निर्णय नं. ६६०३ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६०३ - कर्तव्य ज्यान भाग: ४० साल: २०५५ महिना: पौस अंक: ९ फैसला मिति :२०५५/०२/०४ ३४२८ निर्णय नं. ६६०३ ने.का.प. २०५५ अङ्क ९ संयुक्त इजलास माननीय न्याधीश श्री गोविन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्वत् २०५४ सालको फौ.पु.नं...... १७१३ सम्वत् २०५४ सालको फौ.सा.नं........ १४५ फैसला मिति : २०५५।२।४।२ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी : जि. भोजपुर बोखिम गा.वि.स. वडा नं. ३ घर भई कारागार शाखा खादवारीमा थुनामा रहेका प्र.ह. डिल्लीराम न्यौपाने । विरुद्ध विपक्षी/वादी : दल बहादुर राईको जाहेरीले श्री ५ को सरकार । § मृतकसंग प्रतिवादीको भेटघाट पश्चात मृतयुपर्यन्त सम्मको सम्पूर्ण इतिवृत खुलाउंदै मृतसंग ३ पटकसंग ढाल लगाएर र अरु पटक ढाल नलगाई करणी गरेको करणी पश्चात मृतकले म तपाइसंगै बस्छु घर जान्न भेनकिले मृतकबाट उम्कन निजले तिघ्रामा कुल्चिई छाताको खोलले घाटीमा कसी कर्तव्य गरी मारेको कुरालाई निजले अधिकार प्राप्त अधिकारी समक्ष गरेको सावीती बयान, मौकामा कागज गर्ने कुमारी राई, पदम बहादुर घले दर्जि, अम्बिमा प्रसाद जिमी, बासु शाक्य, मान बहादुर तामाङ्ग र एउटै प्रहरी चौकीमा काम गर्ने प्र.ह. देवराज रार्य, प्र.ज. गुमान सिंह राई तथा अर्जुन कुमार बस्नेत समेतका व्यक्तिहरुको कागजबाट समर्थित भर्य पुष्टि हुन आकोले मृतकको मृत्यु प्रतिवादी डिल्लीराम न्यौपाने कै कर्तव्यबाट हुन गउको खेअदा शुरु संखुवासभा जिल्ला अदालतले निजलार्य सर्वश्वसहति जन्मकैदको सजाय गर्ने गरेको फैसला सदर गनरेको पुनरावेदन अदालत, विराटनगरको फैसला मिलेकै देखिदा सदर हुने । (प्र.नं.२४) § पुनरावेदन अदालत, विराटनगरले अ.वं. १८८ नं. बमोजिम १५ वर्ष कैद हुने राय व्यक्त गरेतर्फ विचार गर्दा प्रतिवादी प्रहरी चौकी खराङ्गका इन्चार्ज प्रहरी हवल्दार देखिएको छ । पैहरी कर्तव्य जनताको जियधनको सुरक्षा ग र्नु हो । सत्य सेवा सरक्षणम प्रहरीको मुलमन्त्र हो । यस्तो कर्तव्य भएका जनताको जिउधनको सुरक्षा लिएका चौकी प्रमुख भएर कानून र अनुशासन कायम गर्ने पदीय जिम्मेवारी बोकेका जनताको रक्षकबाटै अर्काको पत्नि फकाई व्यभिचार गर्ने र व्यभिचार पश्चात ज्यान समेत मार्नेलाई सजाय चर्को पर्ने भयो १५ वर्ष कैदको राय व्यक्त गरेको मिलेको नदेखिने । (प्र.नं.२५) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्त श्री वालकृष्ण न्यौपाने विपक्षी वादी तर्फबाट : X अवलम्बित नजिर : X फैसला न्या. गोबिन्द बहादुर श्रेष्ठ: न्याय प्रशासन ऐ्न, २०४८ को दफा ९(१) अन्तर्गत पुनरावेदन अदालत धनकुटाको मिति ०५३।१०।२२ को फैसला उपर पर्न आएको मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ । २. मेरी श्रीमती विष्णुमाया राई बिरामी भई मिति २०५०।३।१५ गते देखि मायतिमा बसेकीमा २०५०।३।२३ गते खराङ गा.वि.स.वार्ड नं. १ मा पर्ने टेकबहादुर भण्डारीको डिहीमा मृतक अवस्थामा छ भनी खबर पाई हेर्न जादा मृतक अवस्थामा भई देखि जाहेर गर्न आएको छु कर्तव्यमा कसै उपर शंका लाग्दैन भन्ने समेत व्यहोराको दल बहानदुर राईको २०५०।३।२३।४ गते जाहेरी दर्खास्त । ३. मिति २०५०।३।२३ को लास प्रकृति मुचुल्का मिसिल सामेल रहेको । ४. मैले आजै दिएको जाहेरीमा आफू बेहोस भई लासको प्रकृति मात्र देखाई जाहरी दिएता नि खराङ बजार आई बुझ्दा प्रहरी चौकी खराङका इन्चार्ज प्र.ह. डिल्लीराम न्यौपानेसंग २०५०।३।२२ गते बेलुकी ४ बजेको समयमा मेरी श्रीमती मृतक विष्णुमाया राईसंग रक्सी खादै डेढ दुई घण्टा बसी चौकी तर्फ गएका थिए भन्