्नो सावा असूल उपर गर्न वाणिज्य बैंक ऐन, २०३१ को दफा ४७(क) ले प्रदान गरेको अधिकारलाई प्रयोग गर्न सक्ने देखिँदा बैंकले गरेको काम कारबाहीले रिट निवेदकको संवैधानिक हक र स्वतन्त्रता कुन्ठित भएको भन्न नमिल्ने । (प्रकरण नं. १३) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री रामजी विष्ट तथा विद्धान अधिवक्ता श्री वेदप्रसाद शिवाकोटी विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री कोमलप्रकाश घिमिरे तथा विद्वान अधिवक्ता श्री यज्ञबहादुर कार्की आदेश न्या. बब्बरप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य यस प्रकार छ :– २. पिता राममणी आ.दी. का ४ छोरामा म निवेदक सहित केशरमणी, केशवमणी, विपक्षी मध्येका शरोजमणी हौं हामी ०१७ साल मै छुटी भिन्न भै म निवेदक आमा (साविक पेज नं. २०) नलिनीदेवी र बुबा सगोलमा बसी आएकोमा ०२८ सालमा स्वर्गवास हुनुभयो । विपक्षी मध्येका शरोजमणी मिति ०३५।१२।५ मा मेरो घरमा आई लुम्बिनी क्लेक्राफ्ट संचालन गर्न थप कर्जाको आवश्यक परेको हुँदा रु. ७२,५००।– दिनु पर्यो भनी आमासंग अनुरोध गर्दा आमाले रुपैयाँको अभावमा आफ्ना नाममा दर्ता रहेको सिद्धार्थनगर न.पं. वडा नं. ७ मा पर्ने बाल बिटौरी सि.नं. १६३६ मा दर्ता भएको ४ कठ्ठा जग्गा र त्यसमा बनेको घर समेत थप कर्जा संरक्षणार्थ ०३५।१२।१० मा विपक्षी शरोजमणीलाई दिनु भै विपक्षी शरोजमणीले ने.बै.लि. बुटवल शाखाबाट रु. ७२,५००।– कर्जा लिनु भएछ । विपक्षी शरोजमणीले उक्त कर्जा सुरक्षणबाट घर जग्गा फुकुवा नगर्दा घर जग्गाबाट उठीबास हुनु पर्ला भन्ने डरले मिति ०३७।१।४ मा रु. ७२,५००।– को साँवा व्याज सहित ने.बैं.लि. मणीग्राम शाखाबाट कर्जा नं. ४२।०१ को साँवा व्याज सहित हुन आउने रु. ९३,४०४।८३ हस्तेवारीबाट मैले भुक्तानी गरेकोमा भुक्तानी गरेको रसिद सहित विपक्षी सिद्धार्थनगर बैंकमा जाँदा बंैकको नियम बमोजिम फिर्ता दिने वा कुनै प्रकारले रद्द गर्न नमिल्ने, तपाईको घर जग्गा फुकुवा भयो भन्ने विपक्षी बैंक कार्यालय सिद्धार्थनगर र बुटवलबाट जवाफ पाएँ । यसै आधारमा जग्गा समेत फुकुवा भै उक्त ४ कठ्ठा क्षेत्रफल भएको घर जग्गा मध्येबाट ०३७।१०।२ मा १ कठ्ठा ११ १।२ धुर कटाई आमाले बिक्री समेत गर्नु भयो । बाँकी २ कठ्ठा ८ १।२ धुर जग्गा समेतको घर जग्गा भोग चलन गरी आएकोमा आमालाई बोधार्थ दिई विपक्षी शरोजमणीलाई बुटवल शाखाको पत्रमा जम्मा रु. ६,९०,७०३।५८ को बिगो कसी १५ दिनभित्र चुक्ता गर्नु पर्ने नत्र लिलाम बिक्री गरी असूल गरिने छ भन्ने थाहा पाई उनाउ तरीकाले पक्रन खोजेकोमा आमा नलिनी सोही विषय उपर लु.अं.अ.मा निषेधाज्ञा मुद्दा दायर गर्दा निषेधाज्ञा जारी नहुने लु.अं.अ.को निर्णय उपर प.क्षे.अ. मा पुनरावेदन जाँदा लु.अं.अ.को निर्णय सदर गरी फैसला भएकोमा अनुमतिको