निर्णय नं. ९३१२ - निषेधाज्ञा/परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३१२ - निषेधाज्ञा/परमादेश भाग: ५६ साल: २०७१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७१/०९/२० ३०७१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्‍ठ आदेश मिति : २०७१।९।२०।१ ०७०-CI-०८१५ विषय : निषेधाज्ञा/परमादेश । पुनरावेदक : जिल्ला प्रशासन कार्यालय, मोरङ र आफ्नोतर्फबाट प्र.जि.अ.गणेशराजकार्की विरूद्ध प्रत्यर्थी/निवेदक : जिल्ला मोरङ, विराटनगर उ. म. न. पा. वडा नं. १ बस्ने पदमप्रसाद गौतमसमेत ०७०-CI-०८८९ विषय : निषेधाज्ञा/परमादेश । पुनरावेदक : रेल्वे तथा मेट्रो विकास आयोजना, जोगवनी विराटनगर खण्ड साइट कार्यालय, विराटनगरको तर्फबाट ऐ. का. नोडल अफिसर मोहनचन्द्र भट्ट विरूद्ध प्रत्यर्थी/निवेदक : जिल्ला मोरङ, विराटनगर उ. म. न. पा. वडा नं. १ बस्ने पदमप्रसाद गौतमसमेत § क्षेत्रीय प्रशासक पूर्वाञ्चल, धनकुटाले मुआब्जा निर्धारण समितिले कायम गरेको मुआब्जा र प्रक्रिया नै न्यायोचित नभएको भनी बदर गरी पुन: कारवाही गर्न निर्देशनात्मक निर्णय गरेको र उक्त निर्देशनात्मक निर्णयलाई चुनौती दिएकोसमेत नदेखिएको र क्षेत्रीय प्रशासकले नेपाल सरकार गृह मन्त्रायलबाट अधिकार प्रत्यायोजन भएबमोजिम निर्णय गरेको अवस्थामा आफूले गरेको कामकारवाहीउपर उजुरी सुन्ने निकायमा उजुरी परेपश्चात्‌ भएको निर्णयलाई शिरोपर गरी कार्यान्वयन गर्नु मातहतको निकायको दायित्व हुन आउने । § संवैधानिक वा कानूनी निकाय वा त्यसमा कार्यरत अधिकारीले कानूनबमोजिम भएको आदेश निर्देशन र निर्णयको पालना गर्नु कर्तव्य हुने हुँदा आफ्नो कर्तव्य पालना नगरेको कारणले कुनै व्यक्तिको कानूनी हकको प्रचलनमा बाधा अवरोध खडा हुन्छ भने त्यस्तो हक प्रचलन गराउन परमादेशको आदेश जारी हुन सक्ने । (प्रकरण नं. १०) पुनरावेदकको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता सूर्यराज दाहाल प्रत्यर्थी/निवेदकको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : § जग्गा प्राप्ति ऐन, २०३४ मा दफा ३, १३, १८ सुरू तहमा फैसला गर्ने : मा.न्या. श्री गोपाल पराजुली मा.न्या.श्री शिवनारायण यादव आदेश न्या. सुशीला कार्की : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतमा दायर भई पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्‍त तथ्य यसप्रकार छः- हामी निवेदकहरूका नाममा देहायका जग्गाहरू दर्ता भोग चलनमा रहेको छ । जग्गाधनी जिल्ला गा.वि.स. साविक हाल अधिग्रहणमा परेको जग्गा वडा नं. कि.नं. क्षेत्रफल वडा नं. कि.नं. पदमप्रसाद गौतम मोरङ कटहरी २(ख) ३०४ ०-१-१६ २/१७८-०७०५ ३०० ०-०-९१/२ राजेन्द्रप्रसाद गौतम ,, ,, ,, १५४ १-८-१८१/२ ,, २९८ १-८-१८१/२ रमेशराज गौतम ,, ,, ,, ६७ ०-७-१५१/२ ,, २९७ ०-०-१५१/२ महेशराज गौतम ,, ,, ,, ६४ १-२-१२१/२ ,, २९८ ०-१४-१०१/२ उल्लिखित निवेदकहरूका जग्गाहरू जोगवनी, विराटनगर रेल्वे सेवामा परी जग्गाप्राप्ति ऐन, २०३४ को प्रयोजनको लागि विपक्षी नं. १ बाट मिति २०६८।०३।०७ गते अधिग्रहणको ३० दिने सार्वजनिक सूचना प्रकाशित भई विपक्षी नं. ३ को मिति २०६८।१०।०५को निर्णय अनुसार मिति २०६८।११।६ गते राजधानी दैनिक पत्रिकामा जग्गाको मुआब्जा तथा क्षतिपूर्ति निर्धारणसम्बन्धी सूचना प्रकाशित भएअनुसार जग्गाको मुआब्जा निर्धारणउपर चित्त नबुझी विपक्षी नं. १मार्फत नेपाल सरकार, गृह मन्त्रालयसमक्ष उजुरी निवेदन दिएकोमा प्रत्यायोजित अधिकारबमोजिम गृह मन्त्रालयबाट क्षेत्रीय प्रशासन कार्यालय, पूर्वाञ्चल धनकु