निर्णय नं. ६६३० - कुत दिलाई मोही निष्कासन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६३० - कुत दिलाई मोही निष्कासन भाग: ४० साल: २०५५ महिना: फागुन अंक: ११ फैसला मिति :2055/05/08 २७१२ निर्णय नं. ६६३० अंक ११ ने.का.प. २०५५ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमझी माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत २०५१ सालको दे.पु..नं........२३८९ फैसला मितिः २०५५।०५।८।२ मुद्दाः कुत दिलाई मोही निष्कासन । पुनरावेदक/प्रतिवादीः जिल्ला सप्तरी गा.वि.स. पन्सेरा वडा नं. ६ बस्ने महमुद मिया । विरुद्ध प्रत्यर्थी /वादी : ऐ.ऐ. बस्ने सदिक मिया । § वादी दावीको जग्गाहरुको जग्गाधनी र प्रतिवादी मोही भएको कुरामा विवाद देखिदैन । २०४७ सालको कुत बाली प्रतिवादीले कानून बमोजिम समय मै जग्गावालालाई बुझाएको भरपाइ पेश नभएको र जग्गावालाले नबुझेबाट धरौटी राखेको भन्ने देखिन आएन । विवाद परे पछिका २०४८ र २०४९ सालको कुतबाली भूमि सुधार कार्यालय सप्तरीमा धरौट राखेकोमा जग्गावालाले उक्त धरौट बुझि लिएको कुरा मिसिल संलग्न धरौट रसिदको प्रतिलिपिबाट देखिन्छ । उक्त कुत बापतको धरौट रहेको रकम बुझी लिएको कारणबाट जग्गावालाले प्रतिवादीलाई मोही मानेको हो कि भन्नलाई अधिकार प्राप्त अदालत वा निकाय बाट मुद्दामा मोही निष्कासन हुने नहुने ठहर नभए सम्म जग्गावालाले मोहीलाई जग्गा भोग गर्न बाट हस्तक्षेप गर्न मिल्ने अवस्था नहुने र मोहीले जग्गा कमाइ रहेको अवस्थामा आफ्नो जग्गाको कृतवाली खान पाउने हक जग्गावालाको भएकोले धरौटी रहेको कुतवाली जग्गावालाले बुझेकै कारणबाट विवाद परेको साल पछि पनि मोही स्वीकार गरेको भन्न नमिल्ने । (प्र.नं. १३) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री वालकृष्ण न्यौपाने वादी तर्फबाटः विद्वान अधिवक्ता श्री मदन मोहन चौधरी अवलम्वित नजिरः २०५१ सालको दे.पु.नं २५९५ चेथरु मण्डल विरुद्ध रानी दिल कुमारी राणा भएको कुत दिलाई मोही निश्काषन मुद्धामा प्रतिपादित सिद्धान्त । फैसला न्या.कृष्णजंग रायमाझी : पुनरावेदन अदालत, राजविराजको २०५०।१२।३० को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्धाको संक्षिप्त विवरण तथा ठहर यस प्रकार छः २. मेरा नाउ दर्ताको सप्तरी गा.वि.स. पसेरा वार्ड नं. ६ (क) कि.नं. ४६७ को ०-४-२ १/२ ऐ. कि.नं. ४६८ को ०-४-२ १/२ दोयम जग्गाको विपक्षी मोहीले २०४७ सालको हुने कुत वाली मलाई नदिई धरौट समेत नराखेकोमा हुने कुत ४-२९-० दिए धानै नदिए प्रतिमन रु.१४४ ले हुने रु.६८४। दिलाई भराई मोहीबाट समेत निष्कासन गरी पाउ भन्ने वादी दावी । ३. दाविको कुत नाप तौल गरी बुझाई दिएको छु, लेख्ने मानिस भए पछि ल्याई दिउला भनेको हुँदा विश्वासमा थिए वादीलाई कुत बुझाउन बाँकी छैन भन्ने प्रतिउत्तर जिकिर । ४. यसमा बिना भरपाई वाली बुझाए भन्न नमिल्ने, मोही निष्काशन गरी दिदा सुध्रिने मौका बाट वंचित हुने भएकोले मोही हक यथावत राखी कुत रु. ६८४। वादीले प्रतिवादी बाट भराई लिन पाउने ठहर्छ भन्नेसमेत भू.सु का सप्तरीको ०५०।३।२० को फैसला । ५. सुरुले मलाई हराई गरेको फैसलामा चित्त बुझेन, आफ्नो दायित्व प्रति उदासिन रहेकोल विपक्षको मोही हक यथावत राख्ने भनी टेकेको आधार आत्मपरक मात्र नभइ भु.सु. ऐन, २०२१ को दफा २९(१) को त्रुटिपूर्ण हुँदा सुरु निर्णय सो हद सम्म उल्टी गरी दावी बमोजिम इन्साफ पाउ भन्नेसमेत पु.वे. वादीको पुनरावेदन जिकिर । ६. यसमा कुत दिलाइ मोही निष्काशन गरी पाउ भन्ने दावी भएकोमा मोहीलाई सुध्रने मौका दिने भनी कृत भराइ मोही निष्काशन नहुने ठहराएको सुरु निर्णय भु.सु.