निर्णय नं. ९२९८ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९२९८ - परमादेश भाग: ५६ साल: २०७१ महिना: फागुन अंक: ११ फैसला मिति :२०७१/०८/१५ ३५१५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ फैसला मिति : २०७१।८।१५।२ ०६८-CI-०३१९ मुद्दा : परमादेश । पुनरावेदक/विपक्षी : जिल्ला पर्सा, गा.वि.स.बगही वडा नं. २ स्थित महानन्दप्रसाद उपाध्याय उच्च माध्यमिक विद्यालयसमेत विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला पर्सा, गा.वि.स. बगही वडा नं. २ स्थित महानन्दप्रसाद उपाध्याय उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षक अरविन्दकुमार लाल § एक पटक निवेदकलाई प्रदान गरेको अङ्क नमिलेको भन्नलाई कानूनले अधिकार क्षेत्र दिएको हुनुपर्ने र बदर गर्ने कार्य पनि कानूनबमोजिम नै हुनुपर्ने हुन्छ । सो नगरी जसलाई जहाँ जहिले जे गर्न मन लाग्यो सो गर्दै जाने हो भने सबै कुरा अनिश्चित हुन जान्छ जसको परिणाम भयावह हुन्छ । व्यक्तिगत सोचाई र रोजाईमा आधारित न्याय होइन पद्धति र प्रक्रियामा आधारित न्याय वाञ्छनीय हुने । (प्रकरण नं. ३) पुनरावेदक/वादीको तर्फबाट : प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : § शिक्षा नियमावली, २०५९ को छैठौं संशोधनको नियम ९३ सुरू पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री बमकुमार श्रेष्ठ मा.न्या.श्री मोहनरमण भट्टराई फैसला न्या.गोविन्दकुमार उपाध्याय: पुनरावेदन अदालत, हेटौंडाको मिति २०६८।३।२२ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार विपक्षीको तर्फबाट पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ : म निवेदक नेपालको एक नागरिक भै पर्सा जिल्लाको ठोरी स्थित सरस्वती माध्यमिक विद्यालय गौतमनगर, ठोरीमा मिति २०५१।१०।१ मा अस्थायी शिक्षकको रूपमा नियुक्ति पाई सो विद्यालयमा अध्यापनको कार्य गरी आएकोमा २०५३ सालमा महानन्दप्रसाद उपाध्याय माध्यमिक विद्यालयमा सरूवा भई आएको थिएँ । अस्थायी शिक्षकको रूपमा कार्य गरी आएकोमा मिति २०६३।७।९ मा स्थायी शिक्षक भई अनवरतरूपमा हालसम्म सोही विद्यालयमा कार्यरत छु । उक्त विद्यालयका तत्कालीन प्रधानाध्यापक सेवा निवृत्त हुनुभएकोमा विद्यालयको प्रधानाध्यापक पदको नियुक्ति गर्ने विषयमा विद्यालय व्यवस्थापन समितिको मिति २०६६।३।१६ मा बसेको बैठकले म निवेदक अरविन्दकुमार लालको जम्मा अङ्क ८१ र सोही विद्यालयका अर्का शिक्षक सतीशचन्द्र झाको जम्मा ७२ अङ्क प्राप्त भएको छ । बढी अङ्क प्राप्त गर्ने म निवेदक स्नातकोत्तर भएको र आगामी वर्षदेखि विद्यालय १०+२ सञ्चालन गर्ने प्रक्रियामा रहेकाले म निवेदकलाई विद्यालयको प्रधानाध्यापक पदमा नियुक्तिका लागि जिल्ला शिक्षा कार्यालयमा सिफारिसपत्र लेखी पठाउने भनी निर्णय भएको छ । सो निर्णयबमोजिम प्रधानाध्यापक पदमा म निवेदकलाई नियुक्ति दिन विद्यालय व्यवस्थापन समितिले जिल्ला शिक्षा कार्यालय, पर्सामा पत्राचार गरेको थियो । तत्पश्चात पुनः मिति २०६६।५।४ मा बसेको व्यवस्थापन समितिको बैठकले मिति २०६६।३।१६ को निर्णयलाई बदर गरी म अरविन्दकुमार लाललाई नि.प्र.अ. मा नियुक्त गर्न जिल्ला शिक्षा कार्यालय, पर्सालाई सिफारिससमेत गरेको थियो । विद्यालयको च.नं. १३१ मिति २०६६।५।१७ को पत्रानुसार जिल्ला शिक्षा कार्यालयले प्रधानाध्यापक पदमा सतीशचन्द्र झालाई तोकी पठाइसकेकाले आवश्यक निर्देशन पाउँ भनी क्षेत्रीय शिक्षा निर्देशनालय मध्यमाञ्चल सानोठिमी, भक्तपुरलाई लेखी पठाएको थियो । क्षेत्रीय शिक्षा निर्देश