निर्णय नं. ६६३८ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६३८ - परमादेश भाग: ४० साल: २०५५ महिना: चैत्र अंक: १२ फैसला मिति :2055/02/21 ३३३९ निर्णय नं. ६६३८ अंक १२ ने.का.प. २०५५ पूर्ण इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायधधीश श्री इन्द्रराज पाण्डे माननीय न्यायाधीश श्री दिलिपकुमार पौडेल माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत् २०५३ सालको दे.पु.इ.नं. ......१०१ आदेश मितिः २०५५।२।२१।५ विषय : परमादेश । पुनरावेदक/निवेदक : जि.नवलपरासी गा.वि.स. सरावल वार्ड नं. ८ हात्तीवन बस्ने हृदयकुमारी पाण्डेको मु.स. गर्ने गोपकुमारी जोशी विरुद्ध प्रत्यर्थी : जिल्ला पशासन कार्यालय नवलपरासी समेत जग्मा ७ । § नेपाल अधिराज्यको संविधान २०४७, ले मुद्दा मामिलाको रोहमा अदालतले दिएको आदेश वा निर्णयको सबैले पालना गर्नुपर्छ भन्ने व्यवस्था गरेको पइन्छ । अदालतको फैसला बमोजिम गर्नुपर्ने दायित्व मालपोत कार्यालयको होइन भन्न मिल्दैन । अदालत बाट फैसला भए पछि सो फैसला बमोजिम गर्नुपर्ने कार्यहरु गर्ने कानूनी दायित्वबाट श्री ५ को सरकार तथा सवै अड्डा अदालतहरु बाध्य रहेको परिप्रेक्ष्यमा मालपोत कार्यालय नवलपरासबीले रोक्का भएको जग्गा फुकुवा भइ आएका बखत र पछि प्रतिवादीहर बाट अरुको नाममा दाखिल खारेज भइ गएको जग्गा निजहरुको नाममा दर्ता वदर गराई आएका बखत कारवाही हुने गरी पुष्करनाथको नाम दर्ताको कि.नं. ११ र १२ दर्ता वदर गरी दर्ता वदर तर्फ आंशिक निर्णय गर्न मिल्ने अवस्था नदेखिने । (प्र.नं. १८) § मा.पा.ऐन, २०३४ को दफा ७(३) अनुसार दोहोरो दर्ता भएकोमा सच्चाई दर्ता गर्ने अधिकार मालपोत कार्यालयलाई भएकोमा लुम्बिनी अंचल अदालतको मिति २०३९।५।२१ के फैसला बमोजिम गर्नु मालपोत कार्यालयको कर्तव्य हुन्छ । कुनै व्यक्तिको कानून प्रदत्त हकमा आघात पुर्‍याएमा सो हकको प्रचलनको लागि आवश्यकता अनुसार परमादेश समेत जारी हुन सक्ने न्याय प्रशासन ऐन, २०४८ को दफा ८ ले कानूनी व्यवस्था गरेको समेत देखिन्छ । अतः पुनरावेदन अदालत बुटवलले निवेदन खारेज गर्ने गरेको मिलने । लुम्बिनी अंचल अदालत को मिति २०३९।५।२१ के फैसला अनुसार निवेदिकाले प्राप्त गरेको कानूनी हक प्रचलन गराउन पाउँने हुँदा सो मिति २०३९।५।२१ के फैसला अनुसार कानून बमोजिम गर्नुपर्ने कार्य गर्नु भनी मालपोत कार्यालय नवलपरासीको नाममा परमादेश जारी हुने । (प्र.नं. १९) पुनरावेदक निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी प्रत्यर्थी तर्फबाटः विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री बलराम के.सी. विद्वान अभिवक्ता श्री प्रकाश राउत, विद्वान अधिवक्ता श्री सुधानाथ पन्त अवलम्वित नजिरः आदेश न्या.उदयराज उपाध्यायः सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(घ) बमोजिम यस इजलासमा पेश हुन आएको पस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः २. विपक्षीहरु विश्वराज उपाध्याय समेत सँगको दर्ता वदर मुद्दामा लु.अ..अ. को मिति २०३९।५।२१ के फैसलाले मैले जिती पएको जिल्ला नवलपरासी सरवल गा.वि.स. वार्ड नं. ८ कि.नं. २२, २६, २८, ३२, ३८, ९८ वार्ड नं. ८ (ख) कि.नं. १३६ वार्ड नं. ८ ग. कि.नं. ११, १२, १७ समेतको जग्गाहरु मेरो दर्ता कायम राखी पाउँ भनी २०४८।११।८ मा नवलपरासी मालपोत कार्यालयमा मेरो निवेदन परेको, न.प.जि.अ. ले २०४८।११।८ मा नवलपरासी मालपोत कार्यालयमा मेरो निवेदन परेको, जानकारी २०४९।५।२१ म फैसला भएको जानकारी २०४८।११।९ मा दिएकोमा सो फैसला अनुसार सरावल गा.वि.स. वार्ड नं. ८ ग. को कि.नं. ११ र १