निर्णय नं. ८७१४ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८७१४ - उत्प्रेषण भाग: ५३ साल: २०६८ महिना: फागुन अंक: ११ फैसला मिति :२०६८/०३/२० ३०९८ ने.का.प. २०६८, अङ्क ११ निर्णय नं. ८७१४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६३ सालको रिट नं. ३६१५ आदेश मितिः २०६८।३।२०।२ विषय : उत्प्रेषण । निवेदकः काठमाडौं जिल्ला सीतापाइला गा.वि.स. वडा नं. ८ बस्ने सुन्दरलाल श्रेष्ठ विरुद्ध विपक्षीः अख्तियार दुरुपयोग अनुसन्धान आयोग समेत § अदालतमा विचाराधीन रहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हस्तक्षेप गरी अदालतलाई नै प्रभावमा पार्ने गरी हक वेहक कायम गर्ने जस्तो गरी अन्यथा निर्णय गर्न वा गुठी संस्थानको निर्णयमा आयोगले अनुचित हस्तक्षेप गरी गुठीले गर्ने निर्णय आफूले गर्न नमिल्ने । § आफूलाई अधिकार नै नभएको विषयमा हस्तक्षेप गरी अदालतमा चलिरहेको विचाराधीन मुद्दाको विषयमा प्रभाव पार्ने गरी विभागीय सजाय गर्न आवश्यक कारवाही गर्न र दुष्परिणाम सच्याउन अख्तियारवाला तथा सम्बन्धित निकाय वा अधिकारीलाई लेखी पठाउनेसम्मको कार्य गर्नसक्नेमा त्यस्ता अन्य निकायको सञ्चालन तथा अधिकारक्षेत्रमा नै हस्तक्षेप हुने गरी आफैले निर्णय गरी कार्यान्वयन गर्नसम्म पठाएको निर्णय न्यायसम्मत नदेखिने । § सबूद प्रमाणको आधारमा निर्णय गर्ने अधिकारीले गरेको निर्णयमा अख्तियारको दुरुपयोग गरेको कुरा स्थापित भएमा बाहेक निर्णयको औचित्यमा नै प्रवेश गरी आफ्नो त्यस्तो निर्णयलाई प्रतिस्थापन गर्नु न्यायिक अधिकारमा नै हस्तक्षेप हुन जाने । (प्रकरण नं.४) निवेदक तर्फबाटः विद्वान अधिवक्ता भोजेन्द्रबहादुर खत्री विपक्षी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता योगराज बराल र विद्वान अधिवक्ता रामप्रसाद गौडेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § गुठी संस्थान ऐन, २०३३ को दफा ३५(२) § अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२क र १२ख आदेश न्या.कल्याण श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा र आदेश यस प्रकार छ :— का.जि. सीतापाइला गा.वि.स. वडा नं. ९(ग) कि.नं. २९९ को क्षेत्रफल ५–१४–०–० जग्गा नापी भन्दा अगाडिबाट नै हामी निवेदकहरूका बाजे हिरालाल श्रेष्ठले घर बनाई बसोबास गरी आएकोमा नापीका बखत २०२१ सालमा नापजाँच हुँदा मोही महलमा हामीहरूका बाजे हिरालाल श्रेष्ठ तथा किसानको व्यहोरामा चन्द्रमान महर्जन कायम भै नापजाँच भएको थियो । सो जग्गा स्वयम्भू भगवान समेतलाई फूल चढाउने गुठीको संवत् २००५ सालको साविक लगत २५९ नं. ५।।।– बाट भिड्ने भै साविकदेखि नै जोतभोग चलन गरी आएकोमा बाजे हिरालाल श्रेष्ठको २०२८ सालमा परलोकपश्चात् पिता गोपीलाल श्रेष्ठले जोत कमोद गर्दै आउनु भएकोमा निजको पनि मिति २०५८।२।४ मा परलोकपश्चात् हाल उक्त जग्गा तथा घर हामी निवेदकहरूले नै जोतभोग चलन गर्दै आएका छौं । साविक गुठीको लगत, फिल्डबुक व्यहोरा, २०२८ सालमा अंशियारहरू बीचमा अंश मुद्दामा भएको मुद्दाको मिलापत्र, चन्द्रमान महर्जनले वाली बुझि लिई गरिदिएका साल सालैका भरपाई कागजहरू एवं निरन्तर रुपमा जग्गा जोतभोग चलन आवाद समेत गरेका वस्तुगत आधार प्रमाणबाट उक्त जग्गा निवेदकहरूको हकभोगको हो भन्ने निर्विवाद छ । गुठी संस्थान कार्यालय प्रशासकको मिति २०५५।१।२ को निर्णय, आदेश एवं गुठी संस्थान सञ्चालक समितिको मिति २०५६।४।१४ को निर्णय समेतबाट गुठी संस्थान ऐन, २०३३ बमोजिम हामीहरूकै नाममा सो जग्गाको मोही नाम