निर्णय नं. ६६२६ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६२६ - कर्तव्य ज्यान भाग: ४० साल: २०५५ महिना: फागुन अंक: ११ फैसला मिति :२०५५/०४/०६ २७०० निर्णय नं. ६६३६ अंक ११ ने.का.प. २०५५ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ आचार्य माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल सम्वत २०५४ साधक.नं........१९४ फैसला मितिः २०५५।०४।६।४ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक/वादी : प्रेम बहादुरको जाहेरीले श्री ५ को सरकार । विरुद्ध प्रतिवादीः जि.संखुवासभा सिद्धपोखरी गा.वि.स. वार्ड नं. ९ बस्ने भक्त बहादुर भन्ने जिवन कुमार अधिकारी । § मृतक वालजंगलाई मर्नु भन्दा पहिला मृतकले आफ्नै हातले केरावारीको भक्तेले मलाई काट्यो मेरा घरमा सुनाइ दिनु र मलाई अस्पतालमा लैजाउ भनी मृत्यु पूर्व लेखी दिएको पाइन्छ । प्रमाण ऐन, २०३१ को दफा ११ मा मरेको व्यक्तिले आफू मर्न लागेको अवस्थामा होस् छँदै आफ्नो मृत्युको कारणका सम्वन्धमा व्यक्त गरेको कुरा प्रमाणमा लिनु हुन्छ भन्ने व्यवस्था अनुसार मृतकले लेखिदिएको कुजरा प्रमाणमा लिन मिल्ने. नै खदेखिए समेतका आधार बाट मृतक वालजंगथ राईलाई कर्तव्य गरी मारेकोमा पुनरावेदन अदालत धनकुटाले प्रतिवादी भक्त बहादुर भन्ने जिवन कुमार अधिकारीलाई मुलुकी ऐन, ज्यान सम्वन्धी महलको १३(१) नं. बमोजिम सर्वश्व सहित जन्मकैद गर्न गरेको फैसला मिलेकै देखिने । (प्र.नं. १७) § प्रतिवादी भक्त बहादुर भन्ने जीवन कुमार अधिकारीले सुरु जिल्ला अदालतमा वयान गर्दा मृतकसँग पैसा माग्दा उल्टै मृतकले २ पटक कुटेको हुँदा तत्कालै उठेको रिस थाम्न नसकी मृतककै कोठामा रहेको फलामको दाउले घाँटीमा हिर्काएको हो भनी साविती वयान गरी दिएको पाएबाट सो वारदात घट्नु पछाडि आफ्नो लिनुपर्ने पैसा माग गर्दा नदिई उल्टै मृतकले प्रतिवादीलाई कुटेको कारण बाट र्सि उठी छेउमा रहेको दाउले काट्न गएको मिसिल बाट प्रष्ट देखिरहेको स्थितिमा प्रतिवादी भक्त बहादुर भन्ने जीवन कुमार अधिकारीलाई अ.वं. १८८ नं. बमोजिम १५ वर्ष कैद गर्ने गरी व्यक्त राय समेत सदर हुने। (प्र.नं. १८) वादी तर्फबाटः प्रतिवादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.केदारनाथ आचार्यः न्याय प्रशासन ऐन, २०४८ को दफा ८ बमोजिम पुनरावेदन अदालत धनकुटा २०५३।२।२३ को फैसला उपर साधक जाहेरी पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ : २. चैनपुर माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने मेरो छोरो वालजंग राइलाई मिति २०५१।६।४ गते राति जिवन अधिकारीले घाटीमा काटेको र चैनपुर हेल्थपोष्टमा उपचार गर्दा गर्दै सोही चोटले मेरा छोरा वालजंगको मृत्यु भएकोले अभियुक्तलाई पक्री कानून बमोजिम कारवाइ गरी पाउ भन्नेसमेत व्यहोराको मिति २०५१।६।५ मा प्रेम बहादुर राईले इलाका प्रहरी कार्यालय चैनपुरमा चढाएको जाहेरी दरखास्त । ३. चैनपुर गा.वि.स. वार्ड नं. ३ स्थित मेहरमान श्रेठको घरको दक्षिणतर्फ मानिस हाम फालेको पाइला देखिएको २ फिट वर्गाकार जमिन रगतले भिजी रगतको फाल्सा जमेको केरावारीको भक्तेले भन्ने व्यहोराको कापी फेला परेको वालजंग सुत्ने कोठाको ओछ्यानमा रगत लागेको कोठाको भुईँमा रगत लागेको वालजंगको शरीर काटिएको भन्नेसमेत व्यहोराको लास प्रकृति मुचुल्का । ४. वालजंगले म बाट रु.५००। सापटी लिएका थिए । माग्दा दिन्न जे गर्न सक्छन् गर भने मैले उनको जसमेत भेष्ट लिएर जान लाग्दा उल्टै मलाई नै कुटेका उनी म भन्दा बलिया भएका र जसो घटना पछि हामी दुवै सगै सुतेका हुनाले. सोही रिसले गर्दा राती दाउरा काट्न राखेको खुकुरीले काटि दिए भन्नेसमेत व्यहोराको प्र.जीवन अधिकारीले मिति २०५१।६।७