निर्णय नं. ६६३९ - उत्प्रेषण मिश्रित परमादोशको आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६३९ - उत्प्रेषण मिश्रित परमादोशको आदेश जारी गरी पाउँ भाग: ४० साल: २०५५ महिना: चैत्र अंक: १२ फैसला मिति :2055/01/10 २३५७ निर्णय नं. ६६३९ अंक १२ ने.का.प. २०५५ पूर्ण इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायधधीश श्री भैरवप्रसाद लम्साल सम्वत् २०५३ सालको रि.पु.इ.नं. ......७७ आदेश मितिः २०५५।१।१०।५ विषय : उत्प्रेषण मिश्रित परमादोशको आदेश जारी गरी पाउँ । रिट : काठमाडौ जिल्ला, काठमाडौँ नगरपालिका हाल महानगरपालिका वार्ड नं. २३ ओमवहाल बसने भिममाया मगैया । विरुद्ध विपक्षी : नगर प्रमुख, काठमाडौ नगरपालिकाको हाल महानगरपालिका समेत ५ । § नगरपालिका ऐन, २०४८ को दफा ५८ बमोजिम नगरपालिकाको प्रमुखलाई कुनै घर बनाउने गरी नम्सा पास गर्दा सहरको भौतिक योजना बमोजिम विशेष डिाजाइन प्रजान गर्न र प्रचलित कानुन बमोजिम निर्धारित मापदण्डलाई कायम राख्ने गरी विशेष प्रकृतिको नक्सा पास गर्न सक्ने अधिकार छ भन्ने सन्दर्भमा सहरको भौतिक योजना बमोजिमको विशेष डिजाइन यो यस्तो रहेको र त्यस अनुसार प्रस्तुत नक्सा नभएको भन्ने समेत उक्त निर्णयमा देखिदैन । त्यस्तै प्रचलित कानून बमोजिम नक्सा पास गर्न यो यस्तो मापदण्ड निर्धारित भएकोले र सोही बमोजिम गरिएको भन्ने समेत निर्णयमा खुलेको पाइदैन । यस स्थितिमा अदालतमा विवाद परी विवाद किनारा भै सकेपछि तत्काल प्रचलित ऐन नियम बमोजिम नक्सा पास नगरेको विपक्षीको काम कारवाही कानूनसंगत रहेछ भन्न नसकिने। निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री रामप्रसाद गौडेल विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर अवलम्वित नजिरः आदेश न्या.केदारनाथ उपाध्यायः नेपाल अधिराज्यको संविधान २०४७ को धारा २३।८८(२) अन्तर्गत पर्न आएको रिट निवेदनमा यस अदालत संयुक्त इजलासमा न्यायाधीश वीच मर्तक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) बमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ : २. मेरो कि.नं. १४५ को ०–२-० जग्गामा घर बनाउन विपक्षी नगरपालिकामा नक्सा आवेदन गरेकोमा संधियारमा नाउँमा १५ दिने सुचना जारी हुँदा वेखनारायण मानन्धर समेतका जना ६ ले उजुरी गरी का.न.पा. बाट २०४७।३।१० मा तेरो मेरोको विवाद हुँदा अदालतबाट हक कायम गरी ल्याउन सुनाए पछि मेरो बेखनारायण समेत उपर का.जि.अ मा नालेश दायर गरी उक्त अदालचत बाट मेरो कि.नं. १४५ को जग्गामा हक कायम भै २०५१।८।२० मा सर्वोच्च अदालत समेतबाट शुरु जिल्ला अदालतको फैसला सदर भै गएको छ । सो फैसला पश्चात समेत मिति २०५१।१०।४ मा फैसलाको नक्कल साथ राखी नक्सा पासको निवेदन दिएकोमा पटक पटक ताकेता गर्दा नक्सा पास नगरिदिएकोले २०५१।११।३० मा का.न.पा. समक्ष उजुरी गरेकोर सो बाट समेत नक्सा पास नभएकोले नक्सा पास पूर्जि दिनु भनी विपक्षी उपर परमादेशको आदेश जारी गरी पाउँ भनी सम्मानित अदालतमा परमादेशको निवेदन गरेकोमा मिति २०५२।६।२४ मा आदेश प्राप्त भएका मितिले ३५ दिन भित्र नक्सा पास गरी दिनु भनी आदेश भएको छ । उक्त आदेश संलग्न राखी मिति २०५२।७।२४ मा विपक्षी का.न.पा मा दिएको निवेदन विपक्षी मुद्दा वोर्डमा पेश भइ विपक्षी वोर्डले २०५२।७।२९ मा विपक्षी ले न.नं. ७, ६, १०,११ मा घर बनाउन नपाउँने र उक्त न.नं. बाहेकको जग्गामा घर बनाउन पाउँने गरी नक्सा पास गर्न नगर प्रमुखलाई निर्देशन दिने भन्ने निर्देशन बमोजिम पुरानो घरले ओगटेको क्षेत्र भित्र मात्र मापदण्ड विपरीत नहुने गरी नक