निर्णय नं. ९२९२ - मोही कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२९२ - मोही कायम भाग: ५६ साल: २०७१ महिना: फागुन अंक: ११ फैसला मिति :२०७१/०६/२७ ५२६६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री दीपकराज जोशी फैसला मिति : २०७१।६।२७।२ ०६६-CI-०७१२ मुद्दा : मोही कायम । पुनरावेदक/वादी : भक्तपुर जिल्ला, मध्यपुर थिमी न.पा. वडा नं. २ बस्ने दशराम साहुखल विरूद्ध प्रत्यर्थी/प्रतिवादी : ऐ. ऐ. बस्ने कृष्णमाया चक्रधरको मु.स. गर्ने ऐ. को छोरा निरज चक्रधरसमेत § सर्जमिनको आधारबाट मात्र मोहियानी हक प्राप्त गर्न नसक्ने भए पनि यसले यथार्थमा जग्गा जोत्ने को हो भनी देखाएको वास्तविकतालाई सहज नकार्न सकिँदैन । त्यसै गरी जोत छोडपत्रको घरसारको कागजबाट मात्र पनि मोहियानी हकको प्राप्ति हुन सक्तैन । मोहियानी हक लिनुदिनु गर्दैमा एकबाट अर्कोमा स्वतः मोहियानी हक नसर्ने भएबाट कानूनबमोजिम मोहियानी हक प्राप्त गर्ने वा छोड्ने प्रक्रिया कानूनले नै निर्धारित गरेको हुँदा सोही प्रक्रियाबाट मोहियानी हक छोड्ने वा प्राप्त गर्ने अवस्था हुने । § घरसारको कागजको आधारबाट मोहियानी हक छोड्ने प्रक्रियाबाट मोहियानी हक एउटाबाट सरी अर्कोमा नजाने भए पनि यस्तो व्यवहारबाट वास्तविक स्थितिको बोध गर्दैन भन्न नमिल्ने । (प्रकरण नं. ३) पुनरावेदक/वादीको तर्फबाट : विद्वान्‌ अधिवक्ताहरू केदार ढकाल, शंकर सुवेदी र नारायण झा प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू प्रेमबहादुर खड्का, बाबुराजा जोशी, वसन्तराम भण्डारी र विद्वान्‌ अधिवक्ता विवेकराज ढुंगेल अवलम्बित नजिर : सम्बद्ध कानून : § गुठी संस्थान ऐन, २०३३ को दफा २६(१), २७ § भूमिसम्बन्धी ऐन, २०२१ सुरू तहमा फैसला गर्ने : भूमिसुधार अधिकारी श्री हरिप्रसाद दुलाल पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री लक्ष्मणमणि रिसाल मा.न्या.श्री माधवप्रसाद चालिसे फैसला न्या. बैद्यनाथ उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) र (ख) बमोजिम वादीको तर्फबाट दोहोर्‍याई पाउँ भनी परेको निवेदनउपर निस्सा प्रदान भै पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्‌क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ : भक्तपुर जिल्ला, नीलवाराही गा.वि.स. वडा नं. ३ कि.नं.१६२ को क्षे.फ.१-१०-०, ऐ कि.नं. १५३ को क्षे.फ. १-२-२-० र ऐ कि.नं. १५५ को क्षे.फ. ०-१४-०-० जग्गा श्री भादगाउँ तलेजु गुठी ज.ध.कायम भै दर्तावाला मोही विष्णुकुमारी उपाध्यायनीलाई क्षतिपूर्तिसमेत तिरेको हुँदा गुठी संस्थान ऐन, २०३३ को दफा २६ बमोजिम खास जोताहा मोही म निवेदक भएको हुँदा मोही प्रमाणपत्र पाउँ भन्ने भक्तपुर जिल्ला, मध्यपुर थिमी न.पा. वडा नं.२ बस्ने वादी दशबहादुर साहुखलको माग दावी जिकिर र निजको मृत्युपश्चात निजका एकाघरका छोरा दशराम साहुखलले मुद्दा सकार गरेको । यसमा भक्तपुर जिल्ला, नीलवाराही गा.वि.स. वडा नं. ३ कि.नं.१६२ को क्षे.फ.१-१०-०, ऐ कि.नं. १५३ को क्षे.फ. १-२-२-० र ऐ कि.नं. १५५ को क्षे.फ. ०-१४-०-० जग्गा २०२१ सालमा नापी हुँदा श्यामलाल खेतमा नभएका बखत निजका ज्वाइँ दशबहादुर साहुखलले आफ्‍नै नाममा जोताहा लेखाई नापीसम्म गराएको भए तापनि साविकदेखि नै दर्तावाला मोहीसँग कुत कबुलियत गरी साविकको मोही शिवलालले र शिवलालको मृत्युपश्चात निजका छोरा श्यामलालले र निजको मृत्युपश्चात कि.नं.१५३ र १६२ कृष्णमाया चक्रधरले र कि.नं.१५५ सुरेन्द्र चक्रधरले जोत कमोत गरी आएको र सोही व्यहोरा गुठी तहसिल कार्यालयमा दर्तावाला मोही विष्णुकुमारी र निजका पति चन्द्रप्रसादले बय