निर्णय नं. ९२७८ - उत्प्रेषण/परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२७८ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: फागुन अंक: ११ फैसला मिति :२०७१/०५/१९ २८८५ सर्वोच्च अदालत, विशेष इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल आदेश मिति : २०७१।५।१९।५ रिट नं.०६९–WS–००४७ विषय : उत्प्रेषण/परमादेश । निवेदक : तनहुँ जिल्ला, व्यास न.पा.वडा नं.११ दमौली घर भई श्री सरस्वती प्राथमिक विद्यालय मनपाङ–८ हर्षपुर, तनहुँमा प्राथमिक तह तृतीय श्रेणी अस्थायी महिला शिक्षिका पदमा कार्यरत कमला वाग्ले भट्टराईसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, मन्त्रिपरिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारसमेत § शिक्षा ऐन, २०२८ को प्रस्तावनामा “राष्ट्रिय विकासको लागि चाहिने जनशक्ति तयार गर्न बहुदलीय प्रजातान्त्रिक व्यवस्थाअनुकूल सर्वसाधारण जनताको सदाचार, शिष्टाचार र नैतिकता कायम राख्न स्थापना हुने तथा स्थापना भई सञ्चालन भइरहेका विद्यालयहरूको व्यवस्थापनमा सुधार गर्दै गुणस्तरयुक्त शिक्षाको विकास गर्नु” शिक्षा ऐनको उद्देश्य रहेको उल्लेख भएको देखिँदा ऐनको उद्देश्य कार्यान्वयन गर्न दफा १९ बमोजिम बनेको शिक्षक सेवा आयोग नियमावली, २०५७ को उद्देश्य गुणस्तरीय शिक्षाको विकास गर्नु हो भन्नेमा दुईमत हुन नसकिने । § स्वीकृत स्थायी दरबन्दीमा अस्थायी नियुक्त हुने कुरा र परियोजना वा राहत कोटामा अस्थायी नियुक्त हुने कुरा एकै प्रकारको नभै फरकफरक किसिमको हुँदा नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३ (१) मा नेपाली नागरिकहरूलाई समानताको हक प्रदान गरिएअनुरूप समानताको हक समान किसिमका व्यक्तिका बीचमा भेदभाव गर्न नहुने अवधारणामा आधारित हुने हुँदा रिटमा उल्लेख भएबमोजिम शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ९(५) नं. मा रहेको प्रावधान समेतसँग बाझिएको देखिन नआउने । (प्रकरण नं. ६) निवेदकको तर्फबाट : विद्वान् अधिवक्ता प्रभुकृष्ण कोइराला विपक्षीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता टिकेन्द्र दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १२, १३, १८ र २१ § शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ९ को उपनियम (५) आदेश न्या.गिरीश चन्द्र लाल : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७(१)(२) बमोजिम यस अदालतसमक्ष दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्‌क्षिप्त तथ्य र ठहर यसप्रकार छ : हामी निवेदिकामध्येकी म कमला वाग्ले भट्टराईले मिति २०५२।१२।२७ मा सरस्वती प्रा.वि.को महिला शिक्षिका पदमा अस्थायी नियुक्ति पाई हालसम्म अनवरतरूपमा सेवा गरी आएको छु । मैले दशमहिने शिक्षक तालिम लिई स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेको योग्य शिक्षिका हुँ । त्यस्तै म अनिता वाग्ले पोख्रेलले मिति २०५६।८।१० मा श्री जैन जौकुमारी शाही प्रा.वि.मा महिला शिक्षिका पदमा अस्थायी नियुक्ति पाई हालसम्म अविछिन्नरूपमा सेवा गरी आएकी छु । मैले दशमहिने शिक्षक तालिम लिई स्थायी अध्यापन अनुमतिपत्र प्राप्त गरेकी छु । त्यस्तै म जुनमाया कुमाल शिवालय प्राथमिक विद्यालय, तनहुँमा मिति २०६३।५।१७ मा राहत कोटामा अस्थायी नियुक्ति पाएकोमा त्यस विद्यालयबाट सरूवा भई गएको छु । मैले पनि दशमहिने शिक्षक तालिम लिई स्थायी अध्यापन अनुमतिपत्र लिएको छु । हामी निवेदिकाहरू आफू कार्यरत पद प्रा.वि.तह तृतीय श्रेणीका लागि योग्य, दक्ष शिक्षिकाहरू हौं । शिक्षा ऐन, २०२८ को दफा ११ख मा शिक्षक नियुक्ति, बढुवाको सिफारिस गर्न एक