निर्णय नं. ८७१३ - उत्प्रेषण परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७१३ - उत्प्रेषण परमादेश भाग: ५३ साल: २०६८ महिना: फागुन अंक: ११ फैसला मिति :२०६८/०८/२१ ३६१३ ने.का.प. २०६८, अङ्क ११ निर्णय नं. ८७१३ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६५ सालको रिट.नं.०६५–WO–०५९७ आदेश मितिः २०६८।८।२१।४ विषय – उत्प्रेषण परमादेश । निवेदकः दाङ जिल्ला, तुलसीपुर नगरपालिका वडा नं. ६ घर भई हाल ऐ. हापुर गा.वि.स. वडा नं. ५ निधुवार बस्ने यमनारायण धितालको नावालक छोरी बन्दना धितालको हकमा र आफ्नो हकमा समेत ऐ.ऐ. घर भई हाल ऐ.ऐ. बस्ने प्रभाकुमारी धिताल विरुद्ध विपक्षीः पुनरावेदन अदालत, तुलसीपुर, दाङ समेत § अदालतको अन्तिम रुपमा फैसलाबाट स्थापित भैसकेको तथ्यलाई फैसला कार्यान्वयनको क्रममा वाधा अड्चन उत्पन्न गराउने प्रयोजनार्थ जिल्ला अदालत नियमावली, २०५२ को नियम ७८ख बनेको देखिदैन । अंश मुद्दा दायर गर्दाका अवस्थामा कायम भएका अंशियारमध्ये कसैको मृत्यु भएमा वा तत्कालीन अंशियारमध्येबाट कुनैको जन्म भएमा मात्र यो नियमावलीअनुरूप अंशियार संख्या थपघटको निर्णय गर्न मिल्ने । § मानो छुट्टिएको, भिन्न बसेका व्यक्तिले पछि विवाह गरी ल्याएका श्रीमती र निजबाट जन्मेका छोरा छोरीलाई समेत अंशियार संख्यामा घटवढ गर्ने निर्णय गर्नुपर्ने भन्ने नियमको मनसाय रहेको नदेखिने । (प्रकरण नं.४) § साधारण क्षेत्राधिकारको अवलम्बन गर्ने सिलसिलामा भएका त्रुटिलाई सच्याउन कानूनबमोजिमको मार्ग नभएमा वा कानूनले अवरुद्ध गरेमा त्यसलाई असाधारण अधिकारको दुहाई माग्दै कोही यस अदालतमा शरण पर्दछ भने यस अदालतले शरणको मरण गर्दैन । त्यस्ता प्रत्यक्ष त्रुटिपूर्ण कार्य गर्नबाट रोक्न, भइसकेका कार्य बदर गरी हक अधिकारको सुनिश्चितताका लागि उपयुक्त आदेश जारी गर्ने । (प्रकरण नं.८) निवेदक तर्फबाटः विद्वान अधिवक्ताद्वय डा.रजितभक्त प्रधानाङ्ग र रमेशकुमार प्रधान विपक्षी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता ठोकप्रसाद शिवाकोटी एवं विद्वान अधिवक्ता अम्बिकाप्रसाद कोइराला अवलम्बित नजीरः नेकाप २०५७, अङ्क १, नि.नं. ६८४५, पृष्ठ ६० सम्बद्ध कानूनः § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) § दण्ड सजायको ४६ नं. § मुलुकी ऐन अंशबण्डाको महलको ८ नं. § जिल्ला अदालत नियमावली, २०५२ को नियम ७८ख आदेश न्या.कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७(२) बमोजिम दायर भै यस अदालतको क्षेत्राधिकार भएको प्रस्तुत मुद्दाको तथ्य एवं आदेश यस प्रकार रहेको छ :– निवेदिका प्रभाकुमारी धितालले विपक्षी पति यमनारायण धितालउपर दायर गरेको अंश मुद्दामा नाबालक छोरी समेतको ३ भागको २ भाग अंश पाउने गरी दाङ्ग जिल्ला अदालत, पुनरावेदन अदालत दाङ्ग र सर्वोच्च अदालत समेतबाट जिती फैसला कार्यान्वयनको लागि मुलुकी ऐन दण्ड सजायको ४६ नं. बमोजिम दाङ्ग, देउखुरी जिल्ला अदालतमा मिति २०६५।४।२९ मा दिएको निवेदनउपर बण्डा छुट्याउने कारवाही चल्दाको अवस्थामा विपक्षीमध्येकी रीना धितालले मिति २०६५।५।१६ मा दिएको निवेदनउपर सहमत हुन नसकी मिति २०६५।८।६ मा श्री दाङ्ग देउखुरी जिल्ला अदालतबाट आदेश भएउपर विपक्षी रीना धितालले दिएको निवेदन अनुसार श्री पुनरावेदन अदालत तुलसीपुर दाङ्गले मलाई असर पार्ने गरी गरिएको आदेशको नक्कल मिति २०६५।११।१ मा सारी थाहा पाएकोमा सो वेरीतको आदेश बदर गरिपाउन अन्य प्रभावकारी वैकल्पिक उपचारको अभाव रहेको हुँदा सम्मानीत अदालतसमक्ष नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२,१०७ (२) अन्तर