निर्णय नं. ९२९१ - उत्प्रेषण/परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२९१ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: फागुन अंक: ११ फैसला मिति :२०७१/०८/१२ ३२९१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय आदेश मिति : २०७१।८।१२।६ ०६८–WO–०८१७ विषयः– उत्प्रेषण/परमादेश । रिट/निवेदक : चितवन जिल्ला, शुक्रनगर गा.वि.स.वडा नं.३ बस्ने वर्ष ४० को गेरे थापा क्षेत्री विरूद्ध विपक्षी : गेरे थापा क्षेत्रीको श्रीमती, चितवन जिल्ला, शुक्रनगर गा.वि.स. वडा नं.३ को हाल ऐ.भ.न.पा.वडा नं.१० रामेश्वर टोल बस्ने शान्ता थापा क्षेत्रीसमेत § आफूले आफ्नो कुरा भन्ने मौका पाएको समयमा अदालतमा उपस्थित भई प्रतिवाद गर्नुपर्दथ्यो । अनुसन्धानको क्रममा आफू थुनामा पर्छु कि भनी गैर हाजिर भएको, अदालतबाट रिट निवेदकलाई कसुरदार ठहर फैसला भएपश्चात पनि रिट निवेदक आफैँ अदालतमा उपस्थित भई प्रतिवाद गरेको अवस्था छैन । अदालतबाट भएको फैसलालाई कार्यान्वयन गर्ने सिलसिलामा रिट निवेदक पक्राउ परेपछिमात्र रिट निवेदन दर्ता गराएको देखिँदा यस्तो अवस्थामा अदालतबाट भएको फैसला र आदेशलाई अन्यथा भन्नुपर्ने देखिन नआउने । (प्रकरण नं. ३) § अदालतको फैसला अनुसार फैसला कार्यान्वयनको सिलसिलामा रिट निवेदक पक्राउ परी अदालतले गरेको फैसलाको करिब २ वर्षपश्चात प्रस्तुत रिट निवेदन गरेको देखिँदा निवेदन मागबमोजिमको आदेश जारी हुने अवस्था नदेखिने । (प्रकरण नं. ४) रिट/निवेदकको तर्फबाट : विद्वान्‌ अधिवक्ता कृष्णप्रसाद डोटेल विपक्षीको तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता खगराज पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : § प्रमाण ऐन, २०३१ को दफा ३४ आदेश न्या.सुशीला कार्की : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७(२) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्रको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्‌क्षिप्त तथ्य एवम्‌ आदेश यसप्रकार रहेको छ । विपक्षीमध्ये शान्ता थापा म फिरादीको श्रीमती हुनुका साथै म निवेदकका नाउँमा दर्ता रहेको सम्पत्ति खान म विदेश बसेको व्यक्तिलाई साबित्री थापा नाम गरेकी अर्की श्रीमती ल्यायो भनी अर्का विपक्षी जिल्ला प्रहरी कार्यालय, चितवनमा झुट्ठा जाहेरी दिने व्यक्ति हुनुहुन्छ र अर्का विपक्षी जिल्ला प्रहरी कार्यालय झुट्ठा जाहेरी लिई अनुसन्धान नै नगरी म निवेदकउपर मुद्दा अघि बढाउने कार्यालय हो र अर्का विपक्षी चितवन जिल्ला अदालतले झुट्ठा अभियोगपत्र दर्ता भएकै भरमा अदालतबाट जारी भएको ३० दिने समाह्वान म्याद घरमा व्यक्ति फेला नपरी टाँस भएको भन्ने म्याद वडा १० नं. कार्यालयका सहायक कर्मचारीलाई सचिव बनाई सही गरेको म्याद देखीदेखी बहुविवाह जस्तो जघन्य फौजदारी अपराधमा सजाय गर्दा त्यस्तो बेरीतको म्याद बदर गरी अरू ठेगाना खोज्ने प्रयास नगरी १ वर्ष कैद र रू.१०,०००।–जरिवाना गर्ने अदालत हो । अर्को विपक्षी १० नं. वडा कार्यालय म निवेदकको स्थायी ठेगाना देखाएको एकिन हुँदाहुँदै सचिव नभएकोमा सचिव भनी झुट्ठा पद देखाई म्यादमा सही गरी प्रमाणित गरिदिने कार्यालय हो । म निवेदकले बहुविवाह नगरेकोमा दोस्रो विवाह गरेको भनी झुट्ठा जाहेरी दिने लिने मुद्दा चलाउने कार्य गरेको विपक्षी अदालतबाट बहुविवाह गर्‍यो भन्ने झुट्ठा जाहेरीमा घरै छोडेर हिंड्‍यो भनी लेखेको देख्दादेख्दै म्याद तामेल भएको स्थान घरमा म निवेदक नभएको पुष्टि हुँदाहुँदै विपक्षी जाहेरी दिने व्यक्ति बसिरहेको घरमा टाँस गरेको म्यादलाई अ.बं. ११० नं.को रीत पुगेको भनी एकतर्फी फैसला गरी दिएको, सो फैसलाको आड लिई