निर्णय नं. ६६३१ - जग्गा निखनाई पाउँ, हक सफा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६३१ - जग्गा निखनाई पाउँ, हक सफा भाग: ४० साल: २०५५ महिना: फागुन अंक: ११ फैसला मिति :2055/03/17 ३११० निर्णय नं. ६६३१ अंक ११ ने.का.प. २०५५ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत २०५२ सालको दे.पु..नं........३६३४ आदेश मितिः २०५५।०३।१७।४ मुद्दाः जग्गा निखनाई पाउँ, हक सफा । पुनरावेदक/वादीः जि.मोरङ रंगेली गा.वि.स. वडा नं. ६ बस्ने तिनकौडी केवरत विरुद्ध प्रत्यर्थी /प्रतिवादी : ऐ.ऐ. बस्ने वृजलाल मण्डल केवरत समेत जना २ । § राजिनामाको लिखतमा घरवारीको लागि खरिद गरेको भन्ने उल्लेख नभएको घरबारीकै लागि खरिद गरेको भए जग्गा राजिनामा गर्दाका वखत उक्त राजिनामाको कैफियत महलमा घरबारीको प्रयोजनको लागि भन्ने कुरा खुलाउन पर्ने थियो । सो को अभावमा केवल प्रतिउत्तर पत्रमा घरबारीको लागि खरिद गरेको भनी लेख्दैमा र साक्षीको भनाइको आधारमा मात्र घरबारीको लागि खरिद गरेको भन्न र मान्न कानून व्यवहार र प्रमाणबाट मिल्ने देखिदैन । त्यसैगरी प्रतिवादीको प्रतिउत्तर पत्र हेर्दा सो जग्गा आफ्ना नाममा दर्ता गराई सो जग्गामा ०४७ माघ १४ गतेमा राम्रो साइत हुँदा सोही मितिमा उक्त दावीको जग्गामा आफ्नो काँटा लगाइ बन्द व्यापार शुरु गरेको भनि प्रष्ट रुपमा बन्दव्यापारको लागि खरीद गरेकोलाई स्वीकारेकै पाइन्छ । बन्द व्यापार र घरबारी शव्द भिन्दाभिन्दै अर्थ र प्रयोजन लाग्ने शव्द हुन् । तसर्थ विवादको जग्गा प्रतिवादीलेृ घरबारीको लागि लिएको भनी मान्न नमिल्ने हुँदा निखनाई नपाउने ठहराएको पुनरावेदन अदालत विराटनगरको इन्साफ उल्टी भै निखन्न पाउने ठहराएको सुरु मोरङ जिल्ला अदालत इन्साफ सदर हुने । (प्र.नं. ११) पुनरावेदक तर्फबाटः विद्वान अधिवक्ता द्वय श्री हरिहर दाहाल र युवराज भण्डारी । प्रत्यर्थी तर्फबाट : विद्वान अधिवक्ता श्री कमल नारायण दाश । अवलम्वित नजिर : फैसला न्या.गोविन्दबहादुर श्रेष्ठः पुनरावेदन अदालत विराटनगरको मिति ०५२।२।२८ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत दायर भइ पेश हुन आएको पनरावेदन सहित को मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ । २. प्रतिवादी मध्येका शिवानन्द केवरतका नाममा दर्ता रहेको जि. मोरङ रंगेली गा.वि.स. वार्ड नं. ६(क) कि.नं. २०१ को ज.वि. ०–१-१० को म मोही भएकोमा सो जग्गा निज जग्गाधनी विपक्षी शिवानन्द केवरतले विपक्षी मध्येका वृजलाल केवरतलाई मिति २०४७।१०।९ मा मालपोत कार्यालय मोरङमा रु.४०००। मा विक्री गरी दिनु भएकोमा मोहीको हैसियतले जग्गा निखनाइ हक सफा गराइ पाउन लाई थैली रु.४०००। रजिष्ट्रेशन दस्तुर १५०। समेत जग्गम रु.४१५०। मालपोत कार्यालय मोरङमा धरौटी राखी हक सफा मुद्दा दायर गरेकोमा ०४७।१०।९ मा राजिनामा लेनदेन भएको रंगेली गा.वि.स. वार्ड नं. ६(क) कि.नं. २०१ को ज.वि. ०–१-१० दावी गरेकोमा वादी मोही भएतापनि वादीले हक सफा गर्नाउने ऐनको दफा गलत दावी गरेको भन्ने र उक्त जग्गामा प्रतिवादी मध्ये वृजलाले प्र. मध्यकै शिवानन्द बाट घरबारीको लागि किनेको हुँदा लेनदेन व्यवहारको १२(१) को प्रतिवन्धात्मक वाक्यांश घरबारीको लागि किनेको जग्गा वादीलेृ हक सफा गर्न नपाउने भनी प्रतिउत्तर व्यहोरा भै घरबारी हो होइन भन्ने प्रमाण बुझी ठहर गर्नुपर्ने अवस्था देखिएकोले यस स्थितिमा प्रमाण बुझि निर्णय दिन यस कार्यालयको अधिकार क्षेत्र भित्र नपर्ने हुँदा भू.सु.ऐन, रजिष्ट्रेशनको ३५ नं. बमोजिम म्याद भित्र अदालतमा जानु भनी वादीलाई सुनाई दिने भन्ने ०४८