निर्णय नं. ६६३५ - निषेधाज्ञा ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६३५ - निषेधाज्ञा । भाग: ४० साल: २०५५ महिना: फागुन अंक: ११ फैसला मिति :२०५४/०४/२७ ३२१९ निर्णय नं. ६६३५ अङ्क ११ ने.का.प. २०५५ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्ण कुमार वर्मा माननीय न्यायाधीश श्री केदारनाथ आचार्य सम्बत् २०५१ सालको दे.पु.न. ... २६३९ फैसला मिति : २०५४।४।२७।२ मुद्दा : निषेधाज्ञा । पुनरावेदक/निवेदक : जि. सुनसरी धरान न.पा. वार्ड नं. १५ बस्ने नरेन्द्रराज निरौंला । विरुद्ध विपक्षी : ऐ.ऐ. वार्ड नं. ५ बस्ने सुशीला बस्नेत § मुलुकी ऐन, दण्ड सजायको महलको ४३ नं. बमोजिम अदालतले चलन चलाउने कार्य गर्दछ । उक्त कानूनी प्रावधानलाइृ हेर्दा मुद्दा फैसला भै पुनरावेदन उजुरको म्याद नाघेपछि चलन चलाउनका लागि अन्तिम फैसला भएको दुई वर्ष भित्रै दरखास्त दिनु पर्ने भन्ने देखिन्छ । जिल्ला अदालतले गरेको फैसलामा तात्विक भिन्नता नहुने गरी पुनरावेदन अदालतले शुरु निर्णयलाई सदर हुने ठहर्याएको फैसला उपर पुनरावेदन लाग्ने व्यवस्था कुनै ऐनमा भएको पाइदैन । यसरी यी पुनरावेदक तथा प्रत्यर्थी वीच चलेको घर उठाई पाउँ भन्ने मुद्दा अन्तिम भइरहेको स्थितिमा कानूनमा निहित व्यवस्था बमोजिम भएको चलन चलाउने कार्य मुद्दा दोहोर्याई पाउँ भनी सर्वोच्च अदालतमा निवेदन दिएकै कारणबाट रोक्नु पर्ने अवस्था देखिदैन । मुद्दा दोहोर्याई पाउँ भन्ने विषय पक्षको अधिकारको कुरा नभै सुविधा सम्मको कुरा भएकोले उक्त मुद्दामा भएको चलन चलाउने कार्यबाट यी पुनरावेदकको कुनै हक कुण्ठित हुने स्थिति नदेखिने । (प्र.नं. ८) वादी तर्फबाट : x प्रतिवादी तर्फबाट : x अवलम्बित नजिर : x फैसला न्या. केदारनाथ आचार्य : पुनरावेदन अदालत विराटनगरको मिति ०५१।६।१२ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) (क) अन्तर्गत पर्न आएको प्रस्तुत पुनरावेदन सहितको मिसिलको संक्षिप्त विवरण यसप्रकार छ । २. विपक्षी सुशीला वस्नेतले म निवेदक उपर घर उठाई पाउँ भन्ने मुद्दा दिएकोमा पुनरावेदन अदालत निवेदन दिई कारवाही चलाएको छु । जि. सुनसरी बाझगरा गा.वि.स. वार्ड नं. १ (एक) कि.नं. ५८२, ५७४ तथा ५७७ समेतबाट जम्मा ०–२–० जग्गा मिति ०३६।४।३० मा राजिनामा पास गरी लिई सो जग्गामा मिति ०३७।३।२० मा धरान न.पा. बाट नक्सा पास गराई पक्की सिमेन्टेड घर बनाई म लगायत मेरो परिवार बसोवास गरी आएका छौं त्यस्तो घर बसोवासको पक्की घर उठाउन विपक्षी सुशिला बस्नेत प्रयासरत छन् । सोही मुद्दाको कारवाही स.अ.मा चलिरहेको छ । मिति ०५०।८।२५ गतेको तारेख छ भनी तारेख पर्चा संलगन राखी निवेदक गर्दा समेत कुनै वास्ता नराखी सुनसरी जि.अ.बाट विपक्षीलाई घर जग्गा चलन दिनलाई ०५० पौष ३ गते सो घर भएको स्थानमा डोरमा उपस्थित हुनु भनी विपक्षी मध्येका सुशिला देवी वस्नेतलाई सुनसरी जि.अ. बाट तारिख तोकिएको । विपक्षी सुनसरी जि.अ.बाट ०५०।९।३ गते विपक्षी सुशिला बस्नेतलाई चलन चलाई दिएको खण्डमा उल्लेखित मुद्दाको स.अ.मा कारवाही चलिरहेको विद्यमान अवस्थामा कुनै अर्थ नरहेको र मेरो वसोवासको घर भत्काई उठाउने कार्य भएकोमा पछि स.अ. बाट मुद्दा उल्टीए पनि औचित्यहिन हुन सक्ने संवेदनशील पक्षतर्फ समेत ध्यानै दिइएको छैन भने अर्कोतिर, मेरो सम्पत्तिमा अनाधिकार हस्तक्षेप भएपछि मुद्दा उल्टीए पनि घर पुनः निर्माण हुन नसक्ने स्थिति हुने यदि उक्त फैसला बमोजिम चलन चलाई दिएको खण्डमा उत्पन्न हुन्छ । त्यस्तो कार्य भए गरिएबाट मेरो नागरिक अधिकार ऐन, ०१२ को दफा ६ को देहाय ५, ६ तथा ऐ. ऐनको ९।१० ले प्रदान गरेको सम्पत्ति सम्बन्धी एवं घरवास र घरजम गर