निर्णय नं. ९२९५ - उत्प्रेषण/परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२९५ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: फागुन अंक: ११ फैसला मिति :२०७१/०७/११ २८४४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७१।७।११।३ ०७१-WO-०११४ मुद्दा : उत्प्रेषण/परमादेश । निवेदक/वादी : स्व.दिलिपकुमार अग्रवालको छोरा वर्ष १४ को केशव अग्रवालको हकमा संरक्षक भै आफ्नो हकमा समेत ऐ.ऐ. की श्रीमती ऐ.ऐ. बस्ने वर्ष ४० की सुनिता अग्रवाल विरूद्ध विपक्षी/प्रत्यर्थी : काठमाडौं जिल्ला अदालत, बबरमहलसमेत § कार्यविधिगत व्यवस्थाले तल्लो तहबाट भएको आदेशका सन्दर्भमा सारवान्‌ विषयवस्तुलाई तलमाथि हुने गरी आदेश जारी गर्नु मिल्दैन । अंश मुद्दाको सन्दर्भमा मानो छुट्टिएको मिति निर्धारण गर्ने विषय कार्यविधिगत विषय नभई सारवान्‌ विषय हो भन्ने प्रष्टरूपमा देखिन आउने । § मानो छुट्टिएको मितिको निर्धारणबाट अंशियारहरूबीचमा कतिपय सम्पत्तिमा अंश लाग्ने र कतिपय सम्पत्तिमा अंशबन्डा नलाग्ने हुनसक्दछ । यस्तो सारवान्‌ प्रकृतिको विषयमा माथिल्लो तहको अदालतले आदेश गर्दा कानूनको स्पष्ट उल्लङ्घन भएको अवस्थामा मात्र आदेश दिन सक्ने हो । अ.बं. १७ नं. को व्यवस्थाले कार्यविधिगत त्रुटि भएको अवस्थामा उक्त त्रुटि सच्याउन आदेश दिन सक्ने । § न्यायिक मन प्रयोग गरिएको सारवान्‌ प्रकृतिको आदेशमा पुनरावेदनको रोहबाट माथिल्लो तहको अदालतबाट Correction हुन सक्ने नै भएबाट केवल कार्यविधिगत त्रुटि सच्याउने प्रयोजनका लागि व्यवस्था भएको मुलुकी ऐन, अ.बं. १७ नं. को व्यवस्थालाई सोहीरूपमा लिनु र बुझ्नुपर्ने । (प्रकरण नं. ३) निवेदक/वादीको तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ताहरू नारायण वल्लभ पन्त, सुशील पन्त तथा रामनाथ मैनाली विपक्षी/प्रत्यर्थीको तर्फबाट : विद्वान्‌ वरिष्ठ अधिवक्ता हरिकृष्ण कार्की तथा अधिवक्ता नरेन्द्रप्रकाश खनाल अवलम्बित नजिर : § नेकाप २०७०, भाग ५५, अङ्क ९, नि.नं. ९०५३ सम्बद्ध कानून : § मुलुकी ऐन, अ.बं. १७ नं. फैसला न्या.गोपाल पराजुली : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ तथा धारा १०७ (२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम्‌ ठहर यसप्रकार छ : हामी निवेदक वादीहरूले विपक्षी प्रतिवादीहरू विरूद्ध मिति २०७१।११।१९ गते दायर गरेको दे.नं. २२१६ को अंश चलन मुद्दा हाल काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ । सो मुद्दामा काठमाडौं जिल्ला अदालतबाट मिति २०७१।२।२२ मा आदेश हुँदा नातामा विवाद नदेखिएको कानूनबमोजिम मानो छुट्टीएको र बन्डापत्र भइसकेको भन्ने कुनै प्रमाण पेस हुन नसकेको अवस्थामा फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी सो दिनसम्मको बन्डा गर्नुपर्ने सम्पत्तिको तायदाती फाँटवारी वादी प्रतिवादीबाट माग्ने” भनी आदेश भएको थियो । सो आदेश विरूद्ध विपक्षीहरूले अ.बं. १७ नं. बमोजिम मिति २०७१।३।५ गते पुनरावेदन अदालत, पाटनमा निवेदन गर्नुभएको थियो । पुनरावेदन अदालत, पाटनबाट प्रतिवादीहरूबाट मानो छुट्टिएको विषयमा प्रतिउत्तरपत्र साथै कागजात प्रमाण पेस भइरहेकोमा सो प्रमाणको मूल्याङ्कन नगरी फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गर्ने गरी भएको त्यस अदालतको मिति २०७१।२।२२ को आदेश बेरीतको देखिँदा बदर गरिदिएको छ । अब प्रमाणको मूल्याङ्कनबाट देखिए ठहरिएबमोजिम मानो छुट्टिएको मिति सम्बन्धमा पुनः आदेश गर्नु भनी मिति २०७१।४।२३ मा भएको आदेश गैरकानूनी र अन्यायपूर्ण