निर्णय नं. ९३१७ - हालैदेखिको बकसपत्र लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९३१७ - हालैदेखिको बकसपत्र लिखत बदर भाग: ५६ साल: २०७१ महिना: चैत्र अंक: १२ फैसला मिति :२०७१/०७/१९ ६६९४० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. फैसला मिति : २०७१ । ७ । १९ । ४ ०६७-CI-०९०३ मुद्दा : हालैदेखिको बकसपत्र लिखत बदर । पुनरावेदक/प्रतिवादी : जिल्ला झापा, अनारमुनी गा.वि.स. वडा नं. ३ बस्ने चुडामणि शिवाकोटीको हकमा अनुमति पाई आफ्नो हकमा समेत ऐ. ऐ. बस्ने सुनिल शिवाकोटीसमेत विरूद्ध प्रत्यर्थी/वादी : जिल्ला भक्तपुर, बालकोट गा.वि.स. वडा नं. २ वस्ने प्रान्जल शिवाकोटीसमेत § अंश मुद्दा परेपछि वादीसमेतका अंशियारको अंशहक पुग्ने विवादित जग्गा वादीहरूको मञ्जुरी नलिई प्रतिवादीहरू दिने र लिने भई पारित भएको हा.ब. लिखत कायम रहन सक्ने नदेखिने । (प्रकरण नं. १९) पुनरावेदक/प्रतिवादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू बालकृष्ण न्यौपाने, वोर्णबहादुर कार्की, कृष्ण सापकोटा तथा विद्वान् अधिवक्ता रमणकुमार श्रेष्ठ प्रत्यर्थी/वादीको तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्यामप्रसाद खरेल, हरिप्रसाद उप्रेती र माधव बास्कोटा अवलम्बित नजिर : § नेकाप २०४६ कात्तिकको पृष्ठ ७९४ § ऐ. २०४८ को पृष्ठ ३५०, ८५९ § ऐ. २०५१ को पृष्ठ ७६७ § ऐ. २०५२ को पृष्ठ ३८७ § ऐ. २०५३ को पृष्ठ ६६६ § ऐ. २०५४ को पृष्ठ १ § ऐ. २०५५ को पृष्ठ २०६, २७३ § ऐ. २०५९ को पृष्ठ २५४ § ऐ. २०६० नि.नं. ७२९५ § ऐ. २०६१ को पृष्ठ १४४८ § ऐ. २०६४ जेठको पृष्ठ १४०, मङ्सिर १०३४ § ऐ. २०६५ को पृष्ठ ९४० § ऐ. २०६६ को पृष्ठ १५५६, १७७० § ऐ. २०६८ को पृष्ठ ७४६, पृष्ठ १२९२ § ऐ. २०६९ को पृष्ठ ५०५ आषाढको नि.नं. ८७८८, भाद्रको पृष्ठ ७०५ सम्बद्ध कानून : § मुलुकी ऐन, अंशबन्डाको महलको १, २, १८, १९नं. § मुलुकी ऐन, स्त्री अंशधनको महलको ४, ५, ७ नं. § मुलुकी ऐन, दानबकसको महलको १ नं. र ५ नं. § प्रमाण ऐन, २०३१ को दफा ६(क) २९ सुरू तहमा फैसला गर्ने : जि. न्या. श्री पदमराज भट्ट पुनरावेदन तहमा फैसला गर्नेः- मा.न्या. श्री देवेन्द्र गोपाल श्रेष्ठ मा.न्या. डा. श्री आनन्दमोहन भट्टराई फैसला न्या. गोविन्दकुमार उपाध्याय : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान भै दायर हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् निर्णय यस प्रकार छ : हामी फिरादीहरूको हक लाग्ने भक्तपुर जिल्ला, बालकोट गा.वि.स वडा नं.२ कि.नं. १८६६ को जग्गा मिति २०६४।३।२५ गते विपक्षी पति तथा पिताले आफ्नै सहोदर दाजु तथा भाइ चुडामणि शिवाकोटी र सुनिल शिवाकोटीलाई अदालतमा अंश मुद्दाको फिराद दर्ता गरिसकेपश्चात हामीहरूको मञ्जुरी नलिई हाम्रो हक मार्ने नियतले हा.ब. लिखत पारित गरी हक हस्तान्तरण गरिदिएको हुँदा उक्त हा.ब. को लिखत बदर गरी हामी फिरादीहरूका नाउँमा दर्ता कायम गरिपाउँ भन्नेसमेत व्यहोराको मिति २०६४।६।१० गतेको फिराद दावी । घर निर्माण गर्दादेखिको ऋण सापटी चुक्ता गर्नुपर्ने बाध्यताले मेरो नाउँको कि.नं. १८६६ को घरजग्गा विपक्षीकै मञ्जुरीले एसबिआई बैङ्कमा धितो राखिएको थियो । दाजुभाइ तथा बैङ्कबाट लिएको कर्जा तिर्न नसकेकाले उक्त घरजग्गा नै मिति २०६४।३।२५ मा हा.ब. पारित गरी हक हस्तान्तरण गरेकोमा विपक्षीले मेरो मञ्जुरीबिना मेरो हक मेट्ने कार्य गरे भन्न किमार्थ मिल्दैन । व्यवहार मिलाउनका लागि विपक्षीकै मञ्जुरीपूर्वक बैङ्कमा राखिएको र कर्जा चुक्ता गर्नुप