निर्णय नं. ९२७९ - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२७९ - अंश चलन भाग: ५६ साल: २०७१ महिना: फागुन अंक: ११ फैसला मिति :२०७१/०७/२० ६७८४ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री सुशीला कार्की फैसला मिति : २०७१।७।२०।५ ०६७-DF-००११ मुद्दा : अंश चलन । पुनरावेदक/वादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २२ पाको न्युरोड ब्लक नं. ख १-५२० घर भई हाल ऐ.ऐ. वडा नं. ४ चण्डोल डेरा गरी बस्ने विक्कीरत्न शाक्यसमेत विरूद्ध प्रत्यर्थी/प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २२ पाको न्युरोड ब्लक नं. ख १-५२० मा बस्ने कुलरत्न शाक्यसमेत § सगोलको अमुक सम्पत्ति अविभाजित रहँदासम्म सगोलका सबै अंशियारहरू र अंशियारका सम्पत्तिमा हक लाग्ने तिनका सन्तानहरूको समेत हक र हित रहने हुनाले अविभाजित सगोलको सम्पत्तिमाथि प्रथम पुस्ताका अंशियारहरूको मात्रै आफूखुसी गर्न पाउने सम्पत्तिको रूपमा लिन नमिल्ने । (प्रकरण नं. १०) § प्रथम वा अघिल्ला पुस्ताका अंशियारले आफ्नो अंश हक छुट्ट्याउने नाममा अंश नलिने गरी वा पाउने हिसाब शान्ति नलिई वा अति कम लिई निजको सम्पत्तिमा हक लाग्ने सन्तानहरूको हक मेटिने परिणाम सिर्जना गर्दछ र त्यसमा निजहरूको मञ्जुरी लिइएको छैन भने त्यसको भिन्न कानूनी परिणाम रहने । (प्रकरण नं. ११) § सगोलको सम्पत्तिमा प्रत्यक्ष वा परोक्षरूपमा कानूनी हक वा हित भएका सन्तानहरूको अंश अपुतालीको हकमा अघिल्लो पुस्ताको अंशियार भएको नाताले जसरी पनि प्रभाव पार्न पाइन्छ भन्ने कुरा कानून, न्याय र विवेकसङ्गत हुँदैन । त्यसैले अंशियारहरूबीच अंश लिनुदिनु गर्दा अंशियारले कानूनबमोजिम भागशान्ति लिए पाएको छ वा छैन र त्यसबाट तिनका आआफ्नो सन्तानमा असर पर्न गएको छ वा छैन भन्ने कुरा हेर्न जरूरी हुने । (प्रकरण नं. १२) § वादीका पति पिताले आफ्नो हकमा जे गर्न सके पनि निजको अंश भागमा सरोकार रहने र कानूनबमोजिम अंश प्राप्त गर्न सक्ने पत्नी वा सन्तानको हकमा अंश भागै कटौती हुने गरी अत्यन्तै न्यून भाग अंश लिए पनि पति पिताको सो कार्यले वादीहरूको हकमा बन्धनकारी परिणाम निकाल्न नसक्ने हुँदा बन्डापत्रमा वादीहरूको मञ्जुरी वा सहमतिमा भएको भन्ने नदेखिएको अवस्थामा आफूभन्दा तल्लो पुस्ताको अंश हकमा असर पार्ने उदेश्यले तयार पारिएको उक्त बन्डापत्रले अंशबन्डाको महलको १ र २ नं. बमोजिमको हैसियत प्राप्त गर्न सक्ने अवस्था नदेखिने । (प्रकरण नं. १४) पुनरावेदक/वादीको तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा र विद्वान्‌ अधिवक्ता सुषमा गौतम प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू विश्वकान्त मैनाली र बाबुराम कुँवर, विद्वान्‌ अधिवक्ताहरू श्यामप्रसाद पाण्डे र प्रमोदकुमार आचार्य अवलम्बित नजिर : § नेकाप २०२७, निर्णय नं. ४३८, पृ. ८४ सम्बद्ध कानून : § मुलुकी ऐन, अंशबन्डाको महलको १ र २ नं. सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री प्रभा बस्नेत पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री कृष्णप्रसाद बस्याल मा.न्या. श्री बुद्धिप्रसाद रेग्मी सर्वोच्च अदालतको संयुक्त इजलासमा फैसला गर्ने : मा.न्या. श्री ताहिर अली अन्सारी मा.न्या.श्री प्रकाश वस्ती फैसला न्या.कल्याण श्रेष्ठ : यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीशज्यूहरूबीच मिति २०६७।१०।५ मा मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९को नियम ३(१)(क) बमोजिम पूर्ण इजलासको दायरीम