निर्णय नं. ९३०९ - निषेधाज्ञा/परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३०९ - निषेधाज्ञा/परमादेश भाग: ५६ साल: २०७१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७१/०२/१९ ३८२० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय फैसला मिति : २०७१।२।१९।२ ०७०- CI -०७७८ मुद्दा: निषेधाज्ञा/परमादेश । पुनरावेदक/ निवेदक : जिल्ला सर्लाही, नोकैलवा गा.वि.स. वडा नं.९ बस्ने शशिभूषण मल्लिकसमेत विरूद्ध प्रत्यर्थी/विपक्षी : राजश्री सेभिङ् एन्ड कोअपरेटिभ लिमिटेड, प्रधान कार्यालय मलङ्गवा, सर्लाहीसमेत § कुनै पनि व्यक्ति वा संस्थाले आफूले ऋण लिँदा कवुल गरेअनुसारको समय अवधिभित्र ऋण बुझाउन बाध्य हुन्छ । ऋण लिँदा कबुल गरेको सर्त अनुसार ऋण तिर्न धिङ्न्याई गरेर बस्ने कसैलाई पनि कानूनले सहयोग गर्न सक्तैन । निर्धारित समयभित्र आफूले लिएको ऋण रकम चुक्ता नगर्नेको धितो रहेको सम्पत्ति लिलाम गरी आफ्नो ऋण असुल गर्न ऋणदातालाई कानूनले अधिकार प्रदान गरेकै हुन्छ । ऋण रकम नबुझाउनेको सम्पत्ति लिलाम गरेर आफ्नो ऋण असुल गर्ने कुरालाई गैरकानूनी भन्न नमिल्ने । § ऋणीलाई ऋण तिर्न सहज, सरल र सुविधा हुने गरी ऋण प्रदान गर्ने संस्थाहरूले विभिन्न सहुलियत पनि प्रदान गरेको हुन सक्छ तर त्यस्तो सहुलियत कानूनी अधिकारको रूपमा नभई सुविधाको रूपमा मात्रै उपभोग गर्नुपर्ने हुन्छ । त्यस्ता सुविधा उपभोग गर्ने वा नगर्ने कुरामा भने ऋणी स्वतन्त्र हुन्छ र यदि त्यस्तो सुविधा प्रदान गर्दागर्दै पनि सोको निर्धारित समयभित्र पनि ऋण रकम चुक्ता गरिँदैन भने ऋणीको धितो पक्रने अधिकार ऋणदातालाई हुने । (प्रकरण नं. २) पुनरावेदक/वादीको तर्फबाट : प्रत्यर्थी/विपक्षीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने : मा.न्या.श्री डम्बरबहादुर शाही मा.न्या.श्री द्वारिकामान जोशी फैसला न्या. कल्याण श्रेष्ठ : पुनरावेदन अदालत, जनकपुरको मिति २०७०।१।१० को आदेशउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर देहायबमोजिम रहेको छ : तथ्य खण्ड : रिट निवेदकले पुनरावेदन अदालत, जनकपुरमा दायर गरेको रिट निवेदनको सङ्क्षिप्त व्यहोरा: हामी निवेदकद्वयले राजश्री सहकारी संस्थाबाट मिति २०५४।१।२२ मा व्यापार प्रयोजनको लागि रू.६०,०००।- (साठी हजार)का दरले दुबैजना निवेदकले जिल्ला महोत्तरी, सुगा गा.वि.स. वडा नं.४ बस्ने महालक्ष्मीदेवी कर्णको नाउँमा दर्ता कायम रहेको जिल्ला सर्लाही, मलङ्गवा नगरपालिका वडा नं.६ अन्तर्गत कि.नं.३५५ को क्षे.फ. ०-१-० जग्गा सुरक्षण राखी ऋण लिएका थियौं । त्यसै क्रममा ऐ. संस्थाको सञ्चालक समितिको मिति २०६६।३।३१ को निर्णय अनुसार साँवाको दोब्बर रकम लिई बाँकी रकम छुट गर्ने व्यहोराको सूचना प्राप्त भएपछि सो सूचनाबमोजिम हामीहरूले पनि मिति २०६७।२।४ र २०६७।२।५ मा उक्त सहकारी संस्थाको र.नं.(A) ७३६०४ र ७३६०५ मा साँवाको दोब्बर रकम रू.१,२०,०००।- का दरले जम्मा गरी चुक्ता गरिसकेको अवस्थामा हामीहरूको सुरक्षणबापत राखेको जिल्ला महोत्तरी, गा.वि.स. वडा नं. ४ बस्ने महालक्ष्मी देवी कर्णको नाउँमा दर्ता रहेको जिल्ला सर्लाही, मलङ्गवा नगरपालिका वडा नं.६ अन्तर्गत रहेको कि.नं.३५५ को क्षे.फ. ०-१-० जग्गाको रोक्का फुकुवा नगरिदिएपछि म जगरनाथ लाल कर्णले उक्त जग्गा फुकुवा गरिपाउन मिति २०६६।८।२९ मा उक्त संस्थामा निवेदन दिएकोमा हामीहरूलाई जानकारी नै नदिई मिति २०६९।२।२१ गते अन्नपूर्ण पोष्ट दैनिक पत्रिकामा मिति २०६९।४।