निर्णय नं. ८७१५ - उत्प्रेषणयुक्त परमादेशसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८७१५ - उत्प्रेषणयुक्त परमादेशसमेत भाग: ५३ साल: २०६८ महिना: फागुन अंक: ११ फैसला मिति :२०६८/०६/३० ३५०८ ने.का.प. २०६८, अङ्क ११ निर्णय नं. ८७१५ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६७–WO–११२३ आदेश मितिः २०६८।६।३०।२ विषय :– उत्प्रेषण परमादेश समेत । निवेदकः धादिङ जिल्ला, खाल्टे गा.वि.स.वडा नं. ३ हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १४ घर भई हाल कारागार कार्यालय जगन्नाथ देवल काठमाडौँमा थुनामा रहेको रमेश रिजाल विरुद्ध निवेदकः धादिङ जिल्ला, खाल्टे गा.वि.स.वडा नं. ३ हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १४ घर भई हाल कारागार कार्यालय जगन्नाथ देवल काठमाडौँमा थुनामा रहेको रमेश रिजाल § अस्थायी वतन परिवर्तन भैरहन सक्ने र यसरी अस्थायी ठेगाना परिवर्तन गर्दै बस्दै आएको भन्ने आधारमा मात्र स्थायी ठेगाना पनि परिवर्तन भएको मान्न नमिल्ने । § आफूले दायर गरेको मुद्दामा के फैसला भएको छ वा कारवाही के भइरहेको छ भनी सामान्य जानकारी राख्ने दायित्व सम्बन्धित मुद्दाको पक्षको समेत हुनेमा सो केही नगरी बसेको अवस्थामा र घर भएको स्थायी वतनमा तामेल भएको म्यादलाई गलत वतनमा तामेल भएको म्याद भनी बदर गर्न माग गरी मिसिलबाट नखुल्ने, नदेखिने ठेगानामा म्याद तामेल गरिपाऊँ भन्ने दावीलाई कानूनसंगत भन्न नमिल्ने । (प्रकरण नं.४) निवेदक तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता हरिहर दाहाल तथा विद्वान अधिवक्ताद्वय प्रेमबहादुर खड्का र यदुनाथ खनाल प्रत्यर्थी तर्फबाटः विद्वान उपन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनी अवलम्बित नजीरः सम्बद्ध कानूनः आदेश न्या.कल्याण श्रेष्ठः नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३२, १०७ (२) बमोजिम यस अदालतमा दर्ता भइ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :– क्षे.प्र.ई.का. काठमाडौंको पत्रले नेपाल सरकार वादी र प्रतिवादी म निवेदक समेत भएको सरकारी छाप दस्तखत कीर्ते मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट मिति २०६०।११।२९ मा फैसला भई म निवेदकलाई १ वर्ष कैद र रु ५०।– जरीवाना हुने ठहर गरी फैसला भएकोमा मैले पुनरावेदन अदालत पाटनमा पुनरावेदन पत्र दर्ता गरेकोमा सो अदालतबाट मिति २०६२।८।२७ मा शुरु काठमाडौँ जिल्ला अदालतको फैसला नै सदर हुने गरी फैसला भएको रहेछ । सो फैसलाको जनाउ म्याद मेरो नाममा मिति २०६२।११।१५ मा धादिङ जिल्ला अदालत मार्फत् मेरो पुरानो वतनमा जारी भई सो म्याद वेरीतपूर्वक वेपत्ते भई म र मेरो परिवार कोही नभएको ठाउँमा म्याद टाँस गरी तामेल भएको रहेछ । सो फैसलावाट ठहरेको भनी मिति २०६८।१।२८ मा काठमाडौँ जिल्ला अदालतको डोर कर्मचारीले मलाई पक्राउ गरी थुनुवा पुर्जी दिई कारागार कार्यालय जगन्नाथ देवलमा थुनामा राखियो । थुनामा परेपछि मात्र पुनरावेदन अदालत पाटनबाट के कस्तो फैसला भएको रहेछ भनी फैसलाहरूको नक्कल उतार गरी फैसला भएको व्यहोरा थाहा पाएकाले सोही ठाँउमा थुनामा रहँदा रहँदै मेरो नाउँमा पुनरावेदन अदालत पाटनले जारी गरेको फैसलाको जनाउ म्याद वेरीतसँग तामेल भएकोले उक्त गैरकानूनी म्याद अ.वं. ११० नं. र सर्वोच्च अदालतवाट प्रतिपादित सिद्धान्त विपरीत र वेरीतको छ भनी मैले थुनाबाट नै म्याद बदर गरिपाऊँ भनी पुनरावेदन अदालत पाटनमा निवेदन दिएको थिएँ । सो अदालतका रजिष्ट्रारज्यूबाट प्रतिवादी रमेश रिजालको स्थायी घर ठेगाना धादिङ जिल्ला खाल्टे गा.वि.स. ३ मा रीतपूर्वकको जनाउ म्याद दिएकोले सो जनाउ