निर्णय नं. ९२९३ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२९३ - कर्तव्य ज्यान भाग: ५६ साल: २०७१ महिना: फागुन अंक: ११ फैसला मिति :२०७१/०७/१७ ६७४५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७१ ।७ ।१७ ।२ ०६८-CR-११८९ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/वादी : अनिल रूम्बाको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : ललितपुर जिल्ला, देवीचौर गा.वि.स वडा नं. २ बस्ने चन्द्रमान तामाङ डिम्डोङ ०६९-CR-०२२१ पुनरावेदक/प्रतिवादी : ललितपुर जिल्ला, देवीचौर गा.वि.स वडा नं. २ बस्ने चन्द्रमान तामाङ डिम्डोङ विरूद्ध प्रत्यर्थी/वादी : अनिल रूम्बाको जाहेरीले नेपाल सरकार § कुटपिट गर्दा मानिस मर्न सक्छ भन्ने कुरा सामान्य समझ भएको जोसुकैले सहजै अनुमान गर्न सक्नेमा सो स्वाभाविक मानवीय सुझबुझ चेतनालाई ख्याल नगरी रिसको आवेगमा कुटपिट गरेकालाई १३(३) वा ५ नं को कसुरको संज्ञा दिन नमिल्ने । (प्रकरण नं. ३३) § श्रीमतीले मट्टीतेल खन्याएको प्रत्यक्ष देखेको विषम परिस्थितिमा आगो लाग्न नदिने उपाय अपनाउनुपर्नेमा सहजै आगो लाग्न सक्ने किसिमबाट मृतक नजिक गई लाइटर बालिएको छ । सामान्य समझ भएका प्रतिवादीलाई त्यसरी लाइटर बाल्दा मानिस मर्न सक्छ भन्ने अनभिज्ञता थियो भनी कल्पना गर्न नसकिने । (प्रकरण नं. ३४) § कुनै नियत नै नभएको कर्पोरेसनहरूबाट भएको जनक्षतिमा त ज्यान कसुर ठहर गर्न सकिने गरी corporate manslaughter ले समेत मान्यता पाएको विश्व समुदायको फौजदारी कानून र स्वयम् यस अदालतबाट क्रमबद्धरूपमा ज्यान मुद्दाहरूमा भएका व्याख्याहरू र संविधानको धारा १०० मा उल्लिखित न्यायका मान्य सिद्धान्तबाट समेत वारदातलाई भवितव्यको संज्ञा दिन नसकिने । (प्रकरण नं. ३५) § मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १४ नं भनेको आंशिक प्रतिरक्षाको जिकिर हो । यो प्रतिरक्षा प्रतिवादीले नउठाएसम्म अदालतले यसमा प्रवेश गर्न नमिल्ने हुँदा जिकिर प्रतिवादीबाट त्यसको प्रमाण सहित आउनुपर्ने । (प्रकरण नं. ३६) वादीको तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाल प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ता रामप्रसाद ढुंगेल अवलम्बित नजिर : § नेकाप २०४५ को पृष्ठ ११५६, § नेकाप २०६४ को पृष्ठ ४२६, § नेकाप २०६४ को पृष्ठ १३५१, § नेकाप २०६५ को पृष्ठ १२०८, § नेकाप २०६६ को पृष्ठ ९४०, § नेकाप २०६६ को पृष्ठ १७८८, पूर्ण इजलास, § नेकाप २०६७ को पृष्ठ २५४, § नेकाप २०६७ को पृष्ठ ६३०, § नेकाप २०६७ को पृष्ठ ११५९, § नेकाप २०६७ को पृष्ठ १८६३, § नेकाप २०६८ ।२०५, पूर्ण इजलास, § नेकाप २०६९ को पृष्ठ ८६५, § नेकाप २०७० को पृष्ठ ४७४ पूर्ण इजलास, § नेकाप २०७० को पृष्ठ ९३३ § नेकाप २०७० को पृष्ठ ८१५, सम्बद्ध कानून : § मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३, १४ नं सुरू तहमा फैसला गर्ने : मा.जि.न्या.श्री कृष्णप्रसाद बास्तोला पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री प्रकाशराम मिश्र मा.न्या.श्री सुष्मलता माथेमा फैसला न्या.गोविन्दकुमार उपाध्याय: न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, पाटनको मिति २०६८।७।२२ को फैसलाउपर वादी प्रतिवादी दुबैतर्फबाट पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ : म जाहेरवालाको भिनाजु चन्द्रमान तामाङ डिम्डोङ संधै जाँड रक्सी खाने दिदी सञ्चयमाया डिम्डोङलाई कुटपीट गर्ने गर्दथे । पटकपटक सम्झाई बुझाई गर्दासमेत अटेर गरी आएका थिए । मि