निर्णय नं. ६६२७ - खुन डाँका ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६२७ - खुन डाँका । भाग: ४० साल: २०५५ महिना: फागुन अंक: ११ फैसला मिति :२०५४/०८/०४ २३९२ निर्णय नं. ६६२७ अंक ११ ने.का.प. २०५५ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री टोपबहादुर सिंह सम्वत २०५१ सालको फौ.पु..नं........७८६ आदेश मितिः २०५४।०८।४।४ मुद्दाः खुन डाँका । पुनरावेदक/वादीः फुटतो देवी यादवको जाहेरीले श्री ५ को सरकार । विरुद्ध विपक्षी/प्रतिवादी : महोत्तरी जिल्ला खुठ्ठा पिपरराडी गा.वि.स. वडा नं. ३ घर भै हाल जि. धनुष शक्तिपुर गा.वि.स. वडा नं. ९ बस्ने रामचन्द्र यादव समेत जना २ । § न्याय प्रशासन ऐन, २०४८ को दफा ९(ख) मा दश वर्ष वा सो भन्दा बढी कैदको सजाय भएको मुद्दामा मात्र तेश्रो तहको भए पनि सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने व्यवस्था रहेको पाइन्छ । तर दुई तहले प्रहरी प्रतिवेदन माग दावी बमोजिमको अभियोगबाट प्रतिवादीहरुलाई सफाइ दिए उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(ख) र (ग) बमोजिम पुनरावेदन लाग्न सक्ने नदेखिने । (प्र.नं. २१) पुनरावेदक तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र पाठक विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा अवलम्वित नजिर : दे.पु.नं. ५४ ज्ञान बहादुर राई समेत विरुद्ध दिल बहादुर राई समेत भएको अंश मुद्दामा प्रतिपादित सिद्धान्त । फैसला न्या.केशवप्रसाद उपाध्याय : प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । २. मिति २०४४।१२।४ गतेका रात आफ्नो घरमा खाना खाइ सुति निदाएको अवस्था रातको अं. १२ बजेको समयमा डाकाहरु आइ मेरो घरमा प्रवेश गरी विगो रु.८०७५। को धन सम्पत्ति समेत डांका गरी रहेको अवस्थामा मेरो छोरा सुरेश राय यादवलाई भाला समेत प्रहार गरी छोरा सुरेशलाई घाइते पारी धन सम्पत्ति समेत लिइ डांकाहरु भागी गए । डांका मध्येका रामचन्द्र यादवलाई वारदात स्थलमा नै देखे चिन्हेको हुँ । घाइते छोरा सुरेशलाई उपचारको लागि जनकपुर लाँदा लाँदै अपराधीहरुले प्रहार गरेको हतियारले वेदना बाट मृत्यु भयो । अपराधीहरुलाई पक्राउ गरी कानूनबमोजिम कारवाही गरी पाउँ भन्नेसमेत व्यहोराको फुलो देवी यादवनीको जाहेरी दरखास्त । मृतक सुरेश यादवको दाहिने पट्टी दुधमा रगत लागि दाहिनेतर्फको रगतले कपडा समेत भिजेको, गन्जी समेत खोल्न लगाई हेर्दा दाहिने दुधको मुन्टामा २ इन्च लम्वाइ डेढ इन्च चौडाइ तीन इन्च गोलाइ पौने तीन इन्च गहिराइ भएको कुनै तिखो हतियारले रोपी घोचेको आलो घाउ भएको शरिरमा निलडामहरु समेत देखिएको भन्नेसमेत व्यहोराको लास प्रकृति मुचुल्का रहेको छ । ३. जाहेरवालाका घरमा वारदात भएको स्थलको घटनास्थलको प्रकृति समेतको मुचुल्का गराउदा घटनास्थलमा सरसामान यत्रतत्र छरिएको र घटनास्थलमा गोलीको पोको समेत वरामद भएको भन्नेसमेत व्यहोराको घटनास्थलको प्रकृति मुचुल्का । मृत्युको कारण छातीमा लागेको घाउ चोटबाट सडकमा गर्इ भएको हो भन्ने चिकित्सकहरुले गरी दिनु भएको लास पोष्ट (फाराम) प्रतिवेदन । ४. मेरो काका भिखारी यादव सँग सुरेश यादवको रिसीइवी भइ रहेको अवस्थामा सो रिस इवी साधनको लागि निज सुरेश यादवको घरमा डांका लगाई दिने सल्लाह भएको हुँदा मैँले चिनेको जिवछ नदाक, रफिक नदाक, तसलिन नदाकलाई डांक गर्न सल्लाह गर्दा मन्जुर गरेकोले डांका वारदा तगर्न जांदा निज सुरेश मुकाविला गर्न आएको हुँदा निजलाई समेत खतम गरी दिने मामाको भनाइ मानी २०४४।१२।४ को रात अं. १२ बजेको समयमा म मामा भिखारी यादव, जिवछ नदाफ, रफिक नदाफ, तसलिन नदाफ र अरु ३।४ जना सहयोगी भइ निज सुरेश यादवलाई कोठाबाट न