निर्णय नं. ६६४० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६४० - उत्प्रेषण भाग: ४० साल: २०५५ महिना: चैत्र अंक: १२ फैसला मिति :2055/02/08 २९४६ निर्णय नं. ६६४० अंक १२ ने.का.प. २०५५ पूर्ण इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायधधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय सम्वत् २०५२ सालको रि.पु.इ.नं. ......८९ आदेश मितिः २०५५।२।८।६ विषय : उत्प्रेषण । रिट निवेदक : का.न.पा. वडा नं. ११ स्थित होटल संघ नेपालका तर्फबाट ऐ. का अख्तियार प्राप्त भइ तथा का.जि.का.न.पा. वार्ड नं. १९ ठमेल स्थित काठमाडौ गेष्ट हाउस प्रा.लि. समेतका तर्फबाट ऐ.का. अख्तियार प्राप्त योगेन्द्र शाक्य समेत । विरुद्ध विपक्षी : का.जि.का.न.पा. वार्ड नं. ३१ टुडिखेल स्थित विद्युत प्राधिकरण समेत । § विजुलीको महसुल तथा सेवा सुल्क भन्ने कुरा कानुन बमोजिम वठन भएको छुट्टै व्यक्ति सरहको स्थापित संस्थाले निर्धारण गर्ने साथै औद्योगिक व्यवसाय ऐनले पनि उद्योगलाई विद्युत प्राधिकरण अन्तर्गतको विजुली महसुल र सेवा शुल्कको बारेमा कुनै प्रकारको उन्मुक्ति दिने व्यवस्था समेत गरेको नपाइएको भनी रिट निवेदन खारेज हुने ठहराएको माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्माको राय सदर हुने । रिट निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा, विद्वान अधिवक्ता श्री सपना मल्ल विपक्षी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री कृष्णराम श्रेष्ठ अवलम्वित नजिर : ने.का.प. २०४४, नि.नं. ३२२७, पृ. १०११ मा प्रतिपादित सिद्धान्त । आदेश न्या.उदयराज उपाध्यायः यस अदालत संयुक्त इजलासमा मतैक्य हुन नसकी निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यसप्रकार छ : २. हामी निवेदक मध्ये होटल संघ नेपाल होटेल उद्यमीहरुको कानुनी हित रक्षा गर्ने प्रमुख उद्देश्य लिएर संस्थान ऐन, २०३४ बमोजिम दर्ता भएको संस्था हो । नेपाल अधिराज्यको विभिन्न होटलहरु हाम्रा सदस्य छन् । सबै निवेदक होटेलहरु कम्पनी ऐन, २०२१ बमोजिम संस्थापित भएको औद्योगिक व्यवसाय ऐन, २०४९ को दफा ३ (ङ) बमोजिम पर्यटन उद्योगमा बर्गिकृत गरिएको प्रा.लि. होटेल उद्योग हो अन्य निवेदकहरु होटेल उद्योगमा संलग्न होटेल सम्वन्धी सरकारी वा सार्वजनिक नीतिबाट प्रत्यक्ष असर पर्ने नेपाली नागरिकहरु हौ । ३. हामी होटेल संघका सदस्यहरुले हामी होटेल कम्पनी र हामी व्यक्तिगत निवेदकहरुका होटेलहरुले पनि आफ्नो उद्योगको संचालनका लागि प्रत्यर्थी नेपाल विद्युत प्राधिकरणलाई एकातिर सर्व सुलभरुपमा विद्युत आपुर्तिको व्यवस्था गर्ने दायित्व सुम्पेको छ भने यसले पुर्‍याएको विद्युत सेवाका वापतमा विद्युत महसुल निर्धारण गर्ने असुल गर्ने अधिकार पनि पाएको छ । ४. माथि लेखिएको अधिकारको प्रयोग गर्दा प्रत्यर्थी प्राधिकरणले बेला बेलामा विभिन्न वर्गमा विद्युत उपभोक्तालाई वाँडी विभिन्न प्रकारको महसुल लगाउने गरी आएको छ । सोही बमोजिम मिति २०५०।१२।१ मा प्रत्यर्थीले आफ्ना ग्राहकलाई मनोमानी र गैर कानुनी किसिमले विभिन्न बर्गमा विभाजित गरी नयाँ महसुल दर तोकेको थियो । त्यस वखत गरेको वर्गिकरण बाट हामी होटेल संघका सदस्यहरुको हक हित आधारित भएको हुँदा सो वर्गिकरण एवं, असमान र भेदभावपुर्ण किसिमले महसुल तोकिएको विरुद्धमा निवेदक मध्येका हामी कम्पनि समेत सदस्यहरुको होटेल संघ नेपालले होटेल उद्यमीहरुको तर्फबाट प्राधिकरण तथा श्री ५ को सरकारको विभिन्न निकायहरुमा त्यस्तो असमान र भेदभावपूर्ण महसुल दरवन्दी हटाउन सम्पर्क निवेदन गर्दै आएको र अन्ततः यसै सम्मानित अदाल