निर्णय नं. ९२९० - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२९० - कर्तव्य ज्यान भाग: ५६ साल: २०७१ महिना: फागुन अंक: ११ फैसला मिति :२०७१/०७/१७ ३०७२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७१।७।१७।२ ०६७-CR-०४९४ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी : जिल्ला नवलपरासी, रामग्राम नगरपालिका वडा नं. १२ घर भै हाल कारागार कार्यालय, पाल्पामा थुनामा रहेका त्रिवेणी पासी विरूद्ध प्रत्यर्थी/वादी: हरिचन्द्र चौधरीको जाहेरीले नेपाल सरकार ०६७–CR–०५३६ पुनरावेदक/वादी : हरिचन्द्र चौधरीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला नवलपरासी, रामग्राम नगरपालिका वडा नं. १२ बस्ने त्रिवेणी पासी § मृतक नाथु चौधरीले वारदातबाट घाइते भएपश्चात दिएको निवेदनसमेतमा आफू र प्रतिवादीबीच कुटपीट गर्नुपर्ने पूर्व रिसइबी थियो भनी उल्लेख गर्न सकेको देखिँदैन । मृतक नाथु चौधरीको घरमा प्रतिवादी त्रिवेणी पासी मदिरा पिई आई श्रीमतीसँग रक्सी मागेको, रक्सी दिन इन्कार गर्दा श्रीमतीलाई गालीगलौज र कुटपीट गर्न थालेको, मृतकले प्रतिवादीलाई समात्न खोज्दा भागेको र मैले लखेट्न छोडेपछि केही समयपछि फर्की आई कुटपीट गरेको भन्नेसम्म उल्लेख गरेको देखिँदा यसबाट पूर्व रिसइबी रहेको र ज्यानै मार्नुपर्ने नियत भएको भन्ने कुरा नदेखिने । (प्रकरण नं. ७) § मृतकको शव परीक्षण प्रतिवेदन, घा जाँच फारामबाट धारिलो हतियार प्रहार भएको घाउको प्रकृति देखिँदैन । त्यस्तो धारिलो हतियार बरामद हुन सकेको अवस्था पनि छैन । जाहेरवालाले रडले हान्यो भनेकोमा सोसमेत बरामद भएको देखिँदैन । मृतक स्वयम्ले मौकामा दिएको निवेदनमा धारिलो हतियारले कुटपीट गरेको भनी उल्लेख गरेको देखिँदैन । त्यसरी टाउकोमा लागेको चोट रडको नभै अन्य कारणले समेत लाग्न सक्ने हुँदा प्रतिवादीले रड प्रहार गरी लागेको समेत भन्न नमिल्ने । (प्रकरण नं. ८) वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता बालकृष्ण वाग्ले प्रतिवादीको तर्फबाट : विद्वान् वैतनिक अधिवक्ता श्रुतीकुमारी रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : § मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) र १४ नं. § प्रमाण ऐन, २०३१ को दफा १०(१)(ख) सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री शेखरचन्द्र अर्याल पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री दुर्गाप्रसाद उप्रेती मा.न्या.श्री जगदीश शर्मा पौडेल फैसला न्या.गिरीश चन्द्र लाल : पुनरावेदन अदालत, बुटवलको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ : मिति २०६५/८/४ गतेका बेलुका अं. ७:०० बजेको समयमा हामी परिवारहरू खाना खान लागेको अवस्थामा विपक्षी त्रिवेणी पासी मादक पदार्थ रक्सी खाई आई मेरो कोठामा पस्न लागेको अवस्थामा श्रीमतीले किन भित्र पस्न लागेको हो भन्दा मलाई दारू देउ भन्न थालेकाले दारू दिन इन्कार गर्दा मेरी श्रीमतीलाई मुक्का प्रहार गर्ने, कपाल तान्ने, मलाईसमेत प्रतिवादीले कुटपीट गरी दिनुका साथै मेरी श्रीमतीको हातसमेत भाँची दिएको हुँदा आवश्यक कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको नाथु चौधरीको निवेदन । मिति २०६५/८/४ गतेका बेलुका मेरो आमा ज्ञानमती चौधरी र बुबा नाथु चौधरीसमेतलाई प्रतिवादी त्रिवेणी पासीले हात मुक्का फलामको रडसमेत प्रहार गरी घाइते बनाई दिएकोमा मेरो बुबा तथा आमा समेतलाई औषधि उपचारको क्रममा बुटवलमा लिई गएकोमा मेरो बुबा प्रतिवादीको कुटपीटको कारण टाउक