निर्णय नं. ६६३३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६३३ - उत्प्रेषण भाग: ४० साल: २०५५ महिना: फागुन अंक: ११ फैसला मिति :2055/02/26 २५०८ निर्णय नं. ६६३३ अङ्क ११ ने.का.प. २०५५ संयुक्त इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्बत् २०५३ सालको रिट नं. .... ३२७१ आदेश मिति : २०५५।२।२६।३ विषयः उत्प्रेषण । निवेदक : काठमाण्डौ जिल्ला, काठमाण्डौ महानगरपालिका वडा नं. १३ कालिमाटी १/२६६ स्थित शिव निर्माण कम्पनी प्रा.लि. । विरुद्ध विपक्षी : नामग्याल निम्न माध्यमिक विद्यालय स्वयम्भु वडा नं. १५ काठमाण्डौ महानगरपालिका समेत जम्मा ३ । § आब्हान गरिएका टेण्डरबाट ठेक्का स्वीकृत गर्ने नगर्ने अधिकार ठेक्का आब्हान गर्नेलाई भएको देखिन्छ । सो टेण्डरबाट ठेक्का स्वीकृत भएको नभई वार्ताद्वारा निर्माण कार्य गराउने स्वीकृति दिएको भन्ने लिखित जवाफ समेतबाट देखिन आउँछ । सो बमोजिम भएको होइन भन्ने निवेदकले जिकिर लिन सकेको देखिँदैन । वार्ताबाट ठेक्का दिएकोमा निवेदकको कुन संवैधानिक वा कानूनी हक हनन् हुन गएको हो निवेदनबाट समेत खुलाउन सकेको देखिँदैन । टेण्डरहरु अस्वीकृत भइसकेको अवस्थामा सोही टेण्डरबाट छनौट गर्नुपर्ने अवस्था समेत नदेखिने । (प्र.नं. ८) निवेदक तर्फबाट : x विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री इश्वरी चन्द्र शर्मा अवलम्बित नजिर : x आदेश न्या. उदयराज उपाध्याय : नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण एवं ठहर यस प्रकार छ । २. निवेदक कम्पनी कम्पनी ऐन, २०२१ अन्तर्गत दर्ता भई श्री ५ को सरकार निर्माण तथा यातायात मन्त्रालयद्वारा प्राप्त “क” वर्गको ठेकेदारको हैसियत बमोजिम सरकारी तथा गैर सरकारी विभिन्न कार्यालय तथा प्रोजेक्टहरुमा सार्वजनिक निर्माणका कार्यहरु सम्पन्न गर्दै आई रहेकोमा यसै विच प्रत्यर्थी मध्येको एस.ओ.एस. हरमन जेम्नर नामग्याल व्यवस्थापन समितिको अध्यक्ष तासी नामग्यालको हस्ताक्षर भएको १० अप्रिल १९९६ को पत्रद्वारा निवेदक कम्पनीलाई नामग्याल निम्न माध्यामिक विद्यालयको स्वयम्भु स्थित भवन निर्माण्को लागि कोटेशन पेश गर्ने अनुरोध भएकोले तोकिएको शर्त बमोजिम निवेदक कम्पनीको तर्फबाट ५,२९,६७,१९०। रुपैयाको लगत देखाई पत्रमा तोकिएको समय २५ अप्रिल १९९३ भित्रमा कोटेशन प्रस्तुत गरेको थियो । उक्त कोटेशनमा प्रस्तावित निर्माण कार्य शिक्षा तथा शरणार्थी सम्बन्धित भएबाट प्रस्तुत गरिएको लागतमा ४५ (चार प्रतिशत) छुट निवेदक कम्पनीका तर्फबाट दिने कैफियत समेत खुलार्इ सो बमोजिम घटाउदा हुन आउने कुल रु. ५,१०,२४,३०५। रुपैयाको टेण्डर दाखिल गरिएको थियो । सम्बन्धित प्रत्यर्थी कार्यालयबाट जानकारी पाए अनुसार प्रत्यर्थी नं. ३ समेत गरी ५ वटा ठेकेदारहरुबाट कोटेशन प्रस्तुत भएकोमा निवेदक कम्पनीका तर्फबाट प्रस्तुत गरिएको कोटेशन अरुको तुलनामा सवैभन्दा कम तथा उचित देखिएको थियो । तर प्रत्यर्थी नं. २ का तर्फबाट तासी नामयालद्वारा हस्ताक्षर गरिएको १२ मे १९९६ को पत्रद्वारा निवेदक कम्पनीलाई टेण्डर अस्विकृत भएको जानकारी दिइयो । निवेदक कम्पनीले कोटेशन माग बमोजिमका शर्तहरु पुरा गर्दा गर्दै विना कारण टेण्डर अस्विकृत गरिएको र कोटेशन माग बमोजिम “क” बर्गको ठेकेदार हुनुपर्ने अनिवार्यतालाई ख्यालै नगरी अनिवार्य शर्त पुरा नगरेका “क” वर्गको ठेकेदार हुनको लागि योग्यता प्राप्त नगरेको विपक्षी मध्येको क्रियटिभ विल्डर्स कर्न्सनको टेण्डर स्वीकार गर्ने कार्य भएकोले सम्मानित अदालतको असाधा