निर्णय नं. ९३१४ - फैसला मोही प्रमाणपत्र बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ९३१४ - फैसला मोही प्रमाणपत्र बदर भाग: ५६ साल: २०७१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७१/०५/१३ ३००३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोपाल पराजुली माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र फैसला मिति : २०७१।५।१३।६ ०७०-CI-००७७ मुद्दाः फैसला मोही प्रमाणपत्र बदर । पुनरावेदक/वादी : जिल्ला सप्तरी, गा.वि.स. बसविट्टी वडा नं. १ घर भई हाल जिल्ला सप्तरी, राजविराज नगरपालिका वडा नं. ५ बस्ने सामर्थप्रसाद सिंह विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला सप्तरी, गाउँ विकास समिति मधुपुरा वडा नं. ३ बस्ने मदनप्रसाद सिंहसमेत ०७०-CI-००७६ पुनरावेदक/वादी : जिल्ला सप्तरी, गा.वि.स. बसविट्टी वडा नं. १ घर भई हाल जिल्ला सप्तरी, राजविराज नगरपालिका वडा नं. ५ बस्ने सामर्थप्रसाद सिंह विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला सप्तरी, गाउँ विकास समिति मधुपुरा वडा नं. ३ बस्ने मदनप्रसाद सिंहसमेत § दावीको जग्गामा स्वामित्व नभएका नरहेका अनधिकृत व्यक्तिबाट भएको कबुलियतनामा र कुत बुझी प्रदान गरेको भरपाईको आधारमा मोही कायम गरी मोही प्रमाणपत्र प्रदान गर्ने गरेको भूमिसुधार कार्यालयको निर्णयलाई कानूनबमोजिमको निर्णय भन्न मिल्ने नदेखिने । (प्रकरण नं. २) पुनरावेदक/वादीको तर्फबाट : विद्वान्‌ अधिवक्ता सुरेशकुमार खड्का प्रत्यर्थी/प्रतिवादीको तर्फबाट : विद्वान् अधिवक्ताद्वय सुभाष देवकोटा र अविनासकुमार प्याकुरेल अवलम्बित नजिर : § सर्वोच्च अदालत, बुलेटिन वर्ष ५, अङ्क २४,पृष्ठ ७० § नेकाप २०२९, पृष्ठ २९९ सम्बद्ध कानून : § मुलुकी ऐन, अ.बं. १८४, १८५क § भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(२) § प्रमाण ऐन, २०३१ को दफा ३, ५४ सुरू तहमा निर्णय गर्ने : भू.अ. श्री कृष्णप्रसाद निरौला पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या. श्री शम्भुबहादुर खड्का मा.न्या. श्री हरिकुमार पोखरेल फैसला न्या. ओमप्रकाश मिश्र : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)क.ख. बमोजिम निस्सा प्रदान भै पुनरावेदनको रूपमा दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्‍‌क्षिप्त तथ्य र ठहर यस प्रकार छ : प्रतिवादीहरूमध्ये मदनप्रसाद सिंह, उपेन्द्रप्रसाद सिंह, दिनानाथ सिंह, वदनी देवी र बच्चु सिंहसमेत पाँच जनाबाट जिल्ला सप्तरी, गाउँ विकास समिति बसविट्टी वडा नं.१ कि.नं. ३७ को १-१२-६ जग्गामध्येबाट प्रतिवादीहरू रामदेव खंग खत्वेले ०-३-०, कोशिला देवीले ०-३-०, मुसहरू खत्वेले ०-३-०, लवर खंग खत्वेले ०-६-०, महादेव खंग खत्वे ले ०-३-०, केशव खंग खत्वेले ०-५-६ गरी १-३-६ जग्गा र कि.नं. ३५ को ०-१४-२ मध्येबाट हरदेव खंग खत्वेले ०-५-२ मिति २०४३।९।५ मा जग्गा कमाउने गरेको कबुलियत गराई लिनु दिनु गरेको र त्यस बखत कायम रहेको जग्गाधनी हिर सिंहको नाति रामउदगार सिंहको छोरा जगनारायण सिंह बाहेक अन्य उनाउ व्यक्तिबाट बाली बुझेको भरपाईसमेत मिति २०४३।९।५ को कबुलितयको आधारमा गराई भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३४(क) बमोजिम मोही प्रमाणपत्र पाउनका लागि सुरू कार्यालयमा विपक्षीहरू रामदेव खंग, कोशिला देवी, लवर खंग, केशव खंग, मुसहरू खंग, महादेव खंग र हरदेवसमेतले २०४४ साल आषाढ महिनामा कारवाही गरेका रहेछन् । उक्त कि.नं. ३७ को १-१२-६ मध्ये ०-९-० जग्गा र कि.नं. ३५ को ०-१४-२ मध्ये ०-९-० जग्गा कमाउने व्यक्ति कोही देखिएको नभै बाँकी नै रहेको छ । उक्त जग्गाहरूको जग्गाधनी मदनप्रसाद सिंह, जगनारायण सिंह, दिनानाथ सिंह, बच्चु सिंह, वदनी देवीसमेतले जीवित रहेको हरि सिंहको नाति, रामउदगार सिंहको छोरा, जगनारायण