निर्णय नं. ९२८० - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२८० - परमादेश भाग: ५६ साल: २०७१ महिना: फागुन अंक: ११ फैसला मिति :२०७१/०३/१९ ४२९४ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय आदेश मिति : २०७१।३।१९।५ ०६९-NF-०००१ विषय : परमादेश । निवेदक : रामेछाप जिल्ला, सालुपाटी गाउँ विकास समिति वडा नं. १ घर भई हाल प्युठान जिल्ला अदालतका जिल्ला न्यायाधीश पदमा कार्यरत राजेशकुमार काफ्ले विरूद्ध विपक्षी : न्याय परिषद् सचिवालय, सर्वोच्च अदालत एनेक्स भवन § न्याय परिषद्ले न्यायाधीश नियुक्ति हुनुपूर्व त्यस्तो व्यक्ति निजामती कर्मचारी रहेछ भने निजामती किताबखानाबाट विवरण (सिटरोल) मगाइ प्राप्त सोही विवरणको आधारमा आफ्नो विवरण अद्यावधिक गर्ने भएकाले पनि त्यसरी सच्चिइसकेको विवरणलाई मान्दिन साविककै विवरणलाई मान्दछु भनी भन्न नमिल्ने । § जुन कागजातमा भएको जन्ममितिबाट निज अवकाश हुन्छ सोही आधारमा उमेरको गणना गर्ने भन्ने व्यवस्था भएकोमा निवेदकको शैक्षिक योग्यता, नागरिकता र सिटरोल तीनवटै कागजातमा उल्लिखित उमेर सच्चिई एउटै कायम भैसकेको र निवेदक जिल्ला न्यायाधीश पदमा नियुक्ति हुनुपूर्व कायम भएको त्यस्तो पछिल्लो विवरण नै आधिकारिक मान्नुपर्ने अवस्थामा हुँदा आधिकारिक निकायहरूबाट कानूनबमोजिम प्राप्त विवरणलाई स्वीकार गरी अभिलेख अद्यावधिक गर्नुपर्ने । (प्रकरण नं. १०) § साधिकार निकायबाट कानूनबमोजिम जन्ममिति सच्याएको काम कारवाहीउपर कसैको दावी विरोध उजुरीसमेत नपरी निर्णय अन्तिम भएको अवस्थामा पछिल्लो कागज नै आधिकारिक हुने र सोही कागजले मान्यता पाउने विवरण अद्यावधिक गर्ने सम्बन्धमा वर्षौंसम्म निर्णय नगरी यत्तिकै राखिराख्न कानूनतः मिल्ने अवस्था नहुने । (प्रकरण नं. ११) निवेदकको तर्फबाट : विद्वान् अधिवक्ता प्रकाश राउत विपक्षीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता रेवती त्रिपाठी अवलम्बित नजिर : सम्बद्ध कानून : § संविधानको धारा १०९ को उपधारा १० § पुनरावेदन तथा जिल्ला अदालतका न्यायाधीशहरूको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य सर्तसम्बन्धी ऐन, २०४८ को दफा २ § उमेर, नाम र जात सच्याउने नियमहरू, २०१७ को नियम ३ र ७ सर्वोच्च अदालत संयुक्त इजलासमा फैसला गर्ने : मा.न्या.श्री अवधेशकुमार यादव मा.न्या.श्री भरतबहादुर कार्की आदेश न्या. कल्याण श्रेष्ठ : यस अदालतको मिति २०६८।५।१८ को फैसलाउपर निवेदकका तर्फबाट परेको निवेदनमा न्याय प्रशासन ऐन, २०४८ को दफा ११ को उपदफा (१) को खण्ड (ख) बमोजिम पुनरावलोकन गरी हेर्ने निस्सा प्रदान भई पेस भएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य र आदेश यसप्रकार छ : म निवेदक हाल प्युठान जिल्ला अदालतको जिल्ला न्यायाधीश पदमा सेवारत छु । मैले एसएलसी परीक्षा उत्तीर्ण गर्दा परीक्षा नियन्त्रण कार्यालयले दिएको उमेर खुलेको प्रमाणपत्रमा मेरो जन्ममिति २०१७।१।१ लेखिएको थियो । जबकि मेरो जन्ममिति २०१८।८।२८ हो । त्यसैले भूलसुधारको लागि म निवेदकले जिल्ला प्रशासन कार्यालय, रामेछापमा निवेदन दिएकोमा सो कार्यालयबाट उमेर, नाम र जात सच्याउने नियमहरू, २०१७ को नियम ३(१) बमोजिम मिति २०१७।१।१ को जन्ममितिलाई सच्याई मेरो जन्ममिति २०१८।८।२८ कायम गरिदिई शैक्षिक योग्यताको प्रमाणपत्रसमेत सच्याई दिनको लागि परीक्षा नियन्त्रण कार्यालय, काठमाडौंमा फैसलाको प्रतिलिपिसमेत संलग्न राखी पठाई दिने गरी मिति २०४७।६।७ मा फैसला भएको थियो । उक्त फैसलालाई आधार लिई निजामती किताबखानाले