निर्णय नं. ६५९५ - कुत दिलाई मोही निष्काशन ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५९५ - कुत दिलाई मोही निष्काशन । भाग: ४० साल: २०५५ महिना: पौस अंक: ९ फैसला मिति :२०५४/११/२६ २५०४ नि. नं. ६५९५ ने.का.प. २०५५ अङ्क ९ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री भैरव प्रसाद लम्साल संवत् २०५२ सालको दे.पु.नं.... २९७२ फैसला मिति : २०५४।११।२६।३ मुद्दा : कुत दिलाई मोही निष्काशन । पुनरावेदक/प्रतिवादी : जिल्ला सप्तरी सिम्राहा सिगियोन गा.वि.स. वडा नं. ८ बस्ने बुधनी देवी । विरुद्ध प्रत्यर्थी/वादी : जिल्ला सप्तरी फकिन गा.वि.स. वार्ड नं. ५ बस्ने जीरमैन देवी यादव । § मोहियानी हकको निरन्तरता पाउन मोहीले उल्लेखित ऐनको परिधि भित्र रही सो अनुरुपको कर्तव्य र दायित्व निर्वाह गरेकै हुनु पर्ने । (प्र.नं.९) § कानून बमोजिमको दायित्व पुरा नगर्ने मोहीको मोहियानी हक यथावत राखी निरन्तरता दिन मिल्ने अवस्था नदेखिदा उल्लेखित कि.नं. २५२ को जग्गाबाट यी पुनरावेदक प्रतिवादीको मोहियानी हक छुट्ने गरी मोही निष्काशन समेत हुने ठहर्याई शुरु भूमिसुधार कार्यालय सप्तरीको फैसला केही उल्टी गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेकै देखिदा पुनरावेदक प्रतिवादी पुनरावेदन जिकिर पुग्न नसक्ने । (प्र.नं.१०) पुनरावेदक प्रतिवादी तर्फबाट : X प्रत्यर्थी वादी तर्फबाट : X अवलम्बित नजिर : X फैसला प्र.न्या.ओमभक्त श्रेष्ठ: पुनरावेदन अदालत राजविराजको मिति ०५२।१।२७ को फैसला उपर न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(ग) अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदन सहितको मुद्दाको व्यहोरा यसप्रकार छ : २. मेरा नाउं दर्ताको जि. सप्तरी गा.वि.स. सिम्राहा सिगियोन वार्ड नं. ८(ख) कि.नं. १३३ को ०–१०–१७ जग्गाको विपक्षी मोही भई जग्गा जोतकमोद गर्दै आएकोमा ०५० सालको कुत धान ६–९–९ को प्रति मन रु.२४०। ले हुने रुपैया मलाई नबुझाएको र सम्बन्धित निकायबाट धरौट समेत नराखेको हुंदा मोहीको दायित्व पुरा नगर्ने विपक्षीलाई उल्लेखित अनुार कुत बाली दिलाई भराई मोहियानी हकबाट समेत निष्काशन गरी पाउं भन्ने समेत व्यहोराको फिराद पत्र । ३. वादी दावी अनुसारको जग्गाको म मोही भई जोतकमोद गर्दै बाली जग्गा धनीलाई बुझाउंदै आएको । ०५० सालको कुतबाली बुझ्नुहोस् भन्दा आज भोली बुझ्दछु भन्दै आलटाल गरी धरौट राख्ने म्याद नघाई बाली नबुझी म उपर नालेस गरेको हो । वादीलाई कुतवाली बुझ्न लगाई झुठ्ठा वादी दावीबाट फुर्सद पाउं भन्ने व्यहोराको प्रतिउत्तर पत्र । ४. बुझिए सम्मका मिसिल प्रमाणबाट कुत बुझाउन प्रतिवादीको मञ्जुर देखिदा एक पटक सुध्रन मौका दिई मोही हक यथावत कायमै राखी वादी दावी अनुसार वादीले प्रतिवादीबाट कुतवाली भराई दिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको भूमी सुधार कार्यालय सप्तरीको ०५१।३।३० को निर्णय । ५. शुरुले कारण नै उल्लेख नगरी मोही हक यथावत कायम राखी वालीसम्म भराउने ठहराई गरेको निर्णय उपर चित्त बुझेन । वादी दावी अनुसार मोहीको दायित्व पुरा नगर्ने विपक्षीलाई मोहियानी हकबाट समेत निष्काशन गरी पाउं भन्ने समेत व्यहोराको वादीको पुनरावेदन अदालत राजविराजमा परेको पुनरावेदन पत्र । ६. शुरुले मोहियानी हक यथावत कायम राख्नु पर्ने आधार प्रमाण नखुलाई गरेको निर्णय फरक पर्न सक्ने देखिदा अ.वं. २०२ नं. अनुसार प्रत्यर्थी झिकाई नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालत राजविराजको मिति ०५१।९।२६।३ को आदेश । ७. दैवी परेमा बाहेक कुतवाली नबुझाउने मोहीलाई भूमी सम्बन्धि ऐन, २०२१ को दफा २९(१) बमोजिम दावीको जग्गाको मोहियानी