निर्णय नं. ६६०५ - स्वीकृत किलोवाट कायम गरी हिसाब गराई पाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६०५ - स्वीकृत किलोवाट कायम गरी हिसाब गराई पाउं भाग: ४० साल: २०५५ महिना: पौस अंक: ९ फैसला मिति :२०५५/०३/२६ ३१७३ निर्णय नं. ६६०५ ने.का.प. २०५५ अङ्क ९ संयुक्त इजलास माननीय न्यायाधीश श्री इन्द्रराज पाण्डे माननीय न्यायाधीश श्री हरिश्चन्द्र प्रसाद उपाध्याय संवत् २०५३ सालको दे.पु.नं.......... २८६१ फैसला मिति : २०५५।३।२६।६ मुद्दा : स्वीकृत किलोवाट कायम गरी हिसाब गराई पाउं । पुनरावेदक/वादी : जिल्ला मोरंग विराटनगर नगरपालीका वडा नं. २ स्थित श्री बिन्ध्या पशुपति प्लाष्टिक उद्योग प्रा.लि.को सञ्चालक ऐ.ऐ बस्ने विनय रिजाल । विरुद्ध प्रत्यर्थी/विपक्षी : जिल्ला मोरंग विराटनगर नगरपालीका वडा नं. ३ स्थित नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय, शाखा कार्यालय विराटनगर समेत । § विद्युत प्राधिकरण ऐन, २०४१ को दफा ३९ लाई न्याय प्रशासन ऐन, २०४८ ले संशोधन गरी विद्युत प्राधिकरण वादी वा प्रतिवादी भएको मुद्दा जिल्ला अदालतमा दर्ता हुने व्यवस्था कानुनले गरेको देखिन आउछ । वादी निवय रिजालले खारेज भएको ऐनको दफाको आधार लिई पुनरावेदन अदालतमा फिराद गरेको देखि आयो । पुनरावेदन अदालतमा परेको फिरादलाई सरुवा गरी जिल्ला अदालतमा पठाउने व्यवस्था कानूनले गरेको देखिन आउंदैन । तसर्थ क्षेत्राधिकारको अभावमा फिराद खारेज गर्ने गरेको पुनरावेदन अदालत विराटनगरको फैसला मिलेकै देखिदा मनासिव ठहर्ने । (प्र.न..८) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षी तर्फबाट : X अबलम्बित नजिर : X फैसला न्या. इन्द्रराज पाण्डे: न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (ग) अन्तर्गत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ । २. म फिरादीले मिति २०४५।६।१७ मा उद्योग विभागबाट प्रा.लि.र.नं.६।२०४५।०४६ मा उद्योग दर्ता गरी वि.न.न.पा. वार्ड नं. २ मा उद्योगको उद्देश्य अनुसार प्लासष्टिकका जर्किन तथा डिब्बाहरु उत्पादन गर्दा उद्योगलाई आवश्यक पर्ने विद्युत शक्ति विपक्षी कार्यालको ग्राहक संख्या ४।२।५०९ बाट विद्युत शक्ति ११.२५ किलोवाट यस विन्ध्या पशुपति प्रा.लि. ले प्रयोग गर्दै रहेकोमा विपक्षी कार्यालय नेपाल विद्युत प्राधिकरण ग्राहक सेवा निर्देशनालय विराटनगर शाखाको मिति ०५१।३।२८ को पत्रबाट मेरो सञ्चालनमा रहेको यस उद्योगको आकस्मिक निरीक्षण गर्दा ३७.८४ कि.वा. विद्युत शक्ति प्रयोग भएको पाइएकोले मिति ०४८।९।९ को निर्णय अनुसार ३७.८४ कि.वा. को बिलिङ अनुसार २०४८ आश्विन देखि ११.२५ कि.वा.को मात्र बिलिग भएकोले छुट बिलिङको संलग्न संशोधित सूचना अनुसारको विद्युत महसुल रु.१,११,१८७।५५ यस शाखामा बुझाउनु अुन जानकारी गराइन्छ भनी उल्लेख गरेको हचुवा व्यहोराको ०४८।९।९ मा गरेको आकस्मिक निरिक्षणको कार्यान्वयन मिति ०५१।३।२८ मा करिब ३ वर्ष पछि आएर गर्नुबाटै पूर्वागैह प्रष्टिने भएको र विपक्षी कार्यालयले लेखेको पत्रको आधारमा पनि आफ्नै व्यहोरा आफैमा निराधार पूर्वाग्रही कपोल कल्पित भएकोले विपक्षी कार्यालयले आफ्नो मनोमानी किसिमले हुंदै नभएको कुरालाई भए गरेको भनी निर्णय समेत गरेको हुंदा उक्त ०४८ आश्विन देखि हालसम्मको साविक ११.२५ कि.वा. बमोजिम नै विलिङ गरी पाउने विपक्षी कार्यालयलार्य समेत झिकी बुझी उक्त ३७.८४ कि.वा. बमोजिमको विलिङ वदर गरी साविक बमोजिम विलिंग गरी स्वीकृती कि.वा. कायम गरी हरहिसाव गराई पाउं भन्ने मिति ०५१।१२।२० को फिराद पत्र । ३. श्री बिन्ध्या पशुपति प्रालि कानूनी व्यक्ति भएकोले कानूनी व्यक्त