निर्णय नं. ६६०१ - लागु औषध
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६०१ - लागु औषध भाग: ४० साल: २०५५ महिना: पौस अंक: ९ फैसला मिति :२०५४/०९/१५ ४५२२ निर्णय नं. ६६०१ ने.का.प. २०५५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल संवत् २०५२ सालको फौ.पु.नं....... १२३८ फैसला मितिः- २०५४।९।१५।३ मुद्दा : लागु औषध । पुनरावेदक/वादी : प्र.स.नि.शिवराम वनको प्रतिवदनले श्री ५ को सरकार । विरुद्ध प्रत्यर्थी/प्रतिवादी : पर्सा जिल्ला विश्रामपुर गा.वि.स. अन्तर्गत घर भई विरगञ्ज नगरपालिका वडा नं. १४ रानीघाट बस्ने प्रभु कलवार समेत २ जना । § सह अभियुक्तको पोललाई समर्थन गर्ने अन्य स्वतन्त्र प्रमाणहरुको अभावमा सह–अभियुक्तको पोलको भरमा मात्र कसुरदार ठहरे गर्नु न्यायको दृष्टिबाट समेत उचित नुहदां प्र.प्रभु साह कलवारलाई सफइ दिने गरेको पुनरावेदन अदालत हेटौडाको फैसला मिलेकै देखिने । (प्र.नं.३३) पुनरावेदक वादी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री चेतनाथ घिमिरे प्रत्यर्थी प्रतिवादी तर्फबाट :X अबलम्बित नजिर : X फैसला न्या. भैरवप्रसाद लम्साल: पुनरावेदन अदालत हेटौडाको मिति २०५०।११।९ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(क) बमोजिम यस अदालतमा दायर हुन आएको पुनरावेदन हितको प्रस्तुत मुद्दाको संक्षप्त व्यहोरा यसप्रकार छ । २. मिति २०४५।८।१० गते गस्ती गर्दै जांदा विरगंज न.प.वडा नं. १० रानीघाट बस्ने रमापतिलाल कर्ण समेतल लागु औषध भरमा राखी बिक्री वितरण गर्दछन् भन्ने कुरा बुझिन आएकोले घर खान तलासि गर्दा निज रमापति लाल कर्णले लर्गाको कालो रंगको जवारी कोटको दाहिने खल्तीबाट याक चुरोथको बट्टाभित्र प्लाष्टिकको पुरियामा ब्राउन सुगर ४७ ग्राम बरामद भएको ठीक हो भन्ने मिति २०४५।८।१० को बरामदी मुचुल्का । ३. मेरो घर नजिक बस्ने सुरेन्द्र पंडित प्रेम महतो कोइरी, भगवान सुनार, प्रभु कलवार समेतले लागु औषध खरीद गरी ल्याई बिक्री वितरण गर्दै निजहरुको साथ लाग्दा बढी नाफा हुने भएकोले बिक्री गर्न थालेको थिए“ । बाबु चुरोट खाने भएकोले जवारीकोट खल्तीमा ४७ ग्राम ब्राउन सुगर भएको प्लाष्टिकको पाकेट हाली दिएकोमा सोही खल्तीबाट नै बरामद भएको हो भन्ने समेत व्यहोराको बिमल कर्णको बयान । ४. मिति २०४५।८।१० गते छोरा बिमलले याक चुरोटको बट्टा मेरो जवारीकोटको खल्तीमा राखि दिएको थियो । केही बेरमै प्रहरी ४७ ग्राम ब्राउन सुगर बरामद भएको हो भन्ने रमापतलाल कर्णको बयान । ५. बिमल कर्णको बयानमा उल्लेखित प्रभु कलवार प्रेम महतो कोइरी सुरेन्द्र पंडित, बिमल कर्ण र म समेत भई बिरगंज बजारमा ब्राउन सुगर बिक्री विराण गर्दै थियो भन्ने समेत व्यहोराको भगवान दास सुनारको बयान । ६. मिति २०४५।८।१० गते रमापति लाल कर्ण र बिमल कर्णलाई लागु औषध ब्राउन सुगर बरामद भउकोले प्रक्राउ गरि लेगेको हो । ब्राउन सुगर बिक्री गर्दै थिए भन्ने सुनेको र बिमल कर्ण खराब चाल चलनको मानिस हो भन्ने समेत व्यहोराको सरजमिन मुचुल्का । ७. संकलित सवूत प्रमाणबाट बिमल कर्ण, भगवान दास सोनार, सुरेन्द्र पण्डित, प्रेम महतो, प्रभु कलवार र रमापति लाल कर्णलार्य लागु औषध नियन्त्रण ऐन, २०३३ को दफा १४(१) को (ग) अनुसार सजाय हुन र बरामदी मुचुल्कामा उल्लेखित घर ऐ.ऐ.को दफा १५ अनुसार जफत हुन दावी लिएको मिति २०४५।९।४ को प्रहरी प्रतिवेदन । ८. वरामदी मुचुल्कामा लागेको सहिछाप मेरो हो बाध्य गराएर प्रहरी गराएका हुन् । मैले ब्रउन सुग उपर बिक्री गर्ने गरेको छैन । विमल कर्ण छोरा हो उ पागल भएकोले म समेतलाई