निर्णय नं. ३६९८ - अंश चलन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३६९८ - अंश चलन भाग: ४० साल: २०५५ महिना: पौस अंक: ९ फैसला मिति :2054/09/02 २५२० नि.नं. ६५९७ ने.का.प. २०५५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायधीश श्री केशव प्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा सम्वत् २०५३ सालको दे.पु.नं......... ३६९८ संवत् २०५३ सालको दे.पु.नं...........२७१२ फैसला मितिः२०५४।९।२।४ मुद्दा : अंश चलन । पुनरावेदक/वादी : काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ३ महाराजगंज बस्ने शान्ता खनाल । विरुद्ध विपक्षी/प्रतिवादी : ऐ.ऐ. बस्ने निर बहादुर खनाल । पुनरावेदक/प्रतिवादी : काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. ३ महाराजगंज बस्ने निर बहादुर खनाल । विरुद्ध विपक्षी/वादी : का.जि.का.म.न.पा. वडा नं. ९ बस्ने शान्ता खनाल । § एक पटक उसै झगडियाका नाउमा उसै विषयमा मुद्दा दिई निर्णय फैसला भई कार्यान्वयनको कार्य पनि तामेलीमा रही सके पछि पुनः अंश मुद्दामा दावी लाग्न नसक्नेमा अ.वं.८५ को प्रतिकूल अंश पाउने ठहर्याएको पुनरावेदन अदालत पाटनको मिति २०५२।१०।२९ को फैसला गल्ती भई वदर हुने । (प्र.नं.१४) पुनरावेदक वादकिा तर्फबाट : विद्वान अधिवक्ता श्री नीता गौतम दिक्षित विपक्षी प्रतिवादीका तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर । अवलम्बित नजिर : ने.का.प. २०४८, अंक १०, पृष्ठ ५९९, नि.नं. ४३८१ विलेशन सि. राजपुत समेत विरुद्ध इन्द्रकला राजपुतनी भएको मुद्दामा २०४८।६।८।३ मा प्रतिपादित सिद्धान्त । ने.का.प. २०४६ भाग ३१, अंक १ नि.नं. ३७१२ मा समेत प्रतिपादित सिद्धान्त । फैसला न्या.केशव प्रसाद उपाध्याय: पुनरावेदन अदालत पाटनको ०५२।१०।२९ गतेको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) ग अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण र ठहर यस प्रकार छ । २. विपक्षी पतिसंग मेरो २०३७।१।२६ मा वैवाहिक सम्बन्ध भएको हो । मसंग विवाह गर्दा आफ्नो विवाह नभएको भनी झुक्याई विवाह गरेको रहेछन् । २०३९ सालमा मलाई घरबाट निकाला गरि दिनु भयो र अनेक दुःख गरी निक्ली बसेकी हुं । विपक्षीले घरमा बस्न नदिई कुटपीट समेत गरेकोले निज र मेरो बिच अनेक मद्दा मामिला समेत परेको । हाल निज पतिको अर्को श्रीमती समेत परलोक भइ सकेको र मलाई समेत घरमा बस्न नदिएकोले सम्पूर्ण सम्पत्तिलाई आठ भाग लागई आठ भागको एक भाग म फिरादीलाई दिलाई अड्डैबाट समेत तलाई इन्साफ गरी पाउं भन्ने समेत व्यहोराको फिराद दावी । ३. विपक्षीले प्रस्तुत मद्दा दिनु भन्दा अघि हामी प्रतिवादी उपर २०४० सालमा दिनु भएको अंश मुद्दामा का.जि.अ.बाट ०४१।११।१४ गते र वा.अं.अ. बाट ०४२।५।९ मा विपक्षीले १२ खण्डको १ खण्ड अंश पाउने ठहरी भएको फैसला उपर विपक्षीको अर्को सौता मेरो कान्छी श्रीमती जानुका खनालले विपक्षी शान्ता खनाल र हामी उपर दिएको अंश मुद्दा २०४१।११।१४ र वा.अं. अदालतको २०४२।५।९ का फैसला वदर गरी विवाह खर्च पर सारी १२ खण्डको १ खण्ड अंश पाउने ठहरी ०४४।९।१३ गतेको का.जि.अ. बाट फैसला भए अनुसार अंश छुट्याई पाउं भनी दरखास्त दिई वादीले पाउने जति अंश बुझी लिई का.जि.अ. तहसिल फाँटबाट २०४५।८।२० गते लगत समेत कट्टा भएको सम्पूर्ण कुरालाई लोप गरी पुनः अंश पाउं भनी दुखः दिन मात्र यो फिराद गरेको हो । विपक्षीले पहिले नै अंश पाई सकेकी छिन् भन्ने प्रतिउत्तर जिकीर । ४. यिनै वादीले प्रतिवादीबाट पाउने अंश घरसार मै बुझिसकेको भनी वादी स्वयम् अदालतमा उपस्थित भई निवेदन दिएको लाग्ने २.१/१ % दस्तुर समेत राखी निवेद