निर्णय नं. ९२९७ - निषेधाज्ञा/परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२९७ - निषेधाज्ञा/परमादेश भाग: ५६ साल: २०७१ महिना: फागुन अंक: ११ फैसला मिति :२०७१/०२/२२ ४४८६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७१।२।२२।५ २०६८-CI-०२८७ मुद्दा : निषेधाज्ञा/परमादेश । पुनरावेदक/निवेदक : ललितपुर जिल्ला, ल.पु. उपमहानगरपालिका वडा नं. २ सानेपा स्थित पद्मा सिने कम्प्लेक्स प्रा.लि. समेतको तर्फबाट अधिकारप्राप्त कार्यकारी अध्यक्ष वमप्रसाद मास्के विरूद्ध प्रत्यर्थी/विपक्षी : नेपाल बङ्गलादेश बैङ्क लिमिटेड केन्द्रीय कार्यालय बिजुलीबजार, काठमाडौंसमेत § बैङ्कले निर्धारीत कानूनी प्रक्रिया (Due Process of Law) बमोजिम आफ्नो लेना रकम असुलउपर गरिसकेको अवस्थामा सुरक्षणबापत रहेको सम्पत्ति बैङ्ककै नाममा रही अन्य तेस्रो व्यक्तिको नाममा गई नसकेको भन्ने आधारमा मात्र रिट निवेदन मागबमोजिम बैङ्कले निखनाई दिनुपर्ने गरी रिट जारी गर्न मिल्ने अवस्था नदेखिने । (प्रकरण नं. ५) पुनरावेदक/निवेदकको तर्फबाट : प्रत्यर्थी/विपक्षीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : § मुलुकी ऐन, लेनदेन व्यहोराको महलको १४ नं. § करार ऐन, २०५६ को दफा ३७(३) सुरू पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री देवेन्द्र गोपाल श्रेष्ठ मा.न्या.श्री डा.आनन्द मोहन भट्टराई फैसला न्या. दीपकराज जोशी : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ : पद्मा सिने कम्प्लेक्स प्रा.लि. ले कमला मास्केका नाममा रहेको ल.पु.जि., ल.पु.उ.न.पा. वडा नं. २(ख) कि.नं. ३७५,३७७, २५ र २८८ को क्षे.फ. क्रमशः ०-८-१-०, ०-११-२-०, ०-२-१-० र ०-२-२ जग्गामा पद्मा हल, सारङ्गी हल र अन्य कमर्सियल कम्प्लेक्ससमेत बनाउन विपक्षी बैङ्कसँग जम्मा रू.१,४०,००,०००।- कर्जा लिएबापत कमला मास्के र मेरो नाममा रहेको मोरङ् जिल्ला, विराटनगर उप म.न.पा. वडा नं. ९ कि.नं. १२ र ७५ क्षे.फ. ०-०-३-१ को घर जग्गासमेत धितोबापत दृष्टिबन्धक मिति २०५६।११।१० गते विपक्षी बैङ्कलाई पारित गरिदिएको थियौं । धितोमा रहेको करिब ९।१० करोड पर्ने सानेपाको घर जग्गा र त्यसमा जडान भएको उपकरणसमेत के कति रकममा बिक्री गर्न लागेको हो भन्ने कुरा उल्लेख नै नगरी मिति २०६३।३।१३ को प्रकाशित सूचनाबाट मेरो नागरिक अधिकार कुण्ठित भई मेरो पेसा, रोजगार, उद्योग गर्ने हक कुण्ठित हुने आशङ्का रहेकाले विपक्षी बैङ्कले घर जग्गा (सम्पत्ति) बिक्री गर्ने कार्य नगर्नु नगराउनु भनी विपक्षीका नाममा निषेधाज्ञा जारी गरी निवेदक कम्पनीले बारम्बार बुझाउनुपर्ने हिसाब माग गर्दा र कर्जा चुक्ता गरी घर जग्गा निखन्ने इच्छा व्यक्त गरी निवेदन गर्दागर्दै कुनै प्रतिक्रिया नदिएको हुँदा बैङ्कको लेना रकम लिई धितोको सम्पत्ति फुकुवा गरी दिनु भनी विपक्षीहरूका नाममा परमादेशको समेत आदेश जारी गरिपाउँ भन्ने रिट निवेदन । यसमा के कसो भएको हो, निवेदकको मागबमोजिम आदेश जारी हुन नपर्ने कुनै आधार कारण भए सबुद प्रमाणसहित म्याद सूचना पाएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेस गर्नु भनी विपक्षीहरूका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि निमयानुसार पेस गर्नु । निवेदकले अन्तरिम आदेशको माग गरे सम्बन्धमा छलफल प्रयोजनका लागि मिति २०६७।४।१३ गतेको पेसी तोकी विपक्षीहरूलाई छलफलमा उपस्थित हुन भनी सूचना पठाई नियमानुसार गरी पेस गर्नु भन्ने यस अदालतको मित