निर्णय नं. ९३१६ - उत्प्रेषण/परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३१६ - उत्प्रेषण/परमादेश भाग: ५६ साल: २०७१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७१/०८/०४ ४७६२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री दीपकराज जोशी माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय आदेश मिति : २०७१।०८।०४।०५ ०६७-WO-०१५३ विषयः उत्प्रेषण/परमादेश । निवेदक : भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १३ बाट हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३० असन कमलाक्षी बस्ने जगतप्रसाद हाडा विरूद्ध विपक्षी : भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १५ स्थित औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय, भक्तपुरसमेत § मिति २०३४ सालमा नै जग्गा अधिग्रहणको सूचना प्रकाशित भै सो दावी जग्गाको मुआब्जासमेत यी निवेदकले बुझिलिएको स्वीकार गरेको देखिएको कि.नं. १५७ र १५९ को जग्गासमेतको लगत कट्टा गर्नेबारेको मिति २०४३।६।१९ को पत्र, रोक्कासमेतका लागि लेखिएको मिति २०६६।३।१६ को पत्र र जग्गाधनी दर्ता प्रमाणपुर्जाका लागि लेखेको मिति २०६६।१२।३० को पत्रसमेतलाई तत्समयमा नै चुनौती दिई आफ्ना हकका लागि कानूनी उपचार नखोजी हाल आएर आफ्नो नाममा उक्त जग्गाको दर्ता स्रेस्ता कायम रही रहेकाले सो जग्गा आफ्नो हकभोगको हुने भन्ने आधारमा विलम्ब गरी प्रस्तुत रिट निवेदन दायर गरेको र उल्लिखित जग्गाको मुआब्जा बुझी मौकामा चित्त बुझाई बसेको समेत देखिँदा विपक्षीका काम कारवाहीबाट निवेदकको सम्पत्तिसम्बन्धी संवैधानिक र कानूनी हकमा आघात परेको देखिन नआउने । (प्रकरण नं. ४) निवेदकको तर्फबाट : विद्वान् अधिवक्ता प्रभाकर खनाल विपक्षीको तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता भरतलाल शर्मा र विद्वान् अधिवक्ता कृष्णप्रसाद नेपाल अवलम्बित नजिर : सम्बद्ध कानून : § जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ र १० आदेश न्या. दीपकराज जोशी : नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२ र १०७ बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको सङ्क्षिप्त तथ्य एवम् ठहर यसप्रकार छः मेरो पूर्खाकै पालादेखि जोतकमोद गरी २०२१ सालको सर्भेनापीमा समेत नापजाँच भई फिल्डबुक, दर्ता स्रेस्ता मेरा नाउँमा कायम भक्तपुर नगरपालिका वडा नं. १५(झ) कि.नं. १५७ र १५९ को क्षेत्रफल क्रमशः ०-५-०-०, ०-७-०-० जग्गा हालसम्म जोतभोग गर्दै आएको निजी पुर्ख्यौली जग्गा हो । उक्त जग्गा विपक्षीमध्येको भक्तपुर औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको मिति २०६६।१२।३० को च.नं. १५३ को पत्रबाट अधिग्रहणमा परेको भनी रोक्का गरेको कुरा मिति २०६७।१।२ मा नक्कल सारी लिँदा थाहा हुन आयो । मेरा नाउँको कि.नं. १४४ र १५८ अधिग्रहणमा परी मुआब्जा बुझेको भए पनि कि.नं. १५७ र १५९ को जग्गा अधिग्रहणमा परेको होइन, छैन । अधिग्रहणमा नपरेको मेरो कि.नं. १५७ र १५९ को जग्गा औद्योगिक क्षेत्रले आफ्नो हो भन्न पाउने होइन । अधिग्रहणमा परेका जग्गाको लगत कट्टा गर्ने क्रममा निकासा पाउन मालपोत कार्यालय, भक्तपुरले मिति २०४३।६।१९ च.नं. ११२५ को पत्रबाट जिल्ला कार्यालय, भक्तपुरलाई पत्राचार गर्ने क्रममा भूलवश मेरो उल्लिखित दुई कित्तासमेत उल्लेख गरी पछि पुनः लगत कट्टा नहुने भनी गोल लगाई छुट्टयाएको अवस्था छ । जिल्ला कार्यालय, भक्तपुरले अधिग्रहण गरेका कित्ता जग्गामात्र मालपोत कार्यालयले दा.खा. गरी मेरो उक्त कि.नं. १५७ र १५९ को जग्गाको लगत कट्टा गर्ने कार्य गरेको समेत छैन । विपक्षी औद्योगिक क्षेत्रले मलाई झुक्याई मिति २०३५।६।१० गते मेरो अधिग्रहणमा परेको कि.नं. १४४ र १५८ को जग्गाको हकमा