निर्णय नं. ९३०८ - जीउ मास्ने बेच्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३०८ - जीउ मास्ने बेच्ने भाग: ५६ साल: २०७१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७१/०७/१७ ३०३७ सर्वोच्च अदालत, संयुक्त इजलास सम्माननीय प्रधानन्यायाधीश श्री रामकुमार प्रसाद शाह माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।७।१७।२ ०६७-CR-०७६९ मुद्दा : जीउ मास्ने बेच्ने । पुनरावेदक/प्रतिवादी : जिल्ला काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका वडा नं.६ घर भई हाल कारागार कार्यालय काठमाडौं, जगन्नाथ देवलमा कैदमा रहेका उद्धवप्रसाद आचार्य विरूद्ध प्रत्यर्थी/वादी : हरिशरण भन्ने सानोकान्छा गिरीको जाहेरीले नेपाल सरकार ०६७-CR-११६० पुनरावेदक/प्रतिवादी : जिल्ला धादिङ, भूमेस्थान गा.वि.स.वडा नं.५ घर भई हाल कारागार कार्यालय काठमाडौं, जगन्नाथ देवलमा कैदमा रहेका रामबहादुर भन्ने सानुकान्छा गिरी विरूद्ध प्रत्यर्थी/वादी : हरिशरण भन्ने सानोकान्छा गिरीको जाहेरीले नेपाल सरकार § आफैँले लगेकी महिलाको स्थितिका बारेमा प्रतिवादी मौन रहेको र पीडितको अवस्था प्रतिवादीको कारणबाट अज्ञात रहेको अवस्था हुँदा त्यसरी अज्ञात रहेकी महिलाका पति जाहेरवाला स्वयम्‌ले किटानी जाहेरी दिई अदालतमा गरेको बकपत्रको घटनाक्रमबमोजिम नै प्रतिवादीहरूले अधिकारप्राप्त अधिकारीसमक्ष बयान गर्दा स्वीकार गरेको अवस्था हुँदा प्रमाण ऐन, २०३१ को दफा १०(१)(क) बमोजिम वारदातका पीडित व्यक्तिले वारदातपश्चात वारदातको विषयमा व्यक्त गरेको कुरा प्रमाणयोग्य हुने हुँदा त्यस्तो प्रमाण ग्राह्य नभएको भन्ने प्रतिवादीहरूको जिकिर कानूनसम्मत् हुन नआउने । (प्रकरण नं. ९) § पीडित मैयाँ गिरीलाई भारतको वेश्यालयमा लगी भा.रू.२७,५००।– मा बिक्री गरेको भनी यी प्रतिवादीहरू प्रहरीसमक्ष आरोपित कसुरमा मुख साबित रहेका र अदालतमा बयान गर्दा विवाह गरी काठमाडौं लगेको भनी उल्लेख गरे पनि निज पीडितको हालको अवस्था प्रतिवादीहरूले प्रकाश नगरेबाट ललाई फकाई विवाह गर्ने झुट्ठा आश्वासनमा पारी आफ्नो कब्जामा लिई निज पीडितको घरबाट छुटाई लगेको प्रतिवादीहरूको उक्त कार्य निरपेक्ष दायित्वअन्तर्गतको अपराध भएबाट आफू निर्दोष रहेको भन्ने प्रमाणको भार प्रतिवादीहरूले पुर्‍याउनुपर्ने । § प्रहरी र अदालतसमक्ष प्रतिवादीहरूले गरेको बयानबाट प्रतिवादीहरूले वादीलाई विवाह गर्ने प्रलोभन देखाई आफ्नो कब्जामा लिएपछि निजको अवस्था हालसम्म अज्ञात रहेको र प्रतिवादीहरूले त्यसरी आफूले कब्जामा लिएकी व्यक्तिलाई प्रकाश नपारेबाट प्रतिवादीहरूकै कार्यबाट निजको अवस्था अज्ञात रहेको र प्रतिवादीहरूले आफ्नो निर्दोषिता स्थापित गर्न नसकेबाट प्रतिवादीहरूले दावीबमोजिम कसुर गरेको देखिन आउने । (प्रकरण नं. ११) § दुईवटा वारदातमा एकसाथ मुद्दा चलेको वा पहिलो वारदातमा थुनामा बसेको अवस्थामा अर्को मुद्दा पनि चली फैसला भई फैसलाबमोजिम लागेको कैद सजाय ठेकिएको अवस्था नभई पहिलो मुद्दामा भएको फैसलाले लागेको कैद सजायमा मिति २०५४।८।९ देखि २०६३।९।२३ सम्म कैदमा बसी कैदबाट छुटेपछिमात्र अर्को वारदातमा अनुसन्धान भई मिति २०६४।५।१९ मा अभियोग दायर भएको हुँदा पहिलो मुद्दामा भएको फैसलाले लागेको कैद भोग गरी कैदबाट छुटिसकेपछि प्रस्तुत वारदातमा मुद्दा चली पछिल्लो मुद्दामा भएको कैद सजायलाई कैदबाट छुटिसकेको पहिलो मुद्दामा कैदमा बसेको अवधिसमेत गणना गरी सजाय निर्धारण गर्न दण्ड सजायको महलको ४१ नं. विपरीत हुन जाने । § पहिलो मुद्दामा कैद भुक्तान भई कैदबाट छुटेपछि अर्को वारदातमा अभियोग दायर भई भएको फैसलाबमोजिम कैद सजाय भोगिरहेको हुँदा उक्त सजाय निर