निर्णय नं. ६६३२ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६३२ - ज्यान भाग: ४० साल: २०५५ महिना: फागुन अंक: ११ फैसला मिति :2054/12/17 ५९८५ निर्णय नं. ६६३२ अङ्क ११ ने.का.प. २०५५ संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा सम्बत् २०५४ सालको साधक नं. .... १८५ फैसला मिति : २०५४।१२।१७।२ मुद्दा : ज्यान । वादी : माझी थारुको जाहेरीले श्री ५ को सरकार । विरुद्ध प्रतिवादी : मोरङ प्रवली मध्ये रामपुरको गढवालपुर बस्ने करविर बस्नेत क्षेत्री । § तत्काल प्रचलित मुलुकी ऐन ज्यान सम्बन्धी महलको २५(३) नं. ले ज्यानको बदला ज्यान लिने सजाय हुने व्यवस्था भएको देखिन्छ । केही फौज्दारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिनाहा दिने ऐन, २०२० को दफा ४(३) मा कुनै काम कुरामा साविकको मुलुकी ऐन, अन्तर्गत कुनै अपराधको अभियोग लागि अदालतबाट कसुरदार ठहराई यो ऐन प्रारम्भ हुँदाका बखत कुनै व्यक्तिले सजाय भोगी रहेको वा निजलाई सजाय हुने गरी फैसला वा आदेश भैरहेकोमा त्यस्तो काम कुरा अनुसुचीमा उल्लेख भएका नेपाल ऐन, अन्तर्गत पनि अपराध ठहरीने रहेछ र त्यसमा साविकको मुलुकी ऐन बमोजिम भएको सजाय भन्दा अनुसूचीमा उल्लेख भएका नेपाल ऐनमा कम सजाय तोकिएको रहेछ भने सो बढी भए जति सजाय स्वतः मिनाहा भएको मानिनेछ भन्ने उल्लेख भएबाट सो मुलुकी ऐन अनुसूचीमा २०२० साल भाद्र १ गते देखि लागू हुने गरी भएको मुलुकी ऐन पनि उल्लेख भैरहेकोले तत्काल प्रचलित मुलुकी ऐन ज्यान सम्बन्धी महलको २५(३) नं. को अपराधलाई बर्तमान मुलुकी ऐनले पनि सदर नै कायम गरेको र सजायको हकमा ज्यानको सजाय नभै सर्वश्व सहित जन्म कैदको सजायको व्यवस्था भएकोले प्रस्तुत मुद्दामा प्रतिवादी करविर बस्नेतलाई तत्काल प्रचलित मुलुकी ऐनको ज्यान सम्बन्धी महलको २५(३) नं. ले मृत्यु दण्डको सजाय हुने नभई वर्तमान मुलुकी ऐनको ज्यान सम्बन्धी महलको १३(३) नं. अन्तर्गत सर्वश्व सहित जम्माकैद हुनु पर्ने । (प्र.नं. १२) वादी तर्फबाट : उपसरकारी अधिवक्ता श्री लेखनाथ ढकाल । प्रतिवादी तर्फबाट : x अवलम्बित नजिर : x फैसला न्या. राजेन्द्रराज नांख्वा : पुनरावेदन अदालत विराटनगरको मिति २०५२।१२।७।४ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १०(२) बमोजिम साधक सदरको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यसप्रकार छ । २. यही २०१८।८।५।२ का दिन साँझ अं. ७/८ बजेको समयमा म विरामी भई म र बावु आफ्नै घरको वसरामा ओछ्यान लगाई बसी रहेको अवस्था करविर हातमा मुठी भरीको कुन जातको लाठी लिई ए हुदाई भनि वोलाएपछि बाबु हुदाईले कि कइछी भनि जाँदा करविरले ल्याएको लाठीले वावुलाई टाउकोमा हानी सोही चोटको तासिरबाट औषधी समेत गर्न नपाई मिति ०१८।८।६।३ का दिन साँझ ५ बजे बाबु हुदाई मरेकोले लास कुर्न लगाई जाहेर गर्न आएको छु । ऐन, सवाल बमोजिम सरजमीन बुझि लास जाँच गरी कारवाही गरी पाउँ भन्ने जाहेरवाला माझी थारुको मिति २०१८।८।८।५ को जाहेरी दरखास्त । ३. २०१८।८।५ गतेका दिन मर्ने हुदाई लाई करविर बस्नेतले लाठीले कुटी २०१८।८।६ मा मरेकोमा शंका लाग्छ भन्ने समेत मगंल दास थारु समेतको सर्जमीन मुचुल्का । ४. २०१८।८।१०।७ को लास रिपोर्ट र पोष्टमार्टम समेत मिसिल सामेल रहेको । यस्मा करविरले कुटेकोबाट हुदाई मर्यो भन्ने दावी भएको र बुझिएका सर्जमीनले कुटेको मौकामा नदेखेपनि टाउकोबाट रगत बगीरहेको र केही बोल्न नसकेको करविर कै कुटाईबाट मरेकोमा शंका लाग्छ भनि सर्जमीन सवैले लेखिदिएको करविर फेला नपरेको र सफाईको सवूद समेत पुग्न नआएकोले समेत ज्यान स