निर्णय नं. ६६२६ - उत्प्रेषणयुक्त परमादेश लगायत अन्य जो चाहिने उपयुक्त आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६२६ - उत्प्रेषणयुक्त परमादेश लगायत अन्य जो चाहिने उपयुक्त आदेश जारी गरी पाउँ भाग: ४० साल: २०५५ महिना: फागुन अंक: ११ फैसला मिति :2055/06/27 २४३१ निर्णय नं. ६६२६ अंक ११ ने.का.प. २०५५ संयुक्त इजलास सम्माननीय प्रधान न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल सम्वत २०५२ सालको रि.नं........ २८४५ आदेश मितिः २०५५।०६।२७।३ विषयः उत्प्रेषणयुक्त परमादेश लगायत अन्य जो चाहिने उपयुक्त आदेश जारी गरी पाउँ । निवेदकः मोरङ जिल्ला मधुमल्ला गा.वि.स. वार्ड नं. ४ घर भई कृषि विकास वैँक उपशाखा कार्यालय रानीवास भोजपुरको लेखापाल (४७४३) पदमा कार्यरत रहेका बखत सेवाबाट हटाइएका वर्ष ३४ को टंक नारायण प्रधान । विरुद्ध प्रत्यर्थी/विपक्षी : कृषि विकास वैँक जनशक्ति व्यवस्थापन विभाग मुख्य कार्यालय रामशाहपथ, काठमाडौँका विभागीय प्रमुख समेत जम्मा ४ । § कृषि विकास वैँक कर्मचारी सेवा शर्त नियमावली २०२४ को परिच्छेद २ को नियम ४ को उपनियम १ मा परीक्षणकालमा रहेको कर्मचारीको कार्यै सम्पादन सन्तोषजनक नभएमा सेवाबाट हटाउन सकिने व्यवस्थ भएकोमा सो बमोजिम निवेदकको परीक्षणकाल सम्मको कार्य सम्पादन सन्तोषजनक नभएको भनी निजलाई सेवाबाट हटाउने निर्णय गरिएको नभै निज यस अघि विभिन्न संघ संस्थाहरुमा सहभागी भएको र निजको आचरण खराव भएको बुझिएको भन्ने प्रहरी प्रतिवेदनको व्यहोरालाई मात्र आधार बनाइ परीक्षणकालको अवधिमा सेवाबाट हटाउने गरी भएको निर्णय कृषि विकास वैँक कर्मचारी सेवा शर्त नियमावली २०२४ को नियम ४ को उपनियम १ अनुकूल नदेखिदा निवेदकलाई सेवाबाट हटाउने गरी भएको कृषि विकास वैँकको मिति २०५२।१०।८ को निर्णय उत्प्रेषणको आदेश द्वारा वदर हुने । (प्र.नं. ८) निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री हरिप्रसाद उप्रेती विपक्षी तर्फबाटः विद्वान अधिवक्ता श्री पोषणराज लामिछाने, विद्वान अधिवक्ता श्री कोमल प्रकाश घिमिरे अवलम्वित नजिरः आदेश प्र.न्या.मोहनप्रसाद शर्मा : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा धारा ८८(२) अन्तर्गत यस अदालतमा दायर हुन आएको प्रस्तुत निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. मिति २०५२।४।१० देखि ६ महिनाको परीक्षणकालमा रहने गरी कृषि विकास वैँकको लेखापाल पदमा स्थायी नियुक्तिलाई निरन्तर रुपमा आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्दै आएकोमा दवैँकको मुख्य कार्यालय, जनशक्ति तथा व्यवस्थापन विभागको मिति २०५२।१०।८ को पत्रको फ्याक्स कपी मलाई मिति २०५२।१०।१० मा बुझाइएको र सो पत्रमा मेरो प्रहरी प्रतिवेदन अनुकूल नभएको र म परीक्षणकाल अवधिमा नै रहेको हुँदा मिति २०५२।१०।८ देखि लागु हुने गरी सेवा बाट हटाउने भनी मिति २०५२।१०।८ मा निर्णय भएको भनी जानकारी गराइएको हुँदा म मिति २०५२।१०।१० पश्चात वैकको सेवा बाट गैर कानूनी रुप्ले सेवा मुक्त हुन पुगेको छु । कानूनको स्पष्ट अख्तियारीको अभावमा नै मलाई सेवाबाट हटाउने निर्णय गरिएको छ, प्रहरी प्रतिवेदनमा कुन कुरा उल्लेख भएको कारणले सो प्रतिवदेन अनुकूल नभएको हो सो उल्लेख नगरी आत्मनिष्ट रुपबाट निर्णय गरिएको छ, नोकरी बाट हटाउने निर्णयको जानकारी मलाई मेरो परीक्षणकाल समाप्त भएपछि मात्र गराइएको हुँदा सो निर्णय पुर्वाग्रह प्रेरित रहेको छ । परीक्षणकाल समाप्त भएपछि नोकरी बाट हटाउने कार्य सम्मानित अदालत बाट प्रतिपादन सिद्धान्त समेत विपरित छ, म आफु नैतिक पतन देखिने फौज्दारी अभियोगमा सजाय पाएको व्यक्ति वा सरकारी नोकरीको लागि अयोग्य ठहरीने गरी वर्खास्त गरिएको व्यक्ति समेत न