निर्णय नं. ६५९९ - कित्ताकाट ट्रायल चेक
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५९९ - कित्ताकाट ट्रायल चेक भाग: ४० साल: २०५५ महिना: पौस अंक: ९ फैसला मिति :२०५४/११/२० ४४५१ निर्णय नं. ६५९९ ने.का.प.२०५५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मण प्रसाद अर्याल माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने संवत् २०५१ सालको देवानी पु.नं........ २५६२ फैसला मिति : २०५४।११।२०।४ विषय : कित्ताकाट ट्रायल चेक । पुनरावेदक/वादी : नेपालगंज नगरपालिका वडा नं. ४ बस्ने लल्लु प्रसाद मानन्धर । विरुद्ध विपक्षी /प्रतिवादी : जिल्ला बाके रझेना गाउं विकार समिति वडा नं. ७ बस्ने सुकवीर नेपाली । § एक पटक मालपोत कार्यालय बाँकेले यिनै पक्ष विपक्षी भएको कित्ताकाट सम्बन्धमा नालेश गर्न अदालत जानु भनी सुनाएको त्रुटीपूर्ण हुंदा वदर गरी आफैले कित्ताकाट सम्बन्धमा निर्णय गरी दिनु भनी तत्कालिन भेरी अञ्चल अदालतबाट निर्णय भएको र सो निर्णय भेरी अञ्चल अदालतबाट निर्णय भएको र सो निर्णइ उपर पुनरावेदन नपरी अन्तिम रहेको विषयमा पुनः कित्ताकाट सम्धन्धमा सुनाउनु पर्ने भनी पुनरावेदन अदालत नेपालगंजले गरेको निर्णय प्राङन्यायको सिद्धान्तको भावना र मुद्दामा भएको फैसलाको अन्तिममा सम्बन्धि सिद्धान्त अनुरुप भएको देखिएन । साथै मालपोत ऐन, २०३४ को दफा ७(३) मा क्षेत्रफल परक परेको सम्बन्धमा मालपोत कार्यालयले आवश्यक छानविन गरी सच्याउन सक्ने कानूनी व्ववस्था रहेको देखिदा मालपोत कार्यालयको क्षेत्राधिकारको विषयमा जिल्ला अदालतमा जानु भनी हक वेहकमा सुनाउनु पर्नेमा नसुनाएको भनी हक बेहकमा सुनाउन मिसिल मालपोत कार्यालय बाकेमा पठाउने गरेको पुनरावेदन अदालत नेपागंजको फैसला नमिलेकोले उल्टी हुने । (प्र.नं. १४) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री शिवराज अधिकारी विपक्षी प्रतिवादी तर्फबाट :X अबलम्बित नजिर : X फैसला न्या लक्ष्मण प्रसाल अर्याल: पुनरावेदन अदालत नेपालगञ्जको फैसला उपर वादीको न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) बमोजिम पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. मेरा नाममा दर्ताको बांके रझैना गा.वि.स. वडा नं. ७ (ख) कि.नं. २४ को जग्गा विगाहा ०–१–११ मध्य १–०–० सुकविर नेपालीलाई राजिनामा रजिष्ट्रशन गरी दिएकोमा ज.वि.१–०–० को कित्ताबाट गराएकोले ट्रायल चेक गरी सुकबिर नेपालीका नाममा ज.वि.१–०–० मात्र नक्सामा कायम गरी बढी जग्गा मेरो जग्गा धनि दर्ता प्रमाणपुर्जा चढाईपाउं भन्ने लल्लु प्रसाद मानन्धरको मिति २०४६।२।२ को निवेदन पत्र । ३. मिति २०४२।९।२८ गतेको राजिनामा अनुसार कित्ताकाट भई भोग चलन गरी आएको छु। निवेदकले म उपर दिएको यसै जग्गाको खिचोलामा मुद्दा अंचल अदालतमा चलि रहेकोले फैसला नहुंदासम्म मुतलबी राखी पाउं । निवेदकको उजुरी म्याद बाहिरको हुंदा मेरो नामको कित्ताकाट कायमै राखी पाउं भन्ने समेत व्यहोराको सुकवीर नेपालीको मालपोत कार्यालय नेपालगंजमा भएको बयान कागज । ४. कि.नं. २४ को जग्गाको पूर्वबाट मैले विपक्षीलाई १–०–० जग्गा बिक्री गरेको हुंदा बढेको जग्गा मेरा नाममा कायम गरी पाउं यो जग्गा अन्यत्र मुद्दा परेको छैन कि.नं. २५को जगामा अंचल अदालतमा मुद्दा परेको छ भन्ने समेत व्यहोराको निवेदनको मालपोत कार्यालय, नेपालगंज भएको बयान कागज । ५. मे.ना.शाखा बाकेको मिति २०४६।९।५ च.नं. ४१ को पत्रानुसार सुकजीर नेपालीको नामका कि.नं. ३४० को जग्गा १–०–० को सट्टा १–१–० भएको र निजले सो जग्गा मध्ये केही जग्गा विभिन्न मानिसहरुको नाममा बिक्री गरी विभिन्न कित्ता कायम भई हाल निजको ना