निर्णय नं. ९३१३ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३१३ - कर्तव्य ज्यान भाग: ५६ साल: २०७१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७१/०७/२४ ३६३४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल फैसला मिति : २०७१।०७।२४।२ ०६७-CR-००४६ मुद्दा : कर्तव्य ज्यान । पुनरावेदक/प्रतिवादी : जिल्ला मोरङ, वेलबारी गा.वि.स. वडा नं. २ बस्ने मनोजकुमार जोशी विरूद्ध प्रत्यर्थी/वादी : धनबहादुर राईको जाहेरीले नेपाल सरकार § सँगै बसी रक्सी खाएका मृतक र प्रतिवादी मात्रै रातको समयमा सँगै साथै हिँड्नु र साथै हिँडेकामध्ये एकजना सर्वाङ्ग नाङ्गै भई रगताम्मे अवस्थामा राजमार्गमा रहेको कल्भर्टमा घाइते अवस्थामा भेटिनु तथा अर्को अर्थात पुनरावेदक प्रतिवादी घरमा गई सुत्नु जस्ता कार्यकारणसमेतबाट पुनरावेदक प्रतिवादीकै कार्यबाट मृतकको मृत्यु हुन पुगेको तथ्यमा शङ्का गर्ने ठाउँ नरहने । (प्रकरण नं. ६) पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता संजिवराज रेग्मी प्रत्यर्थी/वादीको तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : § मुलुकी ऐन, ज्यानसम्बन्धीको महलको १३(३) नं. सुरू तहमा फैसला गर्ने : मा.न्या. श्री भरतप्रसाद अधिकारी पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री जनार्दनबहादुर खड्का मा.न्या. श्री द्वारिकामान जोशी फैसला न्या. जगदीश शर्मा पौडेल : पुनरावेदन अदालत, विराटनगरको फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अनुसार यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्‌क्षिप्त तथ्य र ठहर यसप्रकार छ : महेन्द्र राजमार्गबाट अ.१५ मि. उत्तरमा गुम्बा जाने बाटो भएको, सो बाटोको पश्चिमपट्टि पीपलको रूख, सोदेखि उत्तर गाईवस्तु बाँध्ने ठाउँ, सो ठाउँबाट केही माडिए जस्तो भएको जिल्ला मोरङ, वेलबारी २ बस्ने मणि भन्ने मनकुमार राई बेहोस, घाइते र नग्न अवस्थामा भएको भनिएको घटनास्थल मुचुल्का । दुबै आँखा बन्द भएको, आँखाको डिलको पूरै भाग नीलो भएको, दुबै हात तन्किएको, दुबै हातको मुठी खुल्ला भएको, पछाडि ढाडमा नीलडाम भएको, नाक र मुखबाट रगत निस्केको, गालाको दुबैपट्टि कन्चट्मा कोरिएको खोस्रिएको घाउहरू भएको, घाँटीमा कोतारिएका घाउहरू भएको समेत व्यहोराको घटनास्थल लास प्रकृति मुचुल्का । In my opinion cause of death is head injury भन्ने व्यहोरा उल्लेख भएको पोस्टमार्टम रिपोर्ट । मिति २०६४।८।१० गते अं.१९ बजेको समयमा मृतक मणि भन्ने मनकुमार राई घरबाट हिँडेकोमा फर्की नआएपछि घरपरिवारका मानिसहरू भई खोजी गर्ने क्रममा वेलबारी २ स्थित गुम्बा जाने बाटोमा घाइते अवस्थामा फेला पारी उपचारको लागि घोपा, धरानमा लगेकोमा त्यहाँ उपचार हुन नसकी भारत सिलुगढीतर्फ लैजाँदैगर्दा बाटोमा मृत्यु भएकाले सो सम्बन्धमा बुझ्दा प्रतिवादी मनोजकुमार जोशी पहिलेदेखि नै गाउँघरमा अत्यधिक मादक पदार्थ सेवन गर्ने प्रवृत्तिको व्यक्ति भएको र २०६४ सालको दसैंमा मृतक मनकुमार राईलाई मनोज जोशीले कुटपीट गरेको, निज प्रतिवादीले मृतकको दाजु दिलिप राईलाई पनि पहिले भारतमा कुटपीट गरेका थिए । मनोजकुमार जोशी मिति २०६४।८।१० गतेको राति मृतकसँगै बसी रक्सी खाँदै हिँडेका र पूर्व रिसइबिका कारण मृतकलाई कुटपीट गरी सोही कुटाइको कारणबाट उपचारको क्रममा मृतक मणि भन्ने मनकुमार राईको मिति २०६४।८।११ मा मृत्यु भएकाले कानूनबमोजिम कारवाही गरिपाउँ भन्नेसमेत व्यहोराको प्र.ना.नि. मुरली श्रेष्ठले इलाका प्रहरी कार्यालय वेलबारी, मोरङमा दायर गरेको प्रतिवेदन । प्रतिवादी मनोजकुमार जोशी र