निर्णय नं. ९२८२ - उत्प्रेषण/परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२८२ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: फागुन अंक: ११ फैसला मिति :२०७१/०३/२२ ३५२० सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्र.न्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. आदेश मिति : २०७१।३।२२।१ ०६७–WO–०९७५ विषय : उत्प्रेषण/परमादेश । निवेदक : बारा जिल्ला, डुमरवाना गा.वि.स. वडा नं. ४ घर भई श्री सशस्त्र प्रहरीबल मुख्यालय रूद्रबाहिनी पथलैया, बाराको स.प्र.स.नि.को पदमा कार्यरत सुवास भट्टराईसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत § जुनसुकै उम्मेदवारको दरखास्त फाराम रद्द गर्दा उचित आधार र कारण हुनुपर्दछ । सशस्त्र प्रहरी सेवा आयोगका पदाधिकारीलाई मनमा लाग्दैमा कुनै उम्मेदवारको दरखास्त फाराम रद्द गर्न पाइँदैन । विपक्षीले निवेदकहरूको दरखास्त फाराम रद्द गर्ने उचित र पर्याप्त आधार कारण उल्लेख गर्न सकेको देखिँदैन । त्यसमा पनि प्रतियोगितात्मक परीक्षा सञ्चालन हुनुपूर्व नै दरखास्त फाराम रद्द हुनुपर्दछ । सशस्त्र प्रहरी निरीक्षकको प्रतिस्पर्धाको सबै परीक्षाहरूमा सफल भएपछि अन्तर्वार्ताको चरणमा आएर एकाएक दरखास्त फाराम रद्द गर्नु विवेकसम्मत कार्य हुन नसक्ने । (प्रकरण नं. ७) निवेदकको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, सतीशकृष्ण खरेल, विद्वान् अधिवक्ताहरू टीकाराम भट्टराई र त्रिलोकबहादुर चन्द विपक्षीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता मदनबहादुर धामी अवलम्बित नजिर : सम्बद्ध कानून : § नेपालको अन्तरिम संविधान, २०६३ को धारा १३, १८ § सशस्त्र प्रहरी नियमावली, २०६० को नियम ३५, ८४(क)(३) § सशस्त्र प्रहरी सेवाको पदमा नियुक्ति र बढुवा गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्तहरू, २०६४ को दफा ९(४) आदेश न्या.चोलेन्द्र शमशेर ज.ब.रा. : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम उत्प्रेषणयुक्त परमादेशलगायतको उपयुक्त आदेश जारी गरिपाउँ भनी यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छ : निवेदकहरू नेपाली नागरिक रहेका छौं । निवेदकहरूमध्ये सुवास भट्टराईले शिक्षा शास्त्रमा र सुरेन्द्रबहादुर भण्डारीले स्नातक उत्तीर्ण गरेका छौं । निवेदकहरू प्रत्यर्थी सशस्त्र प्रहरी बलकै स.प्र.स.नि. तथा स.प्र.ज. मा खुला प्रतियोगिताबाट छनौट भई कार्य गरी आइरहेको छौं । विपक्षी मानव स्रोत विकास विभागले मिति २०६७।२।५ मा सशस्त्र प्रहरी बलअन्तर्गतका विभिन्न पदहरू खुला प्रतियोगिताबाट पूर्ति गरिने भनी सूचना प्रकाशित भएको थियो । प्रकाशित सूचनामा उल्लेख भएका विभिन्न पदहरूमध्ये सूचनाको क्र.सं. १ को स.प्र.नि.को पदमा नियुक्त हुन आवश्यक पर्ने भनी उल्लेख भएका योग्यता आफूहरूमा रहेकाले फाराम भरी प्रतियोगितामा प्रत्याशी भएका थियौं । प्रारम्भिक स्वास्थ्य परीक्षण, शारीरिक सहिष्णुता परीक्षण, विस्तृत स्वास्थ्य परीक्षण, आई.क्यु. परीक्षा, गुणमापक परीक्षालगायतमा उत्तीर्ण भएपछि लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षामा सामेल भएका थियौं । यसरी सञ्चालित परीक्षामा उत्तीर्ण भएपछि सशस्त्र प्रहरी नियमावली, २०६० को नियम १७ बमोजिम गठित अन्तर्वार्ता समितिले लिएको अन्तर्वार्तामा संलग्न भएका थियौं । सूचनामा कूल १०० पदहरू पूर्ति गरिने भनी उल्लेख भई खुलातर्फ प्रारम्भमा ५५ पदहरू पूर्ति गरिने भनी उल्लेख भएकोमा पछि खुलातर्फ नै पदसङ्ख्या ३१ थप गरिएको कारणबाट खुलातर्फ ८६ पदहरू र