निर्णय नं. ६६०२ - बाली मोही निष्काशन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६०२ - बाली मोही निष्काशन भाग: ४० साल: २०५५ महिना: पौस अंक: ९ फैसला मिति :२०५४/०९/२२ २१८३ निर्णय नं. ६६०२ ने.का.प. २०५५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री राजेन्द्रराज नाख्वा सम्वत् २०५२ सालको दे.पु.नं...... ३५५८ फैसला मिति : २०५४।९।२२।३ मुद्दाः बाली मोही निष्काशन । पुनरावेदक/प्रतिवादी : जिल्ला सप्तरी गा.वि.स. ओद्राहा वडा नं. ५ बस्ने जोखन यादव । विरुद्ध प्रत्यर्थी/वादी : जिल्ला सप्तरी कञ्चनपुर गा.वि.स. वडा नं. २ बस्ने शेष नारायण लुइंटेल । § बाली वापत रु.२१४८ बुझाउनु पर्नेमा रु.१८५१ मात्र धरौट राखेकोले बुझाउनु पर्ने बालीको ९० प्रतिशत भन्दा घटी धरौट राखेको देखियो । भूमी सम्बन्धि ऐन, २९२१ को दफा ३६(२) को प्रतिबन्धमा आफूले बुझाउनु पर्ने कुतको सयकडा ९० प्रतिशत भन्दा कम हुने ग री धरौट दाखिल गरेको देखिए मोहीले यस उपदफा बमोजिम कुत बुझाएको मानिने छैन भन्ने उल्लेख भइरहेकोले सो रु.१८५१। मात्र धरौट राखेकोलाई कुत बुझाएको मान्न नमिल्ने । (प्र.नं.९) पुनरावेदक प्रतिवादी तर्फबाट : X प्रत्यथी वादी तर्फबाट :X अबलम्बित नजिरः X फैसला न्या. राजेन्द्रराज नाख्वां: न्याय प्रशासन ऐन २०४८ को दफा ९(१)(ग) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ । २. मेरो नाममा दर्ता रहेको ओदाहा वडा नं. ६(ग) कि.नं.१२३ को ०–८–६ वडा नं. ५(क) कि.नं. १६ को ०–६–४ जग्गाको बाली मलाई नबुझाई एक्लै खाइदिने गरी आएको र ०४५।४६ सालको बाली नदिई धरौटी समेत नराखेको कारण मुघा चलिरहेको र ०४८ सालको कुत धान मन १०–३५–० मलाई नदिएकोले प्रचलित बजार भाउले हुन आउने उक्त १०-३५-० मन धानको नगद रु.२२८३।७५ धरौटी राख्नु पर्नेमा १८५१ मात्र धरौटी राखेको जुन धरौट ९०% भन्दा कम रहेका यसरी ९०% भन्दा कम धरौटी राखेको भु.सु.ऐन, २०२१ को दफा ३६(२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुत बुझाएको नमानिने हुनले कुत दिलाई मोही निष्काशन गरी पाउं भन्ने समेत व्यहोराको फिराद दावी । ३. वादीलाई कुत बुझउन जादा नबुझेकोले भूमि सुधार कार्यालय सम्प्तरुमा धरौटी राखेको छु भन्ने समेत व्यहोराको प्रतिउत्तर जिकिर । ४. मोहियानी हक यथावत कायम राखी मोही निष्काशन नहुने गरी वादी दावी अनुसार घटी हुन आएको कुत र राखेको घरौटी वादीले उठाई लिन पाउने ठहर्छ भन्ने समेत व्यहोराको भूमि सुधार कार्यालय सप्तरकिो निर्णय । ५. प्रतिवादीले कुत धरौट राख्दा ९०% भन्दा कम राखेको भु.सु.ऐन, २०२१ को दफा ३६(२) बमोजिम कुत बुझाएको नमानिने भएबाछ मोही निष्काशन गर्ने गरी फैसला गर्नु पर्नेमा नगरेको साथै भु.सु. कार्यालयको निर्णयमा मोही निष्काशन नहुनु पर्ने कुराको न्यायिक आधारमा समेत नभएकोले वादी दावी बमोजिम मोही निष्काशन गरी पाउं भन्ने समेत व्यहोराको वादी शेष नारायण लुइटेलको पुनरावेदन अदालत राजविरामा परेको पुनरावेदन पत्र । ६. मोही यथावत राखी निष्काशन नहुने ठहर्याइको शुरु भूमी सुधार कार्यालय सप्तरुको निर्णय भुमी सम्बन्धि ऐन, २०२१ को दफा २९(१) प्रतिकुल भई फरक पर्न सक्ने देखिदा अ.वं.२०२ नं. तथा पुनरावेदन अदालत नियमावली, २०४८ बमोजिम प्रत्यर्थी झिकाई पेश गर्नु भन्ने पुनरावेदन अदालतको आदेश । ७. यसमा वादी दावीको बाली बापत रु २२८३।- देखिएकोमा प्रतिवादीले बाली बापत रु.१८५१।- मात्र धरौट राखेको देखिएको र सो धरौट ९०% भन्दा कम देखिएको हुंदा भूम सम्बन्धि ऐन, २०२१ को दफा ३६(२) ले ९०% भन्दा कम धरौट राखेकोलाई बाली बुझाएको