निर्णय नं. ६६०० - धर्मलोप

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६०० - धर्मलोप भाग: ४० साल: २०५५ महिना: पौस अंक: ९ फैसला मिति :२०५५/११/०२ २४८५ निर्णय नं. ६६०० ने.का.प. २०५५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधिश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत् २०५२ सालको दे.पु.नं......२९९० फैसला मितिः- २०५५।२।११।२ मुद्दा : धर्मलोप । पुनरावेदक/वादी : जिल्ला धनुषा जनकपुर नगरपालीका वडा नं. ८ बस्ने राम जानकी शरणको चेला जगदीश शरण वैष्णव । विरुद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला धनुषा जनकपुर नगरपालिका वडा नं. ८ बस्ने अनन्तराम शरण । § रजिष्ट्रेशनको १ नं. अनुसार अचल सम्पत्ति बिक्री गरी वा अरु कुनै किसिमले आफ्नो हक छाडी दिएको लिखत अनिवार्य रुपमा रजिष्ट्रेशन गराउनुपर्ने व्यवस्था भएको देखिएकोले प्रतिवादीले घरसारमा करारनामाको कागज गरी रामानन्द क्लबलाई दिएपछि घरसारको लिखतबाट एउटाको हक सम्माप्ती र अर्काको हक प्राप्ति हुन नसक्ने हुंदा यस्तो घरसारको लिखतबाट हक हस्तान्तरण भएको मानी गुठीको ४ र ६ नं. बमोजिमको धर्मलोप गरेमो मान्न नमिल्ने । (प्र.नं.८) पुनरावेदक वादी तर्फबाट : X प्रत्यर्थी प्रतिवादी तफृबाट :X अबलम्बित नजिर : X फैसला न्या.हरिश्चन्द्रप्रसाद उपाध्याय: पुनरावेदन अदालत जनकपुरबाट भएको फैसला उपर यस सर्वोच्च अदालत समक्ष पुनरावेदनको रुपमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. गुरु सियालालको नाती चेला प्रिया पृतम शरणको चेला राम जानकी शरण २०३६ सालमा परलोक भएका निजको खति उपति खाने व्यहोर्ने गुरुका नामका ३८६ को ०–०–१७.५ जग्गा गुरुको हक खाने देखाई गुठीका जनकपुरमा निवेदन गर्नु भउको नामसारी सम्बन्धमा आदेश समेत गर्नु भएको उक्त जग्गा नामसारी गर्ने गरेको जानकारी जगदिश शरणलाई दिनुपर्ने नदिई अनन्त रामशरणले उक्त जग्गा मिति २०४४।१।४ गने रामानन्द सांस्कृतिक क्लाब स्थापना गरेपछि जग्गा पास गरी दिन्छु भनी करार गरी दिनु भउको सो अनुसार अवधेश कुमारले मिति ०४५।६।१७ गतेमा भवन बनाउनको लागि द.नं. २३६९ मा निवेदन समेत गर्नु भएको अनन्त राम शरणले गरी दिनु भएको करारनामाबाट धर्मकृति विगार्नुका साथै दान दातव्य नहुने जग्गाबाट करारबाट क्लबलाई दिनुभएकोले धर्म लोप गरेको हुंदा सजाय गरी पाउं भन्ने समेत फिराद पत्र । ३. दावी अनुसार गरेको होइन दावी जग्गामा वादकिो हक छैन सो जग्गा जानकी बल्लभ भगवान रामानन्द भगवानको नाममा नामसारी भएको अवध किशोर दाश वैष्णवको नाम समेत उल्लेख गरी निजको देहन्तपछिट मेरो अधिकारमा रहेको श्रीराम जानकी वल्लभ भगवना दुलहा भगवान रामानन्द सम्पदासंग सम्बन्धित भएकोले सांस्कृतिक केन्द्र स्थापना गर्न उक्त जग्गा क्लबलाई प्रदान गर्न कुनै व्यक्ति विशेषलाई बेचबिखन गरेको नभएकोले दावी अनुसार धर्मलोप गरेको छैन भन्ने प्रतिउत्तरपत्र । ४. प्रतिवादी अनन्तराम शरणले कुनै पनि प्रकारले हक हस्तान्तरण गर्न नपाउने गरी जनकपुर गुठी तहसिल तथा खर्च कार्यालयबाट जानकी वल्लभ दुलहा रामानन्द आश्रमको नाम जग्गा नहुने हस्तेवारीमा अवक किशोर दाश उल्लेख भएको कि.नं. ३८६ को ०–०–१७.५ जग्गा सांस्कृतिक क्लब निर्माण गर्नको लागि करारनामा गरी दिई पारित गरि लिनु भन्ने समेत व्यहोरा उल्लेख गरी मिति २०४४।१।४ मा करार गरी दिएको देखिदां जनकपुर गुठी कार्यालयबाट सो जग्गा हस्तेवारीमा अवध किशोरले पाएको हो । सो को विपरित कार्य प्रतिवादीले बिक्री गर्न करार गरेको देखिदा प्रतिवादीले धर्मलोप गरेको ठहर्छ भन्ने समेतको धनुषा जिल्ला अदालतको मिति २०४८।१२।२६ गतेको