निर्णय नं. ६६०४ - कर्तव्य ज्यान ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६०४ - कर्तव्य ज्यान । भाग: ४० साल: २०५५ महिना: पौस अंक: ९ फैसला मिति :२०५४/०५/२४ ३१२५ नि.नं. ६६०४ ने.का.प. २०५५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोबिन्द बहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री टोपबहादुर सिंह संम्वत २०५३ सालको फौ.पु.नं......... ११६२ सम्वत्२०५४ सालको फौ.सा.नं..........१९२ फैसला मिति २०५४।५।२४।३ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी : जि.भोजपुर पातलेपानी वडा नं. ६ घर भई हाल केन्द्रीय कारागार त्रिपुरेश्वरमा थुनामा रहेको सुधारमान राई । विरुद्ध प्रत्यर्थी/ वादी: नरबहादुर राईको जाहेरीले श्री ५ को सरकार । वादीः नरबहादुर राईको जाहेरीले श्री ५ को सरकार । विरुद्ध प्रतिवादी : जि.भोजपुर पातलेपानी वडा नं. ६ घर भएको सुधारमान राई । § एउटालाई हान्छु भनी प्रहार गर्दा अर्कोलाई लागी त्यसैको जरियाबाट घाइतेको मृत्यु हुन्छ भने पनि प्रहार गर्ने व्यक्तिलाई कर्तव्यको दोषी मान्नु पर्दछ किन भने छुरी जस्तो घातक हतियारले प्रहार गर्दा मानिस मर्न सक्छ भन्ने जानकारी प्रहारकर्तालाई भएकै सम्झन पर्ने । (प्र.न..२१) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री लालबहादुर थापा प्रत्यथी वादी तर्फबाट : X अबलम्बित नजिर : X फैसला न्या गोविन्द बहादुर श्रेष्ठ: पुनरावेदन अदातल विराटनगरको मिति २०५२।७।१५ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत पुनरावेदन तथा दफा १० अन्तर्गत साधक दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण एवं ठहर यस प्रकार छ : २. २०४९।१२।११ गते बेलुका अं.६:३० बजेको समयमा पम्फामाया राईको घरमा सुधारमान राई र जवान बहादुर राई झगडा गर्न थालेछन् र केही समयपछि पशुपति राई पनि आई जवान बहादुर राइलाई कुटपिट गर्दा निज गुहार गुहार भनी कराए पछि मेरा छोरा विश्वबन्धु राइसमेत बारदात भएको कुरा थाहा पाई गाउंका मानिस र मेरा छोरा समेत घटनास्थलमा गई छुट्याउन जादा सुधारमान राइले चुप्पी समेतले रोपी छोरा विश्वबन्धु राइलाई घटनास्थलमै मारेछन् गाउंघरमा हल्ला खल्ला हुंदा थाहा पाई घटनास्थलमा पुग्दा छोराको प्राण गइसकेको हुंदा निजहरुलाई पक्राउ गरी कानूनी कारवाही गरी पाउं भन्ने किटानी जाहेरी । ३. पम्फामाया राइको घरदेखि उत्तरपट्टि मल खाडीमा काठको बिंड भएको अं.११ इन्च धार भएको अं.६ इन्च भएको चुप्पी र केही नजिकमा चुप्पीको छालाको दापसहित फेला परेको भन्ने वरामदी मुचुल्का । ४. पम्फामाया राई र जित बहादुर राईको आगन बिचमा मृतक विश्वबनधु राइको लाश रहेको लागको लम्बाई ५.५ फिट भएको आखा मुख बन्द नाकबाट केही ननिस्किएको मृतकको सम्पूर्ण कपडा खोली हेर्दा दाहिने तिघ्रमा अं.५ सेन्टीमिटरको चोट भएको, अन्य शरीरको भागमा चोट नभएको भन्ने लास प्रकृति मुचुल्का । ५. ०४९।१२।११ गते मेरा घरमा अ. ५ बजेको समयमा मेरा दाजु नाता पर्ने जवान बहादुर राइ आउनु भयो । दाजु म समेतलार्य सुधारमान राइले काट्छु मार्छु भनी धम्की दिउको छ भनी बताएपछि दाजुले कसरी कुट्तो रहेछ भनी गफ गरिरहेको अवस्थामा सुधारमानले घरबाट सुनेछन् र। निज मेरा घरमा आई निहु खोजी झगडा गर्न थाले एकछिन पछि पशुपति राई पनि आई जवान बहादुरलाई कुटपिट गर्न थाले र निजले गुहार भनी कराएपछि गाउंका मानिस र विश्वबन्धु राई समेत आई झगडा गर्न हुदैन भनी सम्झाई छुट्याउदा सुधारमान राइले के कहांबाट चुप्पी निकाली विश्वबन्धु राइलाई सिप्रामा घोच्यो र मलाई सधारेले चुप्पीले रोप्यो समाइदेउ भनी निजले भनेपछि विश्वबन्धु घटनास्थलमा नै मृत्यु भएको हो प