निर्णय नं. ९२८९ - उत्प्रेषण/परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२८९ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: फागुन अंक: ११ फैसला मिति :२०७१/०५/२४ २८७९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ आदेश मिति : २०७१।५।२४।३ ०६८ - WO -१०९५ विषय : उत्प्रेषण/परमादेश । निवेदक : जिल्ला ताप्लेजुङ, फुङ्लिङ् गा.वि.स. वडा नं. २ मेदिबुङ् बस्ने सोमनाथ गिरी विरूद्ब विपक्षी : नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारसमेत § नियुक्ति पाउने व्यक्तिले पाएको नियुक्ति गैरकानूनी भन्ने नदेखिएको अवस्थामा पद दर्ता गर्नेलगायतका प्रशासनिक जिम्मेवारी निर्वाह गर्नुपर्ने कार्यालय वा अधिकारीको त्रुटिमात्रले निवेदकले कानूनबमोजिम गरेको सेवाबापत प्राप्त गर्ने सुविधाहरूमा अन्यथा असर पर्न दिन नमिल्ने र एकजना निम्नस्तरको कर्मचारीको हक सुविधाप्रति सम्बन्धित कर्मचारीहरू र कार्यालयहरू सकारात्मक नभएकाले प्रक्रिया पुर्याई सहयोग गर्नुपर्नेमा जिम्मेवारीबाट उम्कन खोजेको समेत देखिएको छ । कानूनबमोजिम सेवा गरेपछि त्यसको प्रतिफल पाउने कानूनी हकमा त्यस्तो अकर्मण्यता र अयोग्यता देखिने व्यवहारहरूले परास्त गर्न नसक्ने । (प्रकरण नं. ४) § निवेदकको सम्बन्धमा को कसको लापरवाही र गल्तीले पद दर्तालगायतको कार्य गर्न गराउन नसकेको हो सोको जाँचबुझ गरी आवश्यक कारवाही गर्ने र निवेदकले गरेको सेवाबापत प्राप्त गर्ने निवृत्तभरण, कर्मचारी सञ्चयकोष, सञ्चित बिदाको सुविधाहरू दिन दिलाउन नेपाल सरकार मन्त्रिपरिषद्ले जो चाहिने निर्णय गर्नु गराउनु भनी विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतका नाममा परमादेशको आदेश जारी हुने । (प्रकरण नं. ५) निवेदकको तर्फबाट : विपक्षीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : § निजामती सेवा ऐन, २०४९ § शिक्षा नियमावली, २०५९ को नियम ११४ (ख) आदेश न्या. कल्याण श्रेष्ठ : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा १०७(२) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम् आदेश यसप्रकार छः रिट निवेदनको व्यहोरा: तत्कालीन श्री बालसुबोधनी संस्कृत प्रधान पाठशाला हाल नाम परिवर्तित श्री बालसुबोधनी संस्कृत मा.वि. मेदिबुङ्, ताप्लेजुङमा म निवेदकले मिति २०३०।१२।५ मा पियन पदमा अस्थायी नियुक्ति र मिति २०६३।६।३ मा स्थायी नियुक्ति पाएको थिएँ । उक्त नियुक्ति तत्कालीन निजामती सेवा ऐन, २०१३ र सोपश्चात निजामती सेवा ऐन, २०४९ बमोजिम भएको थियो । मिति २०५९।९।११ मा मेरो राजीनामा स्वीकृत भएपछि स्थायी सरकारी पियनको सुविधाअनुसार निवृत्तभरण दिन आवश्यक कारवाही गरिदिनु भनी मिति २०६२।३।१३ मा विपक्षी विद्यालयले विपक्षी जिल्ला शिक्षा कार्यालयलाई पत्र पठाएको थियो । जिल्ला शिक्षा कार्यालय, ताप्लेजुङले च.नं. १७७१ मिति २०६२।३।८ को पत्रमार्फत मेरो तलब र ग्रेड जम्मा हिसाब गरी पेन्सनपट्टा बनाई दिनुहुन भनी विपक्षी निजामती किताबखानालाई पत्र पठाएको पनि थियो तर हालसम्म मैले पेन्सनपट्टा पाएको छैन । म निवेदक स्थायी नियुक्ति पाई सेवा अवधिभर आफ्नो जिम्मेवारी बहन गरी आएको कर्मचारी भएको र सेवा अवधिमा स्थायी कर्मचारीले पाउने सुविधा प्राप्त गरी कर्मचारी सञ्चयकोष कट्टिसमेत भएको र सेवा एकिन गर्दासमेत निवेदकको दरबन्दी साधारणतर्फको भएको भनी पुष्टि भैसकेकोमा २०५९ सालदेखि हालसम्म निवेदकको पेन्सनपट्टा बनाई पेन्सन प्राप्त नभएको, निवृत्तभरण, कर्मचारी सञ्चयकोष,