निर्णय नं. ९२९६ - मोही लगत कट्टा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९२९६ - मोही लगत कट्टा भाग: ५६ साल: २०७१ महिना: फागुन अंक: ११ फैसला मिति :२०७१/०५/२७ ३४५७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।५।२७।६ ०६८-CI-१३१७ मुद्दा : मोही लगत कट्टा । पुनरावेदक/वादी : जिल्ला सुनसरी, हाँसपोसा गा.वि.स. वडा नं. २ बस्ने दुर्गा तामाङ विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला सुनसरी, हाँसपोसा गा.वि.स. वडा नं. ३ बस्ने बाबुलाल चौधरीको छोरा पुसनलाल चौधरी § मूल कित्ताबाट कित्ताफोड भई आएका कित्ताहरूमध्ये कुनै एक कित्तामा मोहीले मोहियानी हक छोडपत्र गर्दछ भने सो बाहेक बाँकी रहेका अन्य कित्ताहरूको मोहियानी हकसमेत समाप्त हुन्छ भन्न नमिल्ने । (प्रकरण नं. २) § २०४२ सालमा मोहियानी हक छोडपत्र भई लगत कट्टा भएको कि.नं. ५८७ को जग्गा कि.नं. ५०९ बाट कित्ताकाट भई आएको र हाल विवादित वादीको कि.नं. २५८४ को जग्गा कि.नं. ५०८ बाट कित्ताकाट भई आएको फरकफरक समान सहकित्ता भएको भन्ने देखिएको र मूल कित्ता फोड भई अलग भएको एक कित्तामा मात्र मोहियानी हक छोडपत्र भएको देखिएको हुँदा सो अन्तर्गत वादीको जग्गासमेत पर्छ भन्न मिल्ने देखिँदैन । (प्रकरण नं.३) § दावीको कि.नं. २५८४ को मूल कित्ता, कि.नं. ६२ मा प्रतिवादी पुसनलाल चौधरीका बाबु बाबुलाल चौधरीको मोहियानी हक कायम भइसकेको अवस्था देखिएको छ । कायम भएको मोहियानी हक मूल कित्ता फोड भए सँगसँगै कायम भएका नयाँ कित्ता नम्बरका जग्गाहरूमा समेत कायमै रहने अवस्था हुन्छ । मूल कित्ताबाट फोड भई आएको अर्को कित्तामा मोहीको लगत कट्टा हुँदैमा सबै कित्ताको जग्गाहरूबाट मोही हक समाप्त भै मोही लगत कट्टा हुने अवस्था नरहने । (प्रकरण नं. ४) पुनरावेदक/वादीको तर्फबाट : प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : § भूमिसम्बन्धी ऐन, २०२१को दफा २६ १(ग) सुरू तहमा फैसला गर्ने : भूमिसुधार अधिकारी श्री राजेन्द्रप्रसाद पराजुली पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री डम्बरबहादुर शाही मा.न्या. श्री शिवनारायण यादव फैसला न्या.गोपाल पराजुली : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम पुनरावेदन अदालत, विराटनगरको मिति २०६८।३।१५ को फैसलाउपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्‌क्षिप्त तथ्य र ठहर यसप्रकार रहेको छ : जिल्ला सुनसरी, हाँसपोसा गाउँ विकास समिति वडा नं. २(क) को साविक भानुप्रसाद उपाध्याय नाम दर्ताको साविक कि.नं.६२ को ज.वि. १-०-० मध्ये कित्ताकाट भै ज.वि. ०-२-० जग्गा ललीमाया दाहालले लिएको, सोही ससिम कित्ता ललिमाया दाहालबाट मिति २०४७।२।२० मा मनिता राईले लिएको र मिति २०६२।१।१८ मा मैले मनिता राई नाम दर्ताको ०-२-०मध्ये ०-०-१३ जग्गा कित्ताकाट गरी कि.नं. २५८४ कामय भै मेरा नाममा दर्ता भएकोमा हालसम्म मेरो जग्गाधनी दर्ता प्रमाणपुर्जा मोही महलमा बाबुलाल चौधरीको नाम कायम रहेको र साविक कि.नं. ६२ बाट कित्ताकाट भै हाल कायम भएका अन्य कित्ताहरूमा मोही बाबुलाल चौधरीले छोरा पुसनलाल चौधरीलाई निवेदनको रोहबरमा राखी कमाउन सक्दिन भनी सनाखत गरी दिएकाले मिति २०४२।१२।२७ मा मोही लगत कट्टा भै सकेकाले मेरो जग्गाधनी दर्ता प्रमाण पुर्जामा लेखिएको मोही नाम भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को१(ग) बमोजिम कट्टा गरिपाउँ भन्नेसमेत व्यहोराको निवेदनपत्र । विपक्षी वादीको सम्पूर्ण दावी झुट्ठा हो । उक्त जग्गाको मोही बाबुलाल चौधरी मेरा पिता हुन् । निजको मिति २०४८।१०।२४ मा मृत्यु भएको र