निर्णय नं. ६६३७ - हक कायम समेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६३७ - हक कायम समेत भाग: ४० साल: २०५५ महिना: चैत्र अंक: १२ फैसला मिति :2054/11/01 २९५८ निर्णय नं. ६६३७ अंक १२ ने.का.प. २०५५ पूर्ण इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायधधीश श्री नरेन्द्रबहादुर न्यौपाने माननीय न्यायाधीश श्री टोपबहादुर सिंह माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत् २०५२ सालको दे.पु.इ.नं. ......४८ मुद्दा : हक कायम समेत । पुनरावेदक/वादी : वदु निसाको मु.स. गर्ने जिल्ला काठमाडौँ का.न.पा. वडा. नं. २२ बस्ने मदिना बानु मिया । विरुद्ध विपक्षी/प्रतिवादी : काठमाडौँ जिल्ला का.न.पा. वडा नं. १९ बस्ने पूर्णकुमारी खड्गी समेत । § भोगवन्धकी जग्ग धनीले जहिले पनि निखनलाई लिन पाउँने नै हुन्छ । यसरी निखनाइ लिन जति दिएको हो त्यतिमा नै दावी गर्न पाउँछ । लिखत बमोजिमको जग्गा अन्यत्र भनी प्रतिवादीले देखाउन नसकेको अवस्थामा रीत पूर्वकको लिखतबाट देखिई रहेको जग्गा लोप हुने गरी अन्यत्र छ भन्नु न्यायिक र विवेकपूर्ण तर्क हुन सक्दैन । (प्र.नं. २८) पुनरावेदक वादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अभिवक्ता श्री सुधानाथ पन्त अवलम्वित नजिरः फैसला न्या.केदारप्रसाद उपाध्याय : श्री ५ महाराजधिराज सरकारका हजुरमा सर्वोच्च अदालत पूर्ण इजलास बाट २०४६।५।२७ मा भएको निर्णय दोहोराई पाउँ भनी चढाएको विन्तिपत्र प्राप्त भै इजलास समक्ष पेश हुँदा दोराई हेर्ने निस्सा प्रदान भै यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ : २. मेरो हक भोगको घर जग्गा विपक्षी शुभरत्नको बाबु जितबहादुर खड्गीलाई रु. २५। म मिति २००४।४।२१ म घरसारमा भोग सम्वन्धी गरी दिई नालेश परी फैसला गराएको निज साहू परलोक भए पछि थैली बुझाउन जादा लिई नदिएको बाट निखनी पाउँन भूमि प्रशासन कार्यालयमा नालेश दिएको निखन्न पाउँने गरी मिति २०२९।५।२६ मा निर्णय भएको सो उपसुर पुनरावेदन परी भएका आदेश बमोजिम हक कायमतर्फ नालेश गर्न मिति २०३९।९।१५ मा सूचना पाएको । सो वन्धकी घरु जग्गा घर भत्की पाताल भएको र विपक्षीहरुको लोग्ने बाबु जीतबहादुरले वेनिस्सा भनी आफ्ना नाम दर्ता गरी मेनुका रावल र पूर्ण मानलाई विक्री गरी दिएकोमा मेरो फिराद परी मुलतवी रहेको छ । मेरो भोग बन्धकी घर जग्गा नापी हुँदा स्वयम्भु डल्लु गा.पं. वडा नं. १ कि नं. १९ मा १-०-२ क्षेत्रफल भएको जग्गा मेरो हक कायम भई धरौटी थैली बुझ्न लगाई वन्धकी निखनाई मेरो नाम दर्ता गरी सो जग्गा दालत बाट चलन समेत पाउँ भन्ने समेत व्यहोरा बढु निसाको फिराद पत्र । ३. वादीले उल्लेख गरेको जग्गा वादीले होइन । हामीहरुका पुर्खाकै हक भोगको जग्गा हुँदा रैकरमा परिणत भइ विक्री गरेको हो । वन्धकी जग्गा बाटोमा परी सकेको छ । वादीले हक कायम तर्फ उजुर दिने हद म्याद नाघी सकेको हुँदा झुठाले दावी बाट फुर्सद गरी पाउँ भन्ने समेत व्यहोराको शुभरत्न र पूर्णकुमारी खड्गीको संयुक्त प्रतिउत्तर पत्र । ४. वादीले आठ आना दश दामभोग बन्धकी दिएको २००४ सालको लिखतबाट देखिदा सो लिखतमा भएजति जग्गा जीतबहादुरको दर्ता मध्येको वादीको हक कायम हुने भई निखनी लिन पाउँने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौँ जिल्ला अदालतको मिति २०४०।६।१० गतेको फैसला । ५. काठमाडौँ जिल्ला अदालतको उक्त फैसलामा चित्त बुझेन सो फैसला वदर गरी न्याय पाउँ भन्ने वादीको र काठमाडौ जिल्ला अदालतको फैसला चित्त बुझेन सो फैसला वदर