निर्णय नं. ६५९६ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६५९६ - लेनदेन भाग: ४० साल: २०५५ महिना: पौस अंक: ९ फैसला मिति :२०५४/०२/१४ ३०३५ निर्णय नं.६५९६ ने.का.प. २०५५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्वत् २०५२ सालको दे.पु.नं........ ३५०८ फैसला मितिः- २०५४।२।१४।३ मुद्दा : लेनदेन । पुनरावेदक/प्रतिवादी : जिल्ला पर्सा पसौनी गा.वि.स. वडा नं. ९ स्थित नारायण राइस मिलको तर्फबाट र आफ्नो तर्फबाट ऐ.ऐ.को प्रोप्राइटर जि.पर्सा विरगंज न.पा. वडा नं. ४ बस्ने वर्ष ५८ की फुलवती देवी कलवार्नी समेत जम्मा २ । विरुद्ध विपक्षी/प्रतिवादी : जि.पर्सा विरगंज न.पा. वडा नं. ५ ने.बैं.लि. सिटी अफिस वीरगंजको तर्फबाट शाखा प्रवन्धक सत्य नारायण श्रेष्ठ । § वाणिज्य बैंक ऐन, २०३१ मा मुद्दा गर्नु पर्ने हदम्यादको व्यवस्था नभएको र दफा ५२ मा “..... यो ऐन र यस ऐन अन्तर्गत बनेको नियमहरुमा लेखिएकोमा सोही बमोजिम र अरुमा पैचलित कानून बमोजिम हुने छ” भन्ने व्यवस्था भएकै, लेनदेन व्यवहार सम्बन्धमा मुलुकी ऐन लेनदेनकोम हलमा गरिएको हदम्याद नै वाणिज्य बैंक समेतलाई लाग्ने कुरामा अन्यथा भन्न सकिदैन र फिरादमा नै प्रचलित कानून बमोजिम भन्ने समेत उल्लेख गरी अ.वं.३६ नं. लाई हद म्यादको परिप्रेक्ष्यमा उल्लेख गरिएतापनि प्रचलित कानून अर्थात लेनदेनको महलमै २ नं. को हदम्याद भित्र कै प्रस्तुत फिराद देखिदा पुनरावेदन अदालत हेटौडाले शुरु जिल्ला अदालतको खारेजी फैसला वदर गरी इन्साफ गर्न पठाउने ठहराइको फैसला मनासिब ठहर्ने । (प्र.नं.११) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी वादी तर्फबाट : X अवलम्बित नजिर : X फैसला न्या. नरेन्द्र बहादुर न्यौपाने: पुनरावेदन अदालत हेटौडाको फैसला उपर उस अदालत समक्ष पर्न आएको पुनरावेदन सहितको संक्षिप्त तथ्य एवं व्यहोरा यस प्रकार छ : २. प्रतिवादीहरुको अधिकार प्राप्त प्र.बृजमोहनले निम्न बमोजिमको मालहरु धितो राखी निम्न बमोजिम रुपैया कर्जा लिनु भएको छ । ९० के.जि. भर्तिआलस तथा मसुरी २०० बोराको जमानतमा वार्षिक रु.१६ प्रतिशत दरले व्याज लगाई ६ महिना भित्र सावा र ब्याज बुझाउने गरी रु.५७,३००। कर्जा लिनु भई मिति २०३५।१।२४ गते कर्जा नं. ४१।५२ को तमसुक गरी दिनु भएको छ । १ क्वीन्टल भर्ति मसुरी बोरा १५० जमानत राखी वार्षिक रु.१६ % को दरले ब्याज लागाई ६ महिना भित्र सावा र व्याज एकमुष्ट बुझाउने भाखा राखी मिति २०३५।६।३० गते गरी दिनुभएको कर्जा नं. ४१।१३९ को तमसुक गरी दिनु भएको कर्जा रु.६७,५००। उसिना चामल ४०० बोरा जमानत राखी वार्षिक रु.१६।५ % को दरले ब्याज लगाई सावा ब्याज एकमुष्ट बुझाउने भाखा गरी मिति ०३५।६।३० मा कर्जा नं. ४१।१४० गल्लाको तमसुक गरी लिनु भएको कर्जा रु.६७५००। प्रतिवादीहरुको अधिकार प्राप्त निज प्र.बृजमोहन लालले कर्जाको भौचरको पिठमा लेखी दिनु भए बमोजिम सो रकमको नारायणी राइस मिलको खाता नं. १२७२ मा जम्मा गर्ने भौचरमा सो रकम भर्नु पर्ने र त्यसरी चल्ती खातामा भरिएको रकमको बैंकको नियमानुसार सयकडा ।२५ पैसाको दरले कमिटमेन्ट चार्ज रु.५७९। कट्टा गरी बाकी रकमहरु मात्र भरिने भएकोले सोही अनुसार सबै तमसुकहरुको सयकडा २५ पैसाकादरले कट्टाहुने रकम रु.५७९। कटाई बांकी रु.२३,०२१। सो खाता नं. १२७२ मा जम्मा गरिएको छ । त्यसैगरी कर्जा नं. ४१।१४०, ४१।१३९ र ४१।९१ को तमसुक बमोजिमको सम्पूर्ण सावा रकम सोही खाता नं.१२७२ को खातामा जम्मा भएको छ । चल्ती खाताबाट रकम झिक्ने अधिकार प्राप्त प्र.रा