निर्णय नं. ९३०४ - सवारी ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३०४ - सवारी ज्यान भाग: ५६ साल: २०७१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७१/०१/२२ ९६७२ सर्वोच्च अदालत, संयुक्त इजलास सम्मानीय प्रधानन्यायाधीश श्री दामोदरप्रसाद शर्मा माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ फैसला मिति : २०७१।१।२२।२ ०६६-CR-००१३ मुद्दा : सवारी ज्यान । पुनरावेदक/वादी : सन्तमान महर्जनको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : ललितपुर जिल्ला, ललितपुर उ.म.न.पा.वडा नं.२२ बस्ने विजेन्द्र पोडे § सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि सम्बन्धित निकायबाट लिइने लिखित एवम् प्रयोगात्मक परीक्षाका विभिन्न प्रक्रियाहरू पूरा गरेपश्चात त्यस्ता परीक्षामा उत्तीर्ण भएका व्यक्तिहरूलाई मात्र सम्बन्धित आधिकारिक निकायबाट सवारी चालक अनुमतिपत्र प्रदान गरिने व्यवस्था पनि सवारी तथा यातायातसम्बन्धी कानूनमा उल्लेख भएको पाइन्छ । सवारी साधन चलाउने व्यक्तिमा अनिवार्यरूपमा हुनुपर्ने सोसम्बन्धी क्षमता र योग्यताको सुनिश्चितता गरी सवारी दुर्घटनाबाट हुन सक्ने जीउ धनमाथिको सम्भावित जोखिम हटाउनका लागि नै विधायिकाले उल्लिखित कानूनी व्यवस्था गरेको हो भन्ने कुरामा विवाद हुन नसक्ने । § सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिले सार्वजनिक सडकमा सवारी चलाउने कार्य गर्नु भनेको आफैँमा लापरवाहीपूर्ण कार्य हो । साथै, त्यसरी सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिले चलाएको सवारी साधनबाट ठक्कर लागी वा किची मानिसको ज्यान गएमा सो कार्य स्वतः लापरवाहीपूर्वक गरिएको कार्यको परिणामस्वरूप भएको भन्ने मान्नुपर्ने । (प्रकरण नं. ५) पुनरावेदक/वादीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता भरतलाल शर्मा प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : अवलम्बित नजिर : § नेकाप २०७०, फागुन, नि.नं.९०७३, पृ.१३२७ § सर्वोच्च अदालत बुलेटिन २०६५, पूर्णाङ्क ३८६, पृष्ठ २४ सम्बद्ध कानून : § सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ४५ र १६१(२), (३), (४) सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री कुमारप्रसाद पोखरेल पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री बुद्धिप्रसाद रेग्मी मा.न्या.श्री जनार्दनबहादुर खड्का फैसला प्र.न्या. दामोदरप्रसाद शर्मा : पुनरावेदन अदालत, पाटनको मिति २०६५।१०।१० को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ बमोजिम मुद्दा दोहोर्याई हेरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा निवेदन परी यस अदालतबाट मिति २०६६।३।२८ मा दोहोर्याउने निस्सा प्रदान भई पुनरावेदनको रूपमा पेस भएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छ : मिति २०६३।१।२२ गते साँझ ५.४५ बजेको समयमा ल.पु.उ.म.न.पा. सुन्धारा, भोलढोकामा विजेन्द्र पोडेले हाँकेको बा. ५ प ७२७१ नं. को मोटरसाइकलले ल.पु.उ.म.न.पा.वडा नं.६ बस्ने वर्ष ८३ को बेखालक्ष्मी महर्जनलाई ठक्कर दिँदा घाइते भई वि.एन्ड वि. अस्पतालमा उपचार भइरहेको हुँदा निज चालक विजेन्द्र पोडेलाई पक्राउ गरी दाखिला गरेको भन्नेसमेत व्यहोराको विजेन्द्र पोडेको मेडिकल जाँचपत्रसहित वडा प्रहरी कार्यालय मङ्गलबजार, ललितपुरको पत्र । विजेन्द्र पोडेलाई खोजी भएका बखत दाखिला गराउने छु भनी विजेन्द्र पोडेलाई बुझी लगी सानु देउलाले गरेको कागज । मिति २०६३।१।२२ गते साँझ ५:४५ बजेको समयमा ल.पु.उ.म.न.पा.वडा नं.८ सुन्धारा, भोलढोकास्थित सडकमा मेरो आमा वर्ष ८३ की बेखालक्ष्मी महर्जनलाई विजेन्द्र पोडेले हाँकेको बा. ५ प ७२७१ नं. को मोटरसाइकलले ठक्कर दिँदा घाइते भई वि. एन्ड वि. अस्पतालमा उप